नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।यही कात्तिक १८ गते आइतवार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार भोलिदेखि शुरू हुँदैछ । भोलि धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने पर्सि बुधवार परेको छ ।कागतिहार पनि बुधवार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधवार नै मनाइन्छ…
घुम्टे खबर
‘दुई–चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौं’ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समिति र संसदको अपमान गरेको टिप्पणी गरेका छन् ।गत शुक्रबार रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोध भन्दै शनिबारदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आएको छ । त्यसतर्फ लक्षित गर्दैै शर्माले सामाजिक सञ्जालमा लेखेका छन्– रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ, ‘प्रचलित कानुन बमोजिम कार्वाही गर्नु’ तर प्रक्रिया शुरुभएपछि– ‘राजनैतिक प्रतिशोध’ भन्नु संसदीय समिति र संसदकै अपमान होइन र ? रास्वपाको प्रदर्शनलाई न्यायालय प्रभावित गर्ने ‘भ्रम–प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी ?’ भन्दै शर्माले…
आज बडादशैँको मुख्य दिन, विजयादशमी ।असोज शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशीमा टीका लगाइन्छ । आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा तथा प्रसाद लगाइन्छ । विजयादशीको टीका लगाई दिँदा यश, ऐश्वर्य वृद्धि एवम् दीर्घायु प्राप्त होस् भन्ने जस्ता आशीर्वाद दिइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत निकालेको छ । यस्तै बिहान ११ बजेर ३६…
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार असोज १२ गते आएको बाढीपहिरोमा परी हालसम्म २३९ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन्। १७८ जना घाइते भएका छन् र प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ। काठमाडौं उपत्यका, काभ्रेलगायत बागमती क्षेत्रमा ठुलो क्षति पुगेको छ। अवरुद्ध राजमार्ग मर्मत र सहायता परिचालनका लागि प्रयास जारी रहेको प्रवक्ता तिवारीले बताए।
विराटनगर महानगरपालिका–१८ मा बिहीबार बेलुका ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएपछि शुक्रबार स्थानीयले विराटनगर भन्सार कार्यालयमा प्रदर्शन गर्दै ढुंगामुढा गरेका छन्। विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले ६० वर्षीय श्याम साहलाई ठक्कर दिँदा उनको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो। दुर्घटनापछि आक्रोशित भिडले ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको भन्दै प्रदर्शन गरेका थिए। घटनास्थलमा स्थानीयको विरोध बढ्दै जाँदा, स्थिति नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्यास प्रहार गर्नुपरेको थियो। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार, ढुंगामुढाबाट भन्सार कार्यालयको गेट र भवनमा सामान्य क्षति पुगेको छ। शव बुझ्न अस्वीकार गर्दै मृतकका आफन्तहरूले ट्रक चालकको लापरबाहीलाई दोष दिएका…
*सुर्खेत, गुर्भाकोट नगरपालिका–६ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको माटो खन्ने क्रममा ढुंगाले च्यापिएर मृत्यु भएको छ। घर लिप्ने माटो संकलनका लागि खोलाको किनारमा पुगेकी वलीलाई बिहीबार माथिबाट खसेको ढुंगाले च्यापेको थियो। जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्रन वीर विश्वकर्माका अनुसार, घटनापछि ज्योतीको शव पोष्टमार्टमका लागि मेहलकुना अस्पतालमा राखिएको छ।
भौतिक पूर्वाधार मन्त्रालयले दशैं अगाडि वीपी राजमार्ग पूर्ण रूपमा सञ्चालन गर्न नसकिने बताएको छ। नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षण गरेपछि, मन्त्रालयले बिहीबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो। सचिव केशवकुमार शर्माका अनुसार, बाढी र पहिरोले सडकको ठूलो भाग बगाएपछि यो निर्णयमा पुगेको हो। विशेष गरी चौकीडाँडा–कालढुंगा खण्डको १८ किलोमिटरमध्ये १२ किलोमिटर सडक रोशी खोलाले बगाएको छ। पहाड काटेर तत्काल सडक बनाउने अवस्था नदेखिएकाले, डाइभर्सनमार्फत अस्थायी रूपमा सडक सञ्चालनको प्रयास गरिनेछ। वैकल्पिक मार्गका रूपमा, सित्खाबाट दोलालघाट र अरनिको राजमार्ग हुँदै काठमाडौं आउने रुटलाई सिफारिस गरिएको छ। यस्तै, पूर्व जाने गाडीका लागि कान्ति राजपथ र दक्षिणकाली छैमले सडकलाई वैकल्पिक मार्गको रूपमा प्रयोग…
असोज १७ – राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्डमा सुख्खा पहिरो खसेर आज बिहानबाट यातायात अवरुद्ध भएको छ। बिहान ९:१६ बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ स्थित श्रीखोलामा माथिबाट आएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ। सडक खुलाउनका लागि सुरक्षाकर्मी र स्थानीय निकायले सक्रियता देखाइरहेका छन्। पहिरोका कारण यातायात ठप्प हुँदा यात्रुहरु अलपत्र परेका छन्।
यसवर्षको दसैँका लागि असोज १३ आइतवारदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैँकले आज सूचना जारी गर्दै यसवर्षको दसैँका लागि असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाउने बताएको हो।राष्ट्र बैँकका अनुसार बैँकको मुद्रा व्यवस्थापन विभाग, बैँकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाउने छन्।साथै इजाजतपत्र प्राप्त बौ तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैँकले जनाएको छ।
यस वर्षको बडादशैँ आजदेखि शुरू भएको छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई…