घुम्टे खबर

नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा आजको बैठकले उक्त आह्वान गरेको हो ।  पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने भएको छ । जिल्ला सभापतिले क्रियाशील सदस्यता फारम रोकेको भेटिए केन्द्रीय समितिले हस्तक्षेप गरेरअघि बढ्ने समिति सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए । कांग्रेसको विधानमा महाधिवेशन भएको वर्ष क्रियाशील सदस्यता वितरण नगरिने व्यवस्था छ । अरू वर्ष भने नियमित रुपमा क्रियाशील सदस्यता वितरण गरिने व्यवस्थाअनुसार नै काम हुनुपर्नेमा समितिले जोड दिएको छ ।…

Read More

सहकारी ठगे जस्तो हुँदैन देश चलाउनप्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका छन्। आईतबार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अभियुक्त रवि लामिछानेप्रति लक्षित गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेको हुन्। उनले देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने बताए। देश चलाउन अरुलाई बुरुक—बुरुक उफ्रिएर मुख छोडे जस्तो नहुने उनको भनाइ थियो। नयाँ राजनीतिक शक्तिहरुलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संज्ञा दिए। उनले केहीबेर चम्किने र छिटै सेलाउने भन्दै प्रधानमन्त्री ओलीले कोही पनि नयाँ शक्तिबाट देश बन्ने भ्रममा नपर्न आग्रह गरे। उनले भने, ‘कहिले कहिले यस्तो लाग्छ बाँसको झ्याङको छेउमा…

Read More

गायक दीपक भुजेल र गायिका रचना रिमालको स्वर रहेको ‘रातो घोडा,सेतो घोडा’बोलको गीतको भिडियो रिलिज गरिएको छ । प्रेम रोमान्सले भरिएको एक जोडीको रोमान्टिक प्रेम कहानी बताउने रातो घोडा सेतो घोडा बोलको गीतको भिडियो रिलिज गरिएसँगै राम्रो प्रतिक्रिया आइरहेको गायक भुजेलले बताए। डिपी खनालको शब्द शृजना रहेको सार्वजनिक गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ। विश्व अधिकारीको एरेन्ज रहेको सार्वजनिक गीतमा गायक दीपकसँगै सुन्दरी मोडल अस्मिता जुरेलीको रोमान्टिक अभिनय देख्न सकिन्छ । भिडियोमा एक प्रेमीले जोडीले बिताएको रोमान्टिक समयलार्य भिडियोमा कलात्मक शैलीमा निर्देशक राजीव समरले देखाएका छन्।

Read More

कीर्तिपुरको स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै छ । डंगोलले २ हजार ४२१ मत प्राप्त गरेका छन् । उनी दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा ३६० मतले अगाडि छन् । एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ६१ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले १ हजार ६७४ मत प्राप्त गरेका छन् । केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनले ९६५ मत प्राप्त गरेका छन् । उनलाई धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका थिए ।

Read More

पाण्डवखानी ब्याडमिन्टन समुह गलकोट नगरपालिका वडा नम्वर १० को आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।  गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानी घर भई विदेशमा रहनुभएका पाण्डवखानी समाज जापानका सचिव नरेश छन्त्याल, पाण्डवखानी समाज युकेका सदस्य राजेश छन्त्याल र राजेन्द्र छन्त्याललाई स्वागत तथा सम्मान गरिएको हो । विदेशमा रहेर पनि आफ्नो गाउँठाउँमा सुखदुखमा सहयोग गरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको जनाईएको छ । सम्मानित हुने छन्त्यालहरुले ७ हजार ५ सय बराबरको कुर्ची र भित्ते घडी समेत उपलब्ध गराउनुभएको थियो । यसैबिच युके समाज पाण्डवखानीका सदस्य राजेन्द्र छन्त्यालले न्यु घुम्टे एजुकेसनल एकेडेमीलाई १० हजार आर्थिक र ४ हजार बराबरको शैक्षिक सामग्रि हस्तान्तरण…

Read More

गलकोटमा राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८१ को अवसरमा कर सचेतना कार्यक्रम सम्पन्न भएको छ । कर प्रणालीको सार, लगानीको आधार भन्ने मुल नाराका साथ आन्तरिक राजश्व कार्यालय बागलुङको आयोजना तथा गलकोट उद्योग वाणिज्य संघको समन्वयमा गलकोटमा राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८१ को अवसरमा कर सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख प्रमोद कुमार श्रीवास्तवले व्यवसायिहरुलाई समयमै कर तिर्नको लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बागलुङका कर अधिकृत मोहन आचार्य र राजनमणि शर्माले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा व्यवसायीहरु विरबल श्रेष्ठ, डाक्टर टंक प्रसाद चालिसे, गोविन्द चालिसे, दल बहादुर घर्ती, पदम गौतम लगायतले…

Read More

न्वागी मेलाकै लागि लक्षित गरेर वडा नं ५ खार बजार स्थित खार माध्यमिक विद्यालय भने बन्द छ ।बागलुङको बडिगाड गाउँपालिकाका केही शिक्षकहरु विद्यालयमा अध्यापन गराउन छाडेर न्वागी मेलामा व्यस्त भएको पाईएको छ । पौँदीबासीहरुको न्वागी पर्वको अवसरमा जारी न्वागी मेलामा केही विद्यालयका शिक्षकहरु आयोजक समितिको संयोजकमै बसेर माईक छोप्ने हुटहुटीले गर्दा विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भएको हो । यसरी विद्यालय नै बिदा गरेर बस्ने शिक्षकहरुमा थानापति आधारभूत विद्यालयका राहत शिक्षक रामप्रसाद घिमिरे, पौँदीटारी आधारभूत विद्यालयका शिक्षक बुद्ध परियार रहेका छन् । दुबै शिक्षक आयोजक समिति मध्ये घिमिरे प्रचार प्रसार समिति संयोजक र परियार खेल संयोजक भएर कार्यक्रममा सुरुवाती दिन देखि नै…

Read More

ग्रामिण बस्तिबाट संचारमाध्यम संचालन गर्नु नै सबैले गर्व गर्नुपर्ने विषय रहेको समेत बताउनुभएको थियो । घुम्टे प्रसारण मिडिया प्राईभेट लिमिटेडद्धारा स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिका वडा नम्वर १० घर भई जापानमा कार्यरत रेखा घर्ती र भारतिय सेनामा कार्यरत सागर पुनलाई घुम्टे प्रसारण मिडिया प्राईभेट लिमिटेडद्धारा स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाले घुम्टे खबरलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नको लागि वडा तथा नगरको तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै सधैँ सत्य, तथ्य र निष्पक्ष तरिकाले समाचारहरु सम्प्रेषण गर्नको लागि आग्रह गर्नुभएको थियो ।…

Read More

गलकोट नगर अस्पतालमा प्राथमिक र आधारभुत स्वास्थ्य सुविधा उपलब्ध हुनेगरी व्यवस्थित गर्ने कुरामा संघिय मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता नेपाल सरकारका स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री प्रदिप पौडेलले अस्पतालहरुले सेवा दिने हुन् र सबै अस्पतालले एउटै प्रकारको सेवा दिन सक्दैनन् भन्नेमा जनताहरु स्पष्ट हुनुपर्ने बताउनुभएको छ । गलकोट नगर अस्पताल गलकोट नगरपालिका वडा नम्वर ५ मा आकस्मिक प्रसुती र नवजात शिशु सेवा (सिईओएनसी) को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले उक्त भनाई राख्नुभएको हो । उहाँले अस्पतालको पहिचान त्यसले दिने सेवाको आधारमा हुने बताउँदै आधारभुत अस्पतालबाट विशिष्टकृत अस्पतालमा रिफरल प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ । मन्त्रि पौडेलले नयाँ जग राखेर त्यसलाई पूर्णता गर्न…

Read More

सरकारले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरी आज सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।बैठकले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेको छ। साथै स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने सरकारले निर्णय गरेको छ।

Read More