घुम्टे खबर

देशका केही स्थानमा आज सोमबार बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य रही बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भागका एक, दुई स्थानमा हल्का हिमपातको…

Read More

गलकोट उद्योग बाणिज्य संघको प्रथम अधिवेसनबाट अध्यक्षमा ढालेन्द्र गौतम निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा खसेको कुल ३ सय १ मतमध्ये ढालिन्द्र प्रसाद गौतमले १ सय ४८ मत पाए । अर्का उमेदवार दिलीप श्रेष्ठले १ सय ४४ मत ल्याएको निर्वाचन अधिकृत देबेन्द्र बहादुर खत्रीले बताए । महिला सदस्यमा कौशीला घर्तीले २ सय २८ र बालकुमारी श्रीषले १ सय ६० मत ल्याएर बिजयी भए । महिला सदस्यमै नितु प्रधानको १ सय ११ र गंगा रेग्मीले ४६ मत पाइन् । खुला सदस्यहरुमा उद्योगतर्फ तुलाराम गौतमले १ सय ५६ मत पाए । अर्का उमेदवार बिरबल श्रेष्ठले १ सय २७ मत मात्रै पाएका…

Read More

दिपक सुवेदीले स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्यामपस बागलुङको अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार बागलुङमा पत्रकार भेटघाट कार्यक्रम गरी सुवेदीले आफ्नो समर्थन नेपाल विद्यार्थी संघका आधिकारिक उम्मेदवार सृष्टि आचार्यको नेतृत्वको प्यानललाई रहेको घोषणा गरेका छन् । ‘मैले वारेस मार्फत उम्मेदवारी दर्ता गरेको थिएँ, वारेसबाटै फिर्ता हुन्छ होला भन्ने लागेर जिल्ला बाहिर काम परेकाले उता गएँ,’उनले भने,‘यहाँ मेरो पनि स्ववियु अध्यक्षमा उम्मेदवारी कायम रहेको भन्ने आएपछि मैले स्पष्ट गर्नका लागि यो पत्रकार भेटघाट गरिएको हो । यही कार्यक्रम मार्फत मेरो उम्मेदवार कायम नरहेको र सृष्टि आचार्यको नेविसंघको आधिकारिक प्यानललाई मतदान गरी विजयी गराउन सबैलाई अनुरोध गर्दछु ।’ आफु वर्तमान…

Read More

फागु पूर्णिमाको अवसरमा ललितपुर महानगरपालिका वडा नं. १४ ले होली पर्व मनाउने विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। वडा कार्यालयको आयोजनामा हुने यो कार्यक्रम फागुन २९ गते बिहिबारका दिन बिहान ११:०० बजे उमामहेश्वर पार्कमा सम्पन्न हुनेछ। वडा १४ का वडाध्यक्ष अमृत जंग महतका अनुसार, ‘यो कार्यक्रम समुदायमा आपसी सौहार्द, सद्भभाव र रंगीन उत्साह फैलाउने’ उद्देश्यले आयोजना गर्न लागिएको हो । कार्यक्रममा सम्पूर्ण वडा बासिन्दा, स्थानिय महानुभाव तथा इच्छुक सहभागीहरूलाई उपस्थित भई होली पर्वलाई थप भव्य बनाउने अनुरोध गरिएको छ।

Read More

उद्योगी–व्यवसायीको छाता सङ्गठन गलकोट उद्योग वाणिज्य संघको अध्यक्षमा ढालिन्द्र प्रसाद गौतम र दिलिप श्रेष्ठबिच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षको उम्मेदवार दिएका गलकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गौतम र कोषाध्यक्ष दिलिप श्रेष्ठबिच प्रतिस्पर्धा हुने भएको हो । गलकोट उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व बनाउने भनेर व्यवसायीहरूले विभिन्न चरणमा छलफल गरे पनि अध्यक्षका उम्मेदवारहरुबिच सहमति जुट्न नसक्दा मतदान प्रक्रियाबाट नेतृत्व चयन हुने भएको छ । त्यस्तै गलकोट उद्योग वाणिज्य संघको खुल्ला सदस्यको लागि टिकाराम गौतम, भिम बहादुर केसी, चित्र बहादुर साहानी, दल बहादुर घर्ती, श्याम सुन्दर भण्डेल, भिम बहादुर केसी (बाबुराम), सन्त बहादुर भण्डारी, गोविन्द उपाध्याय, धन बहादुर केसी, लिल बहादुर…

Read More

बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी नेपालका एक सय प्रभावशाली महिलाको सुचिमा पर्नु भएको छ । वल्र्ड अफ वोमन (डब्ल्यूओडब्ल्यू)ले सार्वजनिक गरेका एक सय प्रभावशाली महिलाको सुचिमा थापा पनि पर्नु भएको हो । विभिन्न क्षेत्रमा नेतृत्व गरि समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने महिलाहरूको सामूहिक शक्ति नामक शीर्षकमा प्रभावशाली महिलाको सुचि सार्वजनिक गरेको छ । उक्त सुचिमा भरतपुर महानगरपालिकाका नगरप्रमुख रेनु दाहाल, पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ, पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फे, महिला नेतृ बृन्दा पाण्डे लगायत छन् । सरकार, राजनीति, कलाकारिता, खेलकुद, युवा नेतृत्वलगायत विधामा सय प्रभावशाली महिलाको सूची तयार पारेको हो । थापा जनप्रतिनिधि तर्फ प्रभावशाली महिलाको सूचीमा हुनुहुन्छ…

Read More

“सबै महिला तथा बालिकाको लागि: अधिकार,समानता र सशक्तिकरण” भन्ने मुल नाराका साथ ११५ औ अन्तराष्ट्रिय नारी दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ। महिला जागरण केन्द्र पाण्डबखानीकाे आयाेजनमामा भएको कार्यक्रममा रमुवामा उत्पादन भएको आलु चिप प्रदर्शन, बेलुन नाच प्रतियोगितामा साेरमने आमा समूह प्रथम, रमुवा आमा समहु दाेस्राे, सुनपानी आमासमुह तेस्राे भएका छन् त्यस्तै गिलास मिलाउने प्रतियोगितामा काप्रे आमा समुह प्रथम, तल्लाे फुर्से आमा समूह दाेस्राे, ज्याथर आमा समूह तेस्राे भएका छन् । त्यस्तै कार्यक्रम स्थलमा समयमा सहभागी हुने टिमलाइ पनि पुरस्कारकाे व्यवस्थापन रहेकाे थियाे ।कार्यक्रममा महिला जागरण केन्द्र पाण्डबखानीकि अध्यक्ष राधिका पुनकाे अध्यक्षता गलकाेट कार्यपालिका सदस्य रामप्रसाद वि.ककाे प्रमख आथितियता,…

Read More

सुदूरपश्चिमबाट सुरु भएको हिउँदे वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले दुई दिन परेको हिउँदे झरी र हिमपात आजबाट कम भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि अहिले बिहान ६ बजेसम्मको रेकर्डमा पनि कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा वर्षा जारी छ । विभागको वेबसाइटमा गत २४ घण्टाको अवधिको वर्षालाई हेर्दा देशभर नै हल्कादेखि मध्यम खालको वर्षा भएको देखिन्छ । गत शुक्रबारदेखि सुदूरपश्चिमबाट सुरु भएको हिउँदे वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको थियो । यो प्रणाली गएरातिदेखि नेपालभरबाट बाहिरिइसकेको बरिष्ठ मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।उनका अनुसार मौसममा आजबाट सुधार भइसकेको छ…

Read More

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसूस गरिएको थियो । कतिपय मानिस निद्राबाट बिउँझिएर घरबाहिर निस्किएका थिए । भूकम्पबाट ठूलो क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिनुभएको जानकारी अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका एक जना कैदी घाइते भएका छन् । सामान्य घाइते भएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै कोदारीमा रहेको इलाका प्रहरी कार्यालयको भित्ता चर्किएको पनि प्रमुख…

Read More

हिन्दुहरूको प्रमुख चाड महाशिवरात्री अथवा शिवरात्री हिन्दु धर्मावलम्बीहरूको चाड हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा विभिन्न पुराणहरूमा वर्णित छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष(छिटै खुसी हुने) भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरि व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र भगवानलाई चढाउने गर्दछन्। यस पर्वका दिन उपवास गरी ” ॐ नमः शिवाय” मन्त्र जप गरेमा…

Read More