काठमाडौं – हालै भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएका १८ जनाको परिवारजनले उचित क्षतिपूर्ति र अन्य मागहरू पूरा नभएसम्म शव बुझ्न अस्वीकार गरेका छन्। काठमाडौंबाट पोखरा उडिरहेको विमान बुधबार दुर्घटनाग्रस्त भएको थियो, जसमा १८ जनाको मृत्यु भयो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, फरेन्सिक विभागले सबै मृतकको शव पहिचान गरेर पोष्टमाटम प्रक्रिया सम्पन्न गरिसकेको छ। तर, मृतकका आफन्तजनले बीमा रकम, क्षतिपूर्ति, मृतकका बालबालिकाको शिक्षा, आश्रित परिवारको रोजगार जस्ता विषयमा स्पष्ट जानकारी प्राप्त भएपछि मात्र शव बुझ्ने बताएका छन्। मृतकका आफन्त राजकुमार पञ्जियारका अनुसार, “प्रत्येक परिवारका तीन सदस्यलाई शव हेर्न बोलाइएको छ, तर हाम्रो माग पूरा नभएसम्म शव लिने छैनौं।” मृतकका…
घुम्टे खबर
चितवनको भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा भएको ट्रक र भारतीय कन्टेनरको ठक्करमा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा भारतीय कन्टेनरका चालक भारतको उत्तर प्रदेश निवासी २४ वर्षीय हेहताव आलम र ट्रकका चालक पर्साको वीरगञ्ज–२४ निवासी अन्दाजी ४० वर्षीय प्रमोद पटेल रहेका छन्। घटना स्थलमा दुवै सवारी साधनको ठुलो क्षति भएको थियो, जसले गर्दा यातायात अवरुद्ध भयो। घाइते चालकहरूलाई तुरुन्तै उपचारका लागि अस्पताल पुर्याइएको थियो, तर गम्भीर चोटका कारण उपचारको क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिएका छन्। दुर्घटनाको कारण हालसम्म स्पष्ट नभए पनि प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिका कारण सवारी साधनहरू एक आपसमा…
भरतपुरका केही युवाहरूले महिलाहरूको स्वास्थ्य र स्वच्छताको सुधार गर्न ‘सहयोगी हात’ नामक सेनिटरी प्याड भेन्डिङ मेसिनको निर्माण गरेका छन्। यो परियोजना भरतपुर, चितवनमा यसै वर्ष सुरु भएको हो, जसको नेतृत्व स्थानीय युवाहरूको एक टोलीले गरेको छ। टोलीले आफ्नो प्राविधिक ज्ञान र सामाजिक जागरूकताको प्रयोग गरेर यो मेसिन विकास गरेका छन्। ‘सहयोगी हात’ भेन्डिङ मेसिनले महिलाहरूलाई महिनावारीको समयमा सजिलै र गोप्य रूपमा सेनिटरी प्याड उपलब्ध गराउन मद्दत गर्छ। यो मेसिनलाई भरतपुरका विभिन्न विद्यालय, कलेज, र सार्वजनिक स्थानहरूमा राख्ने योजना छ, जसले महिलाहरूलाई महिनावारीको समयमा सुरक्षित र स्वच्छ सेनिटरी प्याडको पहुँच सुनिश्चित गर्नेछ। युवाहरूले स्थानीय स्तरमा सजिलै उपलब्ध हुने सामग्री प्रयोग गरी…
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो । जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए । उक्त जहाज पोखरा बिमानस्थलमा मर्मतका लागि उडेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले बताए ।दुर्घटनाको विस्तृत विवरण आएको छैन ।
महिला भलिवल समुहद्धारा गलकोट नगरपालिकालाई ट्रफि हस्तान्तरण गरिएको छ । साउने युवा क्लव ताराखोलाले आयोजना गरेको साउने संक्रान्ति मेलामा महिला भलिवल प्रतियोगिता अन्तर्गत गलकोट नगरपालिकाको प्रतिनिधित्व गर्दै प्रथम भएका महिला समुहले आज गलकोट नगरपालिकालाई ट्रफि हस्तान्तरण गरेका हुन् । कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले प्रथम हुने महिला समुहलाई बधाई दिदै गलकोट नगरपालिकाले खेलकुदको क्षेत्रमा उल्लेखनिय कार्य गर्ने बताउनुभएको थियो । उहाँले खेलकुदको माध्यमबाट गलकोट नगरपालिकालाई विभिन्न ठाउँमा चिनाउन मद्दत गरेको बताउदै भोलिका दिनमा पनि खेलकुदको माध्यमबाट अगाडि बढ्नका लागि आग्रह गर्नुभएको थियो । सो अवसरमा गलकोट नगरपालिकाको प्रतिनिधित्व गर्ने भलिवल महिला समुहलाई सम्मान गरिएको थियो । त्यस्तै गलकोट…
घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले साधारणसभा संगै अधिवेशन गर्ने तयारीमा रहेकाे छ।गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले यहि साउन १२ गते शनिबार १५ औं साधारणसभा तथा चाैंठाै अधिवेशन गर्ने तयारीमा रहेकाे क्लबका सचिव दिप घर्तिले जानकारी गराउनु भयाे। साथै साेहि दिन सबैजना सहभागी हुन समेत घर्तिले अनुरोध गर्नु भएको छ। त्यस्तै पाण्डबखानी सुनपानीमा रहेकाे सुनपानी आमा समूहलाइ इन्डियन आर्मीका Jco सुवेदार जीवन भित्रकाेटिले १० हजार बराबरको भिआइवि टेनसेट हस्तान्तरण गरेका छन् ।
नेपाल प्रहरीका एकजना एसएसपीको अंतरङ्ग भिडिओ भाइरल भएको छ। हाल पोखरास्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा हाकिम रहेका एसएसपी दिपक रेग्मीको भिडिओ सोसल मिडियामा भाइरल भैरहेको हो। एसएसपी रेग्मीले बागलुङमा लगाएको पिरती पोखरा पुगेपछि छताछुल्ल भएको भएको हो । महेन्द्रनगरपोष्टलाई प्राप्त भिडिओमा उनले नाजायज सम्बन्ध रहेकी गर्लफ्रेन्डसँग अश्लील बातचित गरेको देखिन्छ। स्रोतका अनुसार भिडिओ सो कुराकानी रेग्मी बागलुङबाट सरुवा भएर पोखरा हिँड्ने अघिल्लो दिन राति भएको थियो। सो भिडिओमा महिलालाई ती एसएसपी रेग्मीले ‘भाग्यमानी छु भन न’ भनेर भन्दा केटीले, ‘अरुलाई थाहा नभए नि हामी दुईलाई थाहा छ। बिहे गरेर हुने भनेको पनि त्यही नै हो।’ भनेकी छन्।महिलाले चाहिँ संवादको क्रममा…
हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ । साउन महिना भगवान् शिवको पूजा गरेर पनि मनाइन्छ । महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन् र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन् । साउन महिनाभर देशभरका शिवालय…
गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका थिए ।पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो ।प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो । बाइडेनले गरे निन्दा राष्ट्रपति जो बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका छन् । ट्रम्पमाथि गोली चलेको समय बाइडेन डेलाभेयरमा थिए । चर्चबाट बाहिरिने क्रममा मिडियाकर्मीलाई प्रतिक्रिया दिँदै बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका हुन् । सबै अमेरिकीलाई…