गृह मन्त्रालयले बागलुङ जिल्लाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मा कृष्णप्रसाद आचार्यलाई खटाएको छ।
यसअघि बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ पर्वतको कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा ज्येष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरी सरकारी रकम हिनामिना गरेको आरोप लागेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेपछि गुरुङ निलम्बनमा परेका थिए।
प्रजिअ पद रिक्त रहेपछि गृह मन्त्रालयले आचार्यलाई बागलुङ पठाएको हो। जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी जनक राज पन्तले नयाँ विश्वलाई उक्त जानकारी दिनुभएको छ।

