घुम्टे खबर

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पूर्वी नेपालका ९ जिल्लामा बाढीको जोखिम रहेको चेतावनी दिएको छ। ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, र सुनसरीमा साना नदी तथा खोलाहरुमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले आज बिहान जारी गरेको सूचनामा उल्लेख छ। आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।कन्काई नदीको जलसतह बढ्ने भए पनि सतर्कता तहभन्दा तलै रहने जानकारी दिइएको छ। तर, नदी किनार क्षेत्रका बासिन्दालाई भने विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। ठूला नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती लगायत अन्य मुख्य नदीहरुमा जलसतह सामान्य मात्र घटबढ हुने अनुमान गरिएको छ। साना नदीहरुको बहाव…

Read More

यस वर्ष नेपालमा मनसुनको अवधि लम्बिएको छ, जुन सामान्यतया अक्टुबर २ मा सकिने भए पनि यस वर्षको मनसुन दोस्रो हप्तासम्म कायम रहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। मौसमविद प्रतिभा मानन्धरका अनुसार, सुदूरपश्चिम क्षेत्रबाट यसै हप्ताबाट मनसुन बाहिरिन सुरु भए पनि कोशी प्रदेशमा दशैंको टीकासम्म (अक्टुबर १२) मनसुन रहन सक्ने सम्भावना छ। डा. धर्मराज उप्रेतीले मनसुन अवधि रहँदासम्म वर्षाको सम्भावना कायमै रहे पनि यसपटक भारी वर्षा भने नहुने बताएका छन्। हाल भारतको गुजरात र पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिसकेको भए पनि, नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गरेपछि पूर्वतिर सर्दै जाने छ। नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ मा…

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारले असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। मुख्य सचिव एकनारायण अर्यालले दिएको जानकारीअनुसार, यस प्रकोपमा हालसम्म २२४ जनाको मृत्यु भएको छ भने २४ जना अझै बेपत्ता रहेका छन्। १५८ जना घाइते भएका छन्। प्रारम्भिक आँकडाका आधारमा, खानेपानीको संरचनामा ३ अर्ब ५५ करोड, सडक पूर्वाधारमा २ अर्ब ५२ करोड, उर्जामा ४ अर्ब, सिँचाइमा २ अर्ब, र कृषि तथा पशुपालनमा ६ अर्बको क्षति भएको अनुमान छ। मुख्य सचिव अर्यालले कृषि बालीमा भएको क्षतिको विवरण एक महिनाभित्र तयार पारिने जानकारी दिएका छन्। साथै,…

Read More

गुल्मी, मालिका गाउँपालिका-२ दर्लिङ्ग अडारेकी २७ वर्षीय माया रोका मगरको घर लिप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार, माया मगर आफ्नो घरको बाहिरको दलान लिप्दै गर्दा मुसाले काटेर नाङ्गो बनाएको तारमा अचानक छुन गई करेन्ट लागेकी थिइन्। घाइते अवस्थामा उनलाई उपचारको लागि गुल्मी अस्पताल लगिएको भए पनि, अस्पतालमा उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ। घटना सोमबार दिउँसो करिब साढे ३ बजे भएको हो।

Read More

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरी बजार नजिक फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बाढीमा परेर बेपत्ता भएका छन्। बत्सलादेवी माविमा अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालित फुटबल एकेडेमीका ४० प्रशिक्षार्थीमध्ये ६ बालकलाई सुरक्षित स्थानतर्फ लैजाँदा उनीहरू बाढी र पहिरोमा परेका हुन्। कुलेखानी जलासयको बाँध खोलिएपछि आएको बाढीका कारण उक्त घटना भएको हो। विद्यालयका अध्यक्ष सुभाषचन्द्र ठकुरीका अनुसार, बाँध खोलिएपछि बालकहरूलाई सुरक्षित स्थानमा सार्ने क्रममा माथिबाट आएको लेदो र पहिरोले ६ बालकलाई बगाएको हो। बाँकी ३४ जना बालक भने सुरक्षित रहेका छन्। घटनास्थलमा प्रहरी अझै पुग्न सकेको छैन भने खोजी कार्यमा चुनौती भएको मकवानपुरका एसपी सीताराम रिजालले बताएका छन्।

Read More

धनकुटा र पाँचथरमा निरन्तर वर्षासँगै आएको पहिरोले पाँच जनाको ज्यान लिएको छ भने चार जना अझै बेपत्ता भएका छन्। धनकुटाको पाख्रीबास र पाँचथरको फिदिममा पहिरोले घर पुरिँदा आमाछोरीसहित पाँच जनाको मृत्यु भएको छ।पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ। उनीहरू चिसापानीमा डेरा लिएर बस्दै आएका थिए। फिदिम नगरपालिका–१ साँगेबोटेमा पनि पहिरोले एक घर पुरिँदा ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको छ भने कृष्ण दास, कमला दास, धनकुमार तुम्बापो र सरस्वता तुम्बापो बेपत्ता भएका छन्। यसै पहिरोमा दुई जना व्यक्ति घाइते भएका छन्। त्यसैगरी, धनकुटाको पाख्रीबास नगरपालिका–५ मा पनि…

Read More

बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार रहेका थिए । सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् । उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिएका छन । उनका अनुसार पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो । बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार रहेका थिए । यो सहकारी प्रकरणमा मुछिएका अरू केही सञ्चालक र कर्मचारीविरुद्ध…

Read More

अमेरिकी डलर देखाएर ६४ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीका साजन भनिने लाल बहादुर घिसिङ, सिन्धुपाल्चोकका सुन बहादुर तामाङ र भीमबहादुर तामाङ रहेका छन्, जो हाल भक्तपुरमा बसोबास गर्दै आएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई जडिबुटीबाट नियन्त्रणमा लिएको हो। उनीहरूले विभिन्न पीडितलाई अमेरिकी डलर साट्दा ठूलो फाइदा हुने प्रलोभन देखाई ठगी गरेका थिए। गत भदौ २८ गते भक्तपुर चाँगुनारायणबाट ४० लाख रुपैयाँ ठगी गरेपछि फरार भएको यो समूहले धादिङका एक पीडितसँग ७ लाख, चितवनका एक पीडितसँग ५ लाख, र अन्य स्थानबाट समेत लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ।उनीहरुलाई थप…

Read More

*धनुषा, सोमवार राति जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर फरार भएका नौ जनामध्ये चार थुनुवा पक्राउ परेका छन्। भागेका थुनुवामध्ये सत्यम झालाई प्रहरीले जनकचोकबाट तत्कालै पक्राउ गरेको थियो भने थप तीन थुनुवालाई प्रहरी टोलीले विदेह नगरपालिकाको लखौरी धानखेतबाट समातेको हो। पक्राउ परेका अभियुक्तहरूमा लागूऔषध मुद्दाका धनुषाका रोशन कुमार मण्डल, सिरहाका अभास्कर कुमार यादव, र अभद्र व्यवहार मुद्दाका जनकपुरधामका विक्की कार्की छन्। अझै पाँच थुनुवा फरार रहेका छन्, जसमा लागूऔषध मुद्दाका अमितकुमार झा, रञ्जित मण्डल, र विशाल मुखिया साथै अभद्र व्यवहार मुद्दाका सुमित मेस्तर र मनिष मण्डल छन्। फरार थुनुवाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Read More

धनुषा जिल्लामा आइतबार राति भएको हिरासत काण्डमा ८ जना थुनुवा फरार भएका छन्। प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार, थुनुवाहरूले हिरासतको भेन्टिलेशन फोडेर भागेका थिए। ९ जना भागेका थुनुवामध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य आठजनाको खोजी भइरहेको छ। फरार हुनेहरूमा लागुऔषध र अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्तिहरू रहेका छन्, जसमा अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया, मनिष मण्डल, बिक्की कार्की र एक नाबालक छन्। प्रहरीले रातिदेखि नै फरार थुनुवाहरूको खोजी अभियान सुरू गरेको छ र सीमा क्षेत्रमा पनि निगरानी कडा पारिएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले यस घटनाबारे जानकारी लिँदै जिल्ला…

Read More