घुम्टे खबर

थम्मन थापा/गलकाेट गलकोट नगरपालिका ४ ओखरबोटमा महिलाहरुलाई दुई दिने उद्घोेषण सम्बन्धी तालिम प्रदान गरिएको छ । प्राप्ती महिला सञ्जालको आयोजनामा महिला जनप्रतिनिधि सहित वडा भित्रका महिलाहरुका लागि बोल्ने सिप र कलाको विकास र नेतृत्व विकासको लागि २ दिने उद्घोषण तालिम प्रदान गरिएको हो । वडाका महिला जनप्रतिनिधि र अन्य महिला दिदिबहिनीहरुलाई उद्घोषण कला सिकाउँदै आफ्नो मनको कुरा बाहिर ल्याउन सक्ने बनाउनको लागि तालिमको आयोजना गरिएको गलकोट नगरपालिका ४ का कार्यवहाक वडा अध्यक्ष कृष्ण बहादुर भण्डारीले बताउनुभयो । महिलाहरु सार्वजनिक कार्यक्रममा बोल्न लजाउने, डर मान्ने जस्ता कारण पछाडी परेकाले यो तालिम अतिनै आवश्यक रहेको कुरामा जोड दिनुभयो । कार्य वहाक वडा…

Read More

थम्मन थापा(सन्देश) गर्मी बढेसँगै देशैभर वन जंगलहरुमा आगोलागी भईरहेको छ । चैत महिना लागेसँगै विभिन्न सामुदायिक, नीजि तथा सरकारी वनमा दिनहुँ जसो डढेलोका घटनाहरु बढ्ने गरेका छन् । अहिले अधिकांश वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । मुख्यतया डढेलोले वन जङ्गलको विनाश जस्तै काठ, दाउरा, घाँस एवं गैर काष्ठ वन पैदावारको नोक्सान, स-साना बिरुवा मर्ने, वनको पुनरुत्पादनमा ह्रास आउने, जैविक विविधतामा ह्रास आउने ।वातावरणीय असर जस्तै वायु मण्डलीय प्रदूषण, वर्षाको अनियमितता, जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीमा असर हुने गर्दछ साथै सामाजिक तथा आर्थिक असर जस्तै माटोको उर्वराशक्ति ह्रास आउने, विकास निर्माण कार्यमा असर, वन नजिक रहेका बस्तीमा क्षति हुने,…

Read More

थम्मन थापा / गलकाेटगलकोट नगरपालिका, ईलाका प्रहरी कार्यालय गलकोट र अस्थायी ट्राफिक पोष्ट हटियाको समन्वयमा मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा ट्राफिक सचेतना सम्वन्धी बोर्डहरु राखिएको छ । गलकोट नगरपालिकाको आर्थिक सहयोह र ईलाका प्रहरी कार्यालय गलकोटको सक्रियातामा मध्यपहाडी लोकमार्ग स्थित गलकोट नगरपालिका ११ रिघा फेदी देखि गलकोट नगरपालिका १ दुदिलाभाटी भ्यूटावर सम्मका रोडका विभिन्न स्थानमा सो बोर्डहरु राखिएको हो । बजार क्षेत्रमा हर्न नबजाउँ, ट्राफिक नियम पालना गरौं, सडक लेनको प्रयोग गरौं, तिव्र गति जिवनको क्षति, छिटो गए भन्न सकिन्न विस्तारै गए अवश्य पुगिन्छ , सुन्दर जिन्दगीमा हतार दिन भन्ने सचेतना मुलक सन्देश लेखेका बोर्डहरु मध्यपहाडी लोकमार्गका विभिन्न २५ स्थानमा राखिएको…

Read More

डा. अरुण अधिकारीनाक, कान तथा घाँटीरोगका शल्यचिकित्सक रुघाखोकीको औषधिको प्रयोग पिनास, नाकबाट पातलो सिंगान बग्ने, नाक चिलाउने, हाच्छ्यूँ आउने आदि समस्यामा बढी गरिन्छ । तर यस्ता औषधि आफूखुसी प्रयोग गर्नुहुँदैन । रुघा लागेको बेला श्वासप्रश्वास प्रणालीको प्रवेशबिन्दु नाकभित्रको सतही कोष सुजन हुने अवस्थालाई ‘राइनाइटिस’ भनिन्छ । नाकमा एलर्जी र संक्रमण भएपछि नाकको सतही कोषहरु सुन्निन्छ र रुघाका रुपमा पातलो सिंगान बग्न थाल्छ । राइनाइटिस पनि विभिन्न प्रकारको हुन्छ । एलर्जिक राइनाइटिस, एक्युट राइनाइटिस (एक्कासी हुने), क्रोनिक राइनाइटिस (जीर्ण खालको), फंगल राइनाइटिस लगायत विभिन्न प्रकारको राइनाइटिस हुन्छ ।बिरामीहरूले माथि उल्लेखित लक्षणको आधारमा रुघा लाग्यो भन्छन्, तर यी विभिन्न प्रकारको राइनाइटिसको औषधि उपचार…

Read More

ताइवानमा शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ७ दशमलव४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि टापु र दक्षिणी जापानमा सुनामीको चेतावनी दिइएको छ । भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर (११ माइल) दक्षिणमा पर्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हुआलियन काउन्टीमा झुकेका घरहरूका तस्बिरसहित प्रारम्भिक क्षतिको रिपोर्ट आइरहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । सेना उद्धारमा खटिएको छ । ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ । जापान मौसम विज्ञान एजेन्सीले मियाकोजिमा र ओकिनावा टापुहरूमा सुनामीको चेतावनी पनि जारी गरेको छ ।तीन मिटर अग्लो छालहरू आउने चेतावनी दिएको छ ।…

Read More

बागलुङमा ह्युमन इम्युनोडेफिसेन्सी भाइरस (एच.आई.भी) संक्रमित हुनेको संख्या १९० पुगेको छ । धौलागिरी पोजेटिभ समुहका अनुसार बागलुङमा एच.आइ.भीबाट संक्रमित हुनेको संख्या १९० पुगेको हो । बिहिबार भएको सरोकारवालाहरुसँगको छलफलमा धौलागिरी पोजेटिभ समुहका अध्यक्ष चन्द्र बहादुर खत्रीले एच.आई.भीबाट संक्रमित हुनेको संख्या बढेको बताए । उनले जिल्लाका १० पालिका मध्ये सबैभन्दा बढि बागलुङ नगरपालिकामा ७६ जना संक्रमित रहेको बताए । जैमिनी नगरपालिकामा २८, काठेखोला गाउँपालिकामा २६, ताराखोला गाउँपालिकामा ७, गलकोट नगरपालिकामा २४, निसीखोला गाउँपालिकामा ११ संक्रमित रहेका छन् । बडिगाड गाउँपालिकामा ८, ढोरपाटन नगरपालिकामा ५, बरेङ गाउँपालिकामा २ र तमानखोला गाउँपालिकामा ३ जना रहेका छन् । २२ जना संक्रमित बालबालिका रहेको बताइएको…

Read More

सम्पादकीयघुम्टे प्रसारण मिडियाद्धारा सञ्चालित घुम्टे खबर डटकम गलकोट नगरपालिका १० पाण्डबखानी बागलुका जागरुक युवाहरुले संचालन गरेको एउटा यो घुम्टे खबर डटकम अनलाइन मन पराउनेहरुको एउटा साझा संस्था हो । सानो र सागुरो घेरा भित्र भएतापनि यसले ग्रामिण परिवेशमा रहेका युवा वर्गमा अनलाइनप्रति मोह जगाइ उनीहरु भित्र रहेका प्रतिभाहरुलाइ समाजको अगाडि प्रस्फुटन गराउने उदेश्यले लिएको छ । अनलाइनप्रति गहिरो अभिरुचि राख्ने कुनै न कुनै तहका वर्गबाट देखाइने जागरुकता प्रति भावनात्मक रुपले सम्बन्ध कायम राख्दै छिटफुट चल्ने अनलाइन खबर गतिविधिलाइ संस्थागतको विकास गरी अनलाइन क्षेत्रबाट समाज परिवर्तनको आन्दोलनमा सक्दो योगदान पु्याउन सकियोस् भन्ने मुल उदेश्य हो । हामी सबैलाई थाहा छ, अहिले…

Read More

थम्मन थापाजिल्ला समन्वय समिति बागलुङले योजना अनुगमन गरेको छ ।  गलकोट नगरपालिका भित्र सञ्चालित योजनामा जिल्ला समन्वय समितिका प्रमुख अम्मर बहादुर थापा सहितको पदाधिकारी टोलीले गलकोट नगरपालिका वडा नं १ को निर्माणाधिन स्वास्थ्य चौकी, वडा कार्यालय भवनको बाँकी काम, वडा नं २ को ग्रामिण सडक, वडा नं ४ को ओखरबोट, बौर सडक, वडा नं ९ को बौर टिमुरबोट सिचाई कुलो, वडा नं ८ को पचुवा बजार क्षेत्रको ढलान सडकको अनुगमन गरेको जिल्ला समन्वय समिति बागलुङले जनाएको छ । गलकोट नगरपालिकामा सञ्चालित योजना अनुगमन गर्न जिल्ला समन्वय समितिका प्रमुख अम्मर बहादुर थापा, गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरे, जिल्ला समन्वय समिति…

Read More

बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा घाईते एक जनालाई थप उपचारको लागि पोखरा रिफर गरिएको छ । दुर्घटनामा घाइते बागलुङ नगरपालिका-३ रातामाटाका रोहिणिदत्त शर्मालाई पोखरा रिफर गरिएको हो । ६८ वर्षीय शर्माको धौलागिरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको धौलागिरि अस्पतालका सूचना अधिकारी शान्ती भण्डारीले नयाँ विश्वलाई बताउनु भयो। बागलुङ बजारदेखि दोविल्ला तर्फजाँदै गरेको ध १ ह ७५ नम्बरको अटो रिक्सा बागलुङ नगरपालिका-३ रातमाटामा दुर्घटना हुँदा अटोमा सवार ५ जना यात्रु घाइते भएका थिए । दुर्घटनामा परी बागलुङ नगरपालिका ३ तातोपानी बस्ने वर्ष ४५ की रेवती किसान, वर्ष २४ की सम्झना किसान, वर्ष ५ की…

Read More

गलकोट नगरपालिकामा भारतिय भुपू सैनिकहरुको लागि सिजनल पेन्सन क्याम्प सम्पन्न भएको छ ।  भारतीय भुपु सैनीक संघ गलकोट नगर समितिको आयोजनामा गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारमा चैत १ गतेबाट सञ्चालन भएको सिजनल पेन्सन क्याम्प आज सम्पन्न भएको हो । उक्त सिजनल क्याम्प मार्फत १ हजार ७ सय ४ जना भारतीय भुपु सैनीकहरुले पेन्सन पट्टा नविकरण गराएको सिजनल पेन्सन क्याम्प सञ्चालन समितिका अध्यक्ष एवं सुवेदार मेजर हिरा बहादुर कालाले जानकारी दिनुभयो । आज दोस्रो दिन ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र चैत १ गते नविकरण गर्न छुटेका भुपुहरुको पेन्सन नविकरण गएिको भारतिय भुपू सैनिक संघ गलकोट नगर समितिका सचिव एलएस छुम बहादुर…

Read More