जल तथा मौसम विज्ञान विभागले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ । मनसुन सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्ला उच्च जोखिममा रहेको संकेत स्वरुप विभागले ‘रेड जोन’मा राखेको हो । यसअघि विभागले असार १७ गतेदेखि २० गतेसम्मको अवधिमा ३४ जिल्लामा रेड अलर्ट जारी गरेको थियो । ‘रेड जोन’मा परेका जिल्लाहरुमा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपारी पूर्व र मुस्ताङ छन् । यसैगरी लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पुर्व पनि रेड जोनमा परेका छन् ।कर्णाली प्रदेशका जाजरकोट,…
घुम्टे खबर
गलकाेट नगरपालिका १० पाण्डबखानीमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ।गलकाेट नगरपालिका १० काे वडा कार्यालय, घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च, घुम्टे खबर डटकम, सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि. र नेपाली काग्रे गाउँ कार्य समितिले संयुक्तरुपमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेकाे छ ।सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष तथा वर्तमान अध्यक्ष, नेपाली काग्रेस क्षेत्रीय प्रधिनिति, तथा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका पुर्व सचिव ज्ञानबहादुर श्रीसका बुवा थमबहादुर श्रीसकाे ७१ वर्षकाे उमेरमा यहि असार १६ गते असामायिक निधन भएको थियाे।उहाँको निधनप्रति गहिराे समवेदना प्रर्कट गर्दै वडा अध्यक्ष भक्त बहादुर काउचाले उहाँको याेग्दान सम्झिदै समग्र सिंगाे…
साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको मूल्य बढाएको छ।कर्पोरेशनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आजै राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको हो। अब आयो नुन एक केजीको प्याकेटको २६ रुपैयाँ पर्नेछ। यसअघि उक्त नुनको मूल्य प्रतिकेजी २३ रुपैयाँ थियो। यस्तै न्यू शक्ति नुनको मूल्य प्रतिकेजी १७ रुपैयाँबाट २० रुपैयाँ पुर्याइएको छ। भानु नुन प्रतिकेजी ९ रुपैयाँ यथावत छ।
गलकोट नगरपालिका वडा नम्वर ८ काँडेबाँसको बिसौनामा घरमाथीबाट आएको पहिरोले घरसहित दुई जनालाई पुरेको छ । बिसौनाका ५५ बर्षिय प्रेम बिकको घर पहिरोले पुरिँदा उहाँसहित उहाँकी ५० बर्षिय श्रीमती बसन्ती बिक पुरीनुभएको हो । अहिले बेपत्ता ५० बर्षिय श्रीमती बसन्ती बिकको शव भेटीएको र श्रीमान अझै बेपत्ता हुनुुहुन्छ । हिजोदेखि परेको भीषण बर्षापछि उहाँको घरमाथी बाट आएको पहिरोले पुरिएको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक थम्मन सिंह रानाले जानकारी दिनुभयो । त्यस्तै बेपत्ता विकको बुहारी र नातिलाई थप उपचारको लागि अस्पताल पठाईएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले उद्धारको कार्य चलिरहेको जनाईएको छ । उद्धारका लागि गलकोट नगरपालिकाका नगरप्रमुख भरत…
एसईईको नतिजामा दुईभन्दा बढी विषयमा ‘नन ग्रेड’ ल्याएका विद्यार्थीहरूले पनि पुनः परीक्षा दिन पाउने भएका छन् । शुक्रबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले उक्त निर्णय गरेको हो ।मन्त्रालयका अनुसार उक्त परीक्षा साउनमा हुनेछ । यसभन्दा अघि दुईवटा विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरुले मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था थियो ।एसईईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएकोमा २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेडिङमा परेका थिए ।
गलकोट नगरपालिकाको आयोजनामा महालेखा परिक्षक कार्यालयको प्रतिवेदनमा उल्लेखित विषयलाई सामाजिक सञ्जालमा भएको गलत र भ्रामक प्रचार प्रति नगरपालिकाको गम्भिर ध्यानाकार्षण भएको भन्दै नगरपालिकाले आज पत्रकार सम्मेलन गरेको हो । कार्यक्रममा गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी हेमन्तले खाना खाजा खर्च, अनुगमन मूल्याङ्कन भ्रमण खर्च, थालेपोखरा लालिगुराँस क्रिकेट स्टेडियम, कोरोनामा राहत हस्तान्तरण, मामा किचन एण्ड काठमाडौं झोल मम, सवारी साधन तथा मेशिनरी औजार मर्मत सम्भार तथा सञ्चालन खर्च, ईन्धन कार्यालय प्रयोजन, औषधि खरिद, फोहोर व्यवस्थापन खर्च, कार्यालय सार्ने बेलाको खर्च, बालमैत्री नगर घोषणाको बेला भएको खर्चबारे प्रस्ट पार्नुभएको थियो । सो अवसरमा कार्यक्रममा उपस्थित पत्रकारहरुले नगरपालिकामा भएको बेरुजु सैद्धान्तिक होकी अन्य,…
गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट ६९ करोड ११ लाख ४२ हजार ६ सय रहेको छ । गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले नगर सभाको १५ औँ अधिवेशन तथा दोश्रो बैठकमा गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को चालु तर्फ ५२ करोड ४२ हजार र पूँजीगत तर्फ १७ करोड ११ लाख गरी कुल ६९ करोड ११ लाख ४२ हजार ६ सयको बजेट सार्वजनिक गर्नुभएको हो । जसअन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदानबाट ११ करोड ४७ लाख, राजश्व बाँडफाँटबाट ११ करोड ६३ लाख, सशर्त अनुदानबाट ३५ करोड ८६ लाख, विशेष अनुदानबाट १ करोड ७५ लाख प्राप्त हुने अनुमान…
भक्तपुरमा सुमो गाडीको ठक्कले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ गल्कोट नगरपालिका-१० का ३५ वर्षीय मनबहादुर घर्ती रहेका छन् । घर्तीलाई शुक्रबार राति सवा ९ बजे भक्तपुर नगरपालिका-१ घलातेमा सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नम्बरको सुमोले ठक्कर दिएको थियो ।गाडीको ठक्करबाट गम्भीर घाइते भएका घर्तीको उपचारका क्रममा राति नै भक्तपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीले गाडीका चालक काभ्रेको धुलिखेल-९ का ५४ वर्षीय मधुकर केसीलाई नियन्त्रणमा लिएको छ ।
गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गलकोट नगरपालिकाको नगर सभाको १५ औँ अधिवेशनमा नगर सभा अध्यक्ष भरत शर्मा गैरेले गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा कृषिमा लागेर सफल भएका युवा व्यवसायीहरुसंग कृषि पेशामा लाग्न चाहने र कृषि पेशामा संलग्न भईरहेका युवा किसानहरुलाई साक्षात्कार गराई सफल किसान बन्न सघाउने उद्देश्यले कृषि संग युवा कार्यक्रम सञ्चालन गर्ने, माछा मार्न इजाजत पत्र वितरण गरी इजाजत प्राप्त व्यक्तिले मात्र तोकिएको विधि र समयमा मात्र माछा मार्न पाउने व्यवस्था गर्ने, गलकोट नगरपालिकालाई दुध…
गलकोटका युवाहरुले गलकोट नगरपालिकामा विरोध गरेका छन् । गलकोटका युवाहरुले नगरपालिका कार्यालय परिसर भित्र गएर विरोध प्रदर्शन गरेका हुन् । उनिहरुले गलकोट नगरपालिकाको महालेखा परिक्षक प्रतिवेदनको असन्टुष्टिलाई लिएर विभिन्न प्रश्न तथा मागहरु राखेका थिए । जसअन्तर्गत नगरपालिकामा २५ लाख बराबरको कुन मेसिन मर्मत गरियो, ३१ लाख ४४ हजार पैसा घुमघाममा खर्च कसरी, बालमैत्री स्थानिय शासन नगरपालिका घोषणा कसरी, थालेपोखराको स्टेडियमको नाममा छुटाएको पैसा कहाँ खर्च भएको, गाडीको इन्धन खर्च २४ लाख कसरी, गलकोट नगरपालिका भित्र घटेका घटनाहरुमा नगरपालिका मौन किन, खाजामा १८ लाख खर्च कसरी, कोरोना महामारीको समयमा विपन्न नागरिक भनेर ४९ लाख ५० हजार कसलाई प्रदान गरिएको, राष्ट्रिय खेल भलिबल…