सामाजिक सञ्जालको विकाससँगै संसारभर फेसबूक प्रयोगकर्ता पनि दिनानुदिन बढ्दै छन् । अहिलेको जमानामा फेसबूक नहुने शायदै कोही होलान् । कहिलेकाहीँ भने फेसबूक डिलिट गर्नुपर्ने बाध्यात्मक परिस्थिति पनि सिर्जना हुन सक्छ । अझ कतिपय अवस्थामा त फैसबूक नै नचलाऊँ कि जस्तो पनि लाग्न सक्छ । कहिलेकाहीँ सुरक्षाका हिसाबले पनि फेसबूक डिलिट गर्नुपर्ने हुनसक्छ। आज हामी तपाईँलाई फेसबूक कसरी डिलिट गर्ने भनेर जानकारी दिँदैछौँ । – सबैभन्दा पहिले फेसबूक लगइन गर्नुहोस् । – त्यसपछि फेसबूकको सेटिङमा जानुहोस् र त्यहाँ प्राइभेसीमा क्लिक गर्नुहोस् । – त्यसपछि सेटिंग्स एण्ड सेक्युरीटीमा क्लिक गर्नुहोस् । – अब प्राइभेसीमा क्लिक गरी फेसबुक इन्फर्मेसन विकल्पमा क्लिक गर्नुहोस् । – अब तपाईँले…
घुम्टे खबर
घुम्टे खबर डट कमद्धारा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। गलकाेट नगरपालिका १० पाण्डबखानीदेखिअध्ययनका लागि अस्ट्रेलिया जानु भइ अहिले गाउँ आउनुभएका रविन काउचालाइ घुम्टे खबर डट कमले स्वागत तथा सम्मान गरेको छ । घुम्टे खबर डट कमका अध्यक्ष दलबहादुर घर्ति दिपकाे अध्यक्षता संगै भावी याेजना तथा संस्थाकाे बारे घर्तिले जानकारी गराउनु भएको थियाे। पछिल्लो समयमा न्युज पाेर्टल जस्ता अनलाइन खाेल्ने धेरै भएता पनि हामीले विशेषगरी गाउँ मुखि रहेर गाउँबाटै भएता पनि मिडिया संचालन गरि आम नागरिकलाइ सत्यतथ्य सुचना प्रवाह गर्ने उदृेश्यले घुम्टे खबर डट कम लाइ दर्ता गरि आधिकारिक रुपमा संचालन गरेकाे अब छिट्टै समितिकाे बैठक पनि पा.न नम्बर…
पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थ्यको पनि गहिरो सम्बन्ध छ । हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानिको निर्धारण गर्दछ । हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरू बताउँछन् ।खाना खाने बित्तिकै पानी नखान चिकित्सकहरू सुझाव दिन्छन् । खाना खाने बित्तिकै पानी पिउनाले एसिडिटी, ब्लोटिङजस्ता समस्या हुन सक्छ। खाना खाएको कति समयपछि पानी पिउने ?हामीले खाएको खाना पचाउन करिब २ घण्टाको अवधि लाग्ने चिकित्सकहरू बताउँछन् । यहीबिच पानी पिउनुको असर…
देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) पक्राउ परेको चर्चा चलेको छ। मलेसियामा रहेको भनिएका राई सिंगापुरबाट पक्राउ परेको बताइएको छ। प्रहरी महानिरीक्षक वसन्त कुवरले भने आफूहरूले राई पक्राउ परेको आफूलाई जानकारी नभएको र त्यसको पुष्टि गर्न लागिपरेको बताएका छन्। रेड नोटिस जारी भएका व्यक्ति पक्राउ गर्दाका बखत सम्बन्धित देशले रेड नोटिस जारी गर्ने प्रहरी कार्यालयलाई पक्राउ गर्नुको आधार र कारण माग्दछ। जीबी राईको हकमा नेपाल प्रहरीसँग पक्राउ परिएको भनिएको देश सिंगापुरले आज बिहानसम्म कुनै आधार कारण मागेको छैन। ‘व्यक्ति लोकेट भइसकेपछि पक्राउ पर्नुको कारण के हो भनेर सोध्ने गर्दछ नेपाल प्रहरीलाई…
सुमना श्रेष्ठ संघीय संसद् अन्तर्गत दोश्रो प्रतिनिधिसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत चुनिएकी हुन् । सुमनाले अमेरिकाको मासाचुसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (माईटी) स्लोन स्कूल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबिए) गरेकी छिन् । त्यसभन्दा अघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफर्ड कलेजबाट गणितमा स्नातक गरेकी हुन् । वि.स. २०७२ सालभन्दा अघि सुमना अमेरिकास्थित बोस्टन कन्सल्टिङ ग्रुपमा परामर्शदाताका रूपमा कार्यरत थिइन् । त्यसअघि ट्रेड अनालिस्ट (वाणिज्य विश्लेषक) का रूपमा सिटी गु्रपमा समेत काम गरेकी थिइन् । जब वि.स. २०७२ सालमा नेपालमा महाभूकम्प गयो, तब उनको जीवनको लेन बदलियो । भूकम्पपछि नेपालमा विश्व खाद्य…
विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । फेसबुकसंगै मेसेन्जर र इन्स्टाग्राम विश्वभर केहिबेर समस्या आएको थियो । मेटाका प्लेटफर्महरू डाउन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले फेसबुक, मेसेन्जर र इन्टाग्राम लगइन हुन थालेको छ ।
थम्मन थापा(सन्देश)गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले स्थानिय तहको क्षेत्राधिकार भित्र रहेर थुप्रै चुनौतिको सामना गर्दै नगरबासी नागरिकलाई सेवा प्रवाहमा प्रतिवद्व रहेको बताउनु भएको छ । जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्म, बागलुङको ५९ औं वार्षिकोत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गैरेले शैक्षिक क्षेत्रको विकास र रुपान्तरणमा नगरपालिका निरन्तर लागि परिरहेको उल्लेख गर्नुभयो। गलकोट नगर भित्रका कुनैपनि बालबालिका शिक्षाबाट बञ्चित नहुन भन्ने उद्येश्यले नगरपालिकाले गम्भिर भएर कार्य सम्पादन गरिरहेको उहाँले बताउनु भयो । गैरेले भन्नुभयो “विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदा मर्ज गर्नुपर्ने रहर नभई स्थानिय सरकारको बाध्यता हो यसलाई आम नागरिकले सकरात्मक रुपमा…
वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितको छ । बिहीबार राति भएको खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै उपाधि जितेको हो ।निर्धारित समयमा २- २ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
गलकोट नगरपालिकामा ४२ औं मगर दिवस तथा १ सय ४७ औं प्रथम लखन थापा मगर स्मृति दिवस सम्पन्न भएको छ । मगर इतिहास, भाषा, संस्कृति संरक्षण-सम्बर्द्धन मगरहरूको मुल मन्त्र, मगरात, पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मूल नाराका साथ नेपाल मगर संघ गलकोट नगर कार्य समितिको आयोजनामा गलकोट नगरपालिका वडा नं १ चौराहमा ४२ औं मगर दिवस तथा १ सय ४७ औं प्रथम लखन थापा मगर स्मृति दिवस सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कुशुम बुढा मगरले मगर संस्कृति, भाषा र भेषभुषाको संरक्षण गर्नुपर्ने बताउनुभएको थियो ।…
थम्मन थापा (सन्देश)/ गलकाेट वि. सं २०४१ सालमा स्थापना भएको सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका वडा नं ७ मल्म बागलुङको १६ औँ अधिवेशनबाट जीवन साहानी अध्यक्षमा चयन हुनु भएको छ । समितिको उपाध्यक्षमा दिनेश थापा, तुलचन्द्र थापा (खिम), दिनेश थापा जापान, सचिवमा कृष्णा थापा, सह–सचिवमा अमृत थापा र कोषाध्यक्षमा सुवेदार मिन बहादुर थापा चयन हुनुभएको छ । समितिको सदस्यमा भुमिराज थापा, टिका साहानी, सुवेदार गंग बहादुर थापा, सरोज थापा, रुद्र बहादुर थापा, किसानकाजी थापा, देबु साहानी, भरत परियार, बाबुराम थापा र दिपक खड्का रहनुभएको छ । वैकल्पिक सदस्यमा अमृता थापा अधिकारी, शिब बहादुर कार्की र अनुपम थापा रहनुभएको…