घुम्टे खबर

भक्तपुर प्रहरी परिसरका डीएसपी मोहनमणि अधिकारीका अनुसार, दुर्गा प्रसाईंलाई पक्राउ गर्ने क्रममा राष्ट्र सेवक कर्मचारीलाई अवरोध गरेको आरोपमा झापाका ३८ वर्षीय पदम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले अवरोध गर्ने प्रयास गरेको आरोपमा श्रेष्ठविरुद्ध म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ। साइबर ब्यूरो र भक्तपुर प्रहरीको टोलीले आइतबार मध्यपुर थिमी नगरपालिका–६, कमेरोटारस्थित घरबाट प्रसाईंलाई पक्राउ गरेको थियो। उनलाई रास्वपाकी एक नेतृले साइबर कसुरमा उजुरी दिएपछि पक्राउ गरिएको हो।

Read More

भारतीय महिला भलिबल खेलाडी जुही शाले गण्डकी थण्डर्सबाट एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युसीएल) मा सहभागी हुँदैछन्। गण्डकीले उनलाई चौथो विदेशी खेलाडीको रुपमा टिममा अनुबन्ध गरेको छ। अनुभवी सेटर शाले यसअघि नेपालमा खेलिसकेकी छिन् र हालै मात्र काभा वुमन्स भलिबल नेसन्स लिगमा भारतलाई उपाधि जिताउन मुख्य भूमिका निभाएकी थिइन्।गण्डकीले यसअघि रसियाकी जुभियागिनसिभा, एलिसा रुबियक, र भारतकी शिल्पा सिन्धलाई पनि टिममा अनुबन्ध गरिसकेको छ। गण्डकीका टिम मालिक सौरव केडियाले टिमलाई उपाधिको बलियो दावेदार भएको बताए। ट्यालेन्ट हन्टबाट थप खेलाडी चयन गर्दै गण्डकीले सेप्टेम्बर २५ मा पोखरामा तयारी अघि बढाउने छ।

Read More

रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मन्थलीबाट सालुतर्फ जाँदै गरेको बा१८च १८३९ नम्बरको डबल क्याप जीप अनियन्त्रित भएर करिब १५० मिटर तल खस्दा ६० वर्षीया पद्ममाया नेपालीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ४२ वर्षीय चालक गुनकुमार थापामगर र ६९ वर्षीय दिलीपकुमार बरुवाललाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। अन्य घाइतेहरूमा सीता नेपाली, सुजीता रसाइली, सरिता नेपाली र पाँच महिनाकी बालिका रोनिषा छन्, जसको उपचार रामेछापका विभिन्न अस्पतालहरूमा भइरहेको छ।

Read More

विद्युतीय अपराधको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराउँदै, १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्ने तयारी गरेको छ। भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंविरुद्ध एक महिलाले चरित्र हत्या भएको उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। साइबर ब्यूरोले बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई समेत पक्राउ गर्न अनुमति प्राप्त गरेको छ।

Read More

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरमा पक्राउ गरेको छ। उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि साइबर ब्यूरोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालका अनुसार, प्रसाईंलाई मध्यपुर थिमी नगरपालिका–६ स्थित उनको घरमा पक्राउ गरिए। घरको गेट नखोलेपछि प्रहरीले कमाउण्ड नाघेर भित्र प्रवेश गरि उनलाई पक्राउ गरेको हो। नेपाल प्रहरीको साइबर ब्यूरोमा उनलाई विरुद्ध जाहेरी परेको थियो, जसको आधारमा जिल्ला अदालत, काठमाडौंले अनुसन्धानको लागि अनुमति दिएको थियो।

Read More

२०औं एसिया सिनियर करातें च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङले रजत पदक जितेर इतिहास रचिन्। चीनको हाङ्जाउमा आयोजित च्याम्पियनसिपको ६८ केजी माथि तौल समुहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० को अन्तरले पराजित भएपछि उनी रजतमा सीमित भइन्।यस च्याम्पियनसिपमा एरिका नेपालको लागि जितेको यो पहिलो पदक हो, जुन ऐतिहासिक मानिन्छ। यसअघि कुनै पनि नेपाली खेलाडीले एसियन सिनियर च्याम्पियनसिपमा पदक जित्न सकेका थिएनन्। एरिका प्रारम्भिक चरणमा फिलिपिन्सकी इसाबेल अरियन्ने ब्रिटोलाई ४–० र क्वार्टरफाइनलमा सोफिया बेरुल्टसेभालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेकी थिइन्। सेमिफाइनलमा उनले थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरिन्।एरिका गुरुङको यो सफलता नेपाली करातेका लागि प्रेरणादायक छ र उनले…

Read More

धनगढी विमानस्थलमा शनिबार साँझ एक यात्रुको आकस्मिक मृत्यु भएको छ। गोदावरी नगरपालिका-२ निवासी ५० वर्षीय शेरबहादुर बोहोराको काठमाडौं जाने क्रममा बोडिङ पास लिने क्रममा ढलेपछि उनको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहोराका अनुसार, ढलेर बेहोस भएका बोहोरालाई तत्काल माया मेट्रो अस्पताल पुर्‍याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे। प्रारम्भिक रिपोर्ट अनुसार उनको मृत्युको कारण हृदयघात भएको आशंका गरिएको छ। शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

Read More

पृथ्वीले एक नयाँ अस्थायी चन्द्रमा प्राप्त गर्ने छ, तर यो चन्द्रमा केवल छोटो समयको लागि मात्र रहनेछ। यो नयाँ चन्द्रमा कुनै साधारण खगोलीय पिण्ड होइन, एउटा फुच्चे क्षुद्रग्रह हो, जसलाई २०२४ पीटी ५ नाम दिइएको छ। यसले आगामी सेप्टेम्बर २९ देखि नोभेम्बर २५ सम्म पृथ्वीको परिक्रमा गर्नेछ, तर हालको चन्द्रमाझैं स्थायी रूपले रहने छैन। यो क्षुद्रग्रह पृथ्वीको गुरुत्वाकर्षण बलले तानिनेछ र चन्द्रमाले जस्तै पृथ्वीको कक्षमा २ महिनासम्म परिक्रमा गर्नेछ। त्यसपछि, यो पिण्ड सूर्यको कक्ष अर्थात् हेलियोसेन्ट्रिक अर्बिटमा प्रवेश गर्नेछ। २०२४ पीटी ५ को व्यास लगभग १६ देखि १३८ फिटको बीचमा हुने अनुमान गरिएको छ। यसलाई पहिलो पटक अगष्ट ७ मा…

Read More

सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा र सम्पत्ति खोजबिन गर्न बनेको आयोगको म्याद थप गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार आयोगको म्याद दुई महिना थप गरिएको हो। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार आयोगको नयाँ संयोजक महेन्द्रकुमार थापा तोकिएका छन्। यसअघि संयोजक रहेका पूर्वसचिव सारदाप्रसाद त्रिताल बिरामी परेपछि थापालाई नयाँ संयोजक बनाइएको हो।

Read More

गलकोट नगरपालिका ११ रिघास्थित श्री रत्नलक्ष्मी माध्यमिक विद्यालयमा आज शिक्षा दिवसको अवसरमा “ज्ञान, बिज्ञान, सिप, उद्दम र मौलिक : साझेदारी र प्रणालीगत सक्षमता” मूल नाराका साथ विभिन्न शैक्षिक प्रतियोगिताहरूको आयोजना गरियो। यहिँ असोज २ गतेका दिन आयोजित यस कार्यक्रममा विद्यार्थीहरूको विविध प्रतिभा प्रर्दशन गरियो। कक्षा नर्सरी, LKG, र UKG का विद्यार्थीहरूलाई मिठाई दौड प्रतियोगितामा सहभागी गराइयो भने कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूबीच हस्तलेखन प्रतियोगिता सम्पन्न गरियो। कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूले चित्रकला प्रतियोगितामा आफ्नो कला कौशल प्रस्तुत गरे। त्यस्तै, कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूबीच हाजिरी जवाफ प्रतियोगिता आयोजना गरियो जसले शैक्षिक ज्ञान र सिर्जनशीलताको प्रर्दशन गर्‍यो। यस…

Read More