घुम्टे खबर

देशको माटो छातीमा राखेरतिमी सदाका लागि निदाएपछीशासन फेरियो व्यक्ती र राणा फेरिएतर उस्तै छ देशको हालतउस्तै छ गरिब जनताको समस्यासहिदका रगतको मुल्यकुर्सीसगँ साटेकाहरुलेलडाइ र आन्दोलन आज पनिजारी नै राखेका छन् देशमाफरक यति हो !तिमी सिङ्गो देश जोगाउन लड्यौआज कुर्सी जोगाउन लड्दैै छन्तिमी तानाशाहको विरुद्धमा आन्दोलन गर्यौआज विपक्षको विरुद्धमा आन्दोलन गर्दै छन् दुःखी पीडितको आवाज बनेरदुर्गम बस्तीमा चेतनाको बिउँ छर्नेदेशलाई निस्वार्थ माया गर्ने,नेपाल आमाका पीर व्याथाहरुछातीमा राखेर मरेकादेश र जनताका लागि फाँसी चढेकातिमी वीरहरुलाईसहिद दिवसको शुभकामना तिम्रा रगतको तलाउमाराजनीतिको डुङ्गा चलाएरआकाश छुने महल बनाएकाहरुलाईतिमीलाई सम्झने कहिलै फुर्सद छैनभ्रष्टाचारी बचाउन छोडेरअरबौको घुस पचाउन छोडेरकहाँ सम्झन्थे तिमीलाईकहाँ याद गर्थे तिम्रो सपनान त तिमी…

Read More

पूर्व ऊर्जा राज्यमन्त्री तथा संविधान सभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ । ६८ वर्षको उमेरमा शर्माको भारतस्थित उपचारको क्रममा सोमबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका दाई कृष्णराज शर्माका अनुसार किड्नीमा समस्या भएपछि पूर्वमन्त्री शर्मा केही समयअघि उपचारका लागि भारत गएका थिए । शर्मा बागलुङका पुराना बामपन्थी नेता हुन् ।

Read More

गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र ताराखोला गाउँपालिकाको सहकार्य तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङको सहजिकरणमा गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा सार्वजनिक सेवा प्रवाह सम्बन्धमा एकिकृत सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । बागलुङमा सेवा प्रवाह गरिरहेका ७ वटा कार्यालयहरु जिल्ला प्रशासन कार्यालय बागलुङ, आन्तरिक राजस्व कार्यालय बागलुङ, पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वत, मालपोत कार्यालय बागलुङ, पर्यटन तथा उद्योग कार्यालय बागलुङ, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङ र नेपाल टेलिकम दुरसंचार कार्यालय बागलुङको संयुक्त आयोजनामा भएकोकार्यक्रममा सहभागिहरुले अनलाईनमार्फत् प्यान नम्वरको लागि फर्म भर्दा दिनभर लाग्ने, ईलाका प्रशासन कार्यालय बुर्तिबाङमा कार्यालयका कर्मचारीले गर्ने व्यवहार उत्तरदायी नभएको, थर संशोधन गर्न जाँदा…

Read More

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए । लामो समयपछि काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएको हो। भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।

Read More

भारतिय भूतपूर्व सैनिक संघ गलकोट नगरपालिकाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीले गलकोटको सबै क्षेत्रमा भुपुहरुले गरेको योगदान सह्रानिय भएकोे बताउनुभएको छ । उहाँले भूपूहरुले सामाजिक सँगै भौतिक रुपमा पनि गलकोट क्षेत्रकोे विकासको लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै भुपुहरुले समाजका लागि गरेको अतुलनिय योग्दानको पंशसा समेत व्यक्त गर्नुभएको थियो । सभामा भारतिय भूतपूर्व सैनिक संघ गलकोट नगर कोषाध्यक्ष नर बहादुर साहनीले १८ लाख बराबरको आयव्यय प्रस्तुत तथा संघका सचिव झहर बहादुर खत्रीले प्रगति पतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गलकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष लाल बहादुर राना, वडा नं ३ का…

Read More

अब सोझा किसान आत्महत्या गर्ने तयारीमा लाग्छन् । यो खबर स्थानीय समाचारदाता हुँदै मूलधारका टेलिभिजनसम्म पुग्छ । आमिर खानले निर्माण गरेको एउटा हिन्दी फिल्म छ, ‘पिपली लाइभ’ । फिल्ममा दुई किसान दाजुभाइको कथा छ । कहिल्यै नसकिने दुःख र कहिल्यै नभरिने पेट बोकेर बाँचेका उनीहरुलाई बैंकको ऋणले थप अत्याएको छ । यस्तो परिस्थितिमा उनीहरुले थाहा पाउँछन् कि कुनै किसानले आत्महत्या गरेको अवस्थामा स्थानीय सरकारले मुआब्जावापत राम्रै पैसा दिनेछ । अब सोझा किसान आत्महत्या गर्ने तयारीमा लाग्छन् । यो खबर स्थानीय समाचारदाता हुँदै मूलधारका टेलिभिजनसम्म पुग्छ । सरकारी मुअब्जाका लागि किसानले आत्महत्या गर्ने खबर ती मिडियालाई गजब लाग्छ । र, आत्महत्या…

Read More

गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीको सुनपानीदेखी लेङ्गुरे सम्मको सडक स्तरोन्नती गर्न सुरु गरिएको छ । गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा गलकोट नगरपालिकाबाट आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित नगद रु १ करोडको योजना अनुसार सुनपानीदेखी लेङ्गुरे सम्म ३ सय ७० मिटर सडक ढलान गर्न थालिएको हो । सडक ढलान गलकोट नगरपालिका वडा नम्वर १० को वडा कार्यालयबाट सुचारु गरिएको छ । त्यस्तै मानसिंह छन्त्यालको संयोजकत्वमा ८ सदस्यिय स्थानिय सडक अनुगमन समिति समेत गठन गरिएको छ । रुद्रावती विल्डर्स एण्ड सप्लायर्स संग सम्झौता गरी सडक ढलान कार्य सुचारु गरिएको गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाले जानकारी दिनुभयो…

Read More

बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालको रूपमा स्तरोन्नति गरिएको छ । गण्डकी प्रदेश सरकारले व्यवस्थापन तथा संगठन सर्वेक्षण गरेर जनशक्तिसमेत थप गरी अस्पताल सञ्चालन गरेको हो । अस्पताल सञ्चालनसँगै बागलुङका जनतालाई स्वास्थ्यमा सहज पहुँच पुग्नेछ ।अस्पतालको शुक्रबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको पहिलो प्राथमिकता भनेकै नागरिकको स्वास्थ्य सेवा रहेको बताए । उनले दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी गण्डकी प्रदेश सरकारले यस वर्ष आफ्नै स्वामित्वमा रहने गरी बागलुङको बुर्तिबाङ र गोरखाको आँपपिपललाई ५० शय्याको अस्पतालको रूपमा विकास गर्ने निर्णय गरेको बताए । यी दुई अस्पताल बनाउँदा सरकारलाई…

Read More

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारबाट जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको जिकिर गरिन् । कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनताले सरकारबाट विकासको अनुभूति नगरेको पाएको उनले जानकारी दिइन् । वर्तमान सत्ता गठबन्धन राजनीतिक अस्थिरता अन्त्यसँगै संविधान संशोधनका लागि बनेको बताउँदै संग्रौलाले संविधान संशोधनको प्रक्रिया अगाडि नबढेकोमा असन्तुष्टि जनाइन् । यद्यपि सरकारमा २०८४ सालसम्मै कांग्रेस र एमालेबीच सहकार्य हुने उनले बताइन् ।

Read More

गलकोट नगरपालिका वडा नम्वर ९ को खारखोलामा शव फेला परेको छ ।  गलकोट नगरपालिका वडा नम्वर ११ मजुवा स्थायी घर भई हाल गलकोट नगरपालिका वडा नम्वर ९ खारखोला बस्दै आउनुभएका ३९ वर्षिय नविन बस्यालको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । बिहान साढे ६ बजेको समयमा शव फेला परेको जानकारी प्राप्त भएसँगै प्रहरी घटनास्थलमा पुगेको थियो । शवलाई अहिले पोष्टमार्टमको लागि गलकोट नगर अस्पताल लगिएको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Read More