गल्कोट, बागलुङ ।
गल्कोट नगरपालिका–१० पाण्डवखानीका स्थानीयवासीका दैनिक आवत–जावतलाई सहज बनाउन ‘जक्सन–सुनपानी’ रुटमा नयाँ सवारी सेवा सञ्चालनमा आएको छ। महिन्द्रा पिकअप (दर्ता नं. ग ३ च १०१ ) अब नियमित रूपमा स्थानीय सेवामा परिचालित भएको छ।
यो सेवा दिप मगरको व्यवस्थापन तथा सञ्चालनमा अघि बढाइएको हो। भौगोलिक रूपमा दूरदराजमा पर्ने पाण्डवखानी क्षेत्रमा कार्यालय, विद्यालय, बैंक र स्वास्थ्य संस्थामा पुग्न स्थानीयले भोग्दै आएको कठिनाइलाई कम गर्ने उद्देश्य यस सेवाले बोकेको छ।
स्थानीयवासीले नयाँ यातायात सञ्चालनले आफूहरूलाई राहत मिलेको बताएका छन्। दैनिक क्रममा आवश्यक पर्ने आवत–जावतका साथै आकस्मिक अवस्थामासमेत यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
सेवा सम्बन्धी सम्पर्क नं.:
📞 9766029994
📞 9849138879
गल्कोट नगरपालिका–१० पान्डबखानि र रमुवा क्षेत्रमा यातायात तथा सेवाको पहुँच विस्तारका लागि आगामी दिनमा अझ सक्रिय रूपमा काम गरिने बताएका छन्।

