स्वतन्त्र पार्टि गलकोट नगरपालिका १० पाण्डबखानीको प्रथम वडा अधिवेशन सम्मपन्न भएको छ।
कार्यक्रममा तथर्थ समितिका सभापति यामलाल वुढाको सभापतित्यो गण्डकी प्रदेश संगठन विभागका सदस्य खिमान्द पौड्यालको प्रमुख आथितित्यामा याम वुढाको सभापतित्योमा ११ सदस्य रहनेगरि वडा कार्यसमिति चयन भएको छ । जसमा उप सभापतिमा तिल श्रीस, कोषाध्यक्ष यामुना पुन, सचिव उत्तम काउचा सदस्यमा मनिषा वि.क लगाएत ११ सदस्य रहेको कार्यक्रममा रास्पाका सदस्य टेक बहादुर पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बडिगाड गाउपालिकाका सभापति रमेश घिमिरे, जैमुनि नगरपालिका सभापति राजेन्द्र शर्मा, गलकोट नगर सभापति राजेन्द्र पुन, सुनिता विसी, ढालेन्द्र रायमाझी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहनु भएका गण्डकी प्रदेश संगठन विभागका सदस्य खिमान्द पौड्यालले अधिवेशनले वडा तहमा पार्टी संगठनलाई मजबुत बनाउन, सदस्य विस्तार गर्ने र स्थानीय तहमा पार्टीको उपस्थिति थप स्थापित गर्ने उद्देश्य रहने, समुदाय सेवा र विकासमा प्रतिबद्धता राजनीतिक कार्यक्रम मात्रै नभई, विकास र सेवा प्रवाहका कामहरूलाई प्राथमिकता दिने सामाजिक कार्यक्रम, सेवा, जनकल्याणका पहलहरू अघि बढाउने बताउनु भएको थियो भने कार्यक्रमको संचालन सालिग्राम गौतमले गर्नु भएको थियो।

