घुम्टे खबर

पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा आजदेखि देशका धेरै स्थानमा बदली र वर्षा सुरु हुने भएको छ । शुक्रबारसम्म नेपालको धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा आजदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बिहीबारदेखि शुक्रबार सम्म वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै…

Read More

थम्मन थापा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नै माटोको माया गर्ने जनशक्ती बनाउने शिक्षा आजको आवस्यकता भएको बताएका छन् । गलकोट बहुमुखी क्याम्पसको शैक्षिक विकास र संकाय थप गर्ने लक्षले आइतबारदेखि श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञको शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले भनें, ‘अबका शैक्षिक संस्था र शिक्षकले आफ्नै माटोको माया गर्ने जनशक्ती उत्पादन गर्नुपर्छ ।’ पाण्डेले भौतिक पूर्वाधार निर्माणमा स्थानीय र प्रदेश सरकारले साथ दिने भन्दै नैतिक शिक्षा र राष्ट्रभक्ति सिकाउने काम समाजको भएको बताए । ‘विकास निर्माणमा त सरकारले साथ दिन्छ, तर युवा पलायन रोक्ने काम समाजको हो’ पाण्डेले भनें, ‘उत्पादन, बजार र रोजगारीमा युवा जोडिनुपर्छ ।’ गलकोट बहुमुखी क्याम्पसले क्युएएको…

Read More

गलकोट बहुमुखी क्याम्पसको आयोजनामा भोलीदेखि सञ्चालन हुने श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ २०८० को सम्पुर्ण तयारीहरु पुरा भएको छ । गलकोट बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि संगै भौतिक स्तरोन्नतीको लागि भोलिदेखी १३ गतेसम्म कमलनयन गौतमको प्रमुख वाचकत्वमा श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ २०८० को आयोजना गरीएको छ । भोलीबाट सञ्चालन हुने महायज्ञ भव्य रुपमा सम्पन्न गर्नको लागि महायज्ञ सञ्चालन हुने स्थल गलकोट माद्यमिक विद्यालयको प्राङ्गणमा निर्माण गरिएको मण्डप सजिसजाउ पार्ने, मञ्च निर्माण गर्ने, कार्यक्रम स्थल, गलकोट नगरपालिका ३ हटिया बजारमा ध्वजापटका टाँग्ने, सरसफाई गर्ने, गेटहरु निर्माण गर्ने, कलशहरु सजिसजाउ पार्ने, फुलमाला तयार गर्ने लगायतका कार्यहरु आज सम्पन्न भएको मुल समारोह समितिका संयोजक…

Read More

थम्मन थापा/बागलुङआगामी फागुन ६ गतेदेखि १३ गतेसम्म गलकोट बहुमुखी क्याम्पसमा सञ्चालन हुने श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ सफल बनाउन ताराखोला गाउँपालिकामा भेटघाट तथा अन्तरकृया गरिएको छ । गलकोट बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिसँगै भौतिक स्तरोन्नतीको लागि आयोजना गरिएको श्रीमदभागवत शैक्षिक ज्ञानमहायज्ञ कथा वाचक कमलनयन गौतमको प्रमुख वाचकत्वमा सञ्चालन हुने क्याम्पसले जनाएको छ । महायज्ञ सफल पार्नको लागि मूल समारोह तथा प्रचारप्रसार समितिका पदाधिकारीहरु जिल्लाका दश वटै पालिकामा प्रचार प्रसार, भेटघाट, अन्तरकृया सँगै निमन्त्रणा दिन पुग्ने गरेका छन । शैक्षिक ज्ञान महायज्ञको दिन नजिकिदैं गर्दा आज ताराखोला गाउँपालिकामा भेटघाट तथा अन्तरकृया गरिएको छ । अन्तरकृयामा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोट…

Read More

गलकोट बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि संगै भौतिक स्तरोन्नतीको लागि आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म कमलनयन गौतमको प्रमुख वाचकत्वमा श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ २०८० को आयोजना गरीएको छ । महायज्ञ सफल पार्नको लागि मूल समारोह तथा प्रचारप्रसार समितिका पदाधिकारीहरु अहिले देशका विभिन्न भागहरुमा महायज्ञको प्रचारप्रसार संगै निमन्त्रणा दिनको लागि हिडिराख्नुभएको छ । उक्त ज्ञान महायज्ञ सफल पार्नको लागि महायज्ञ मूल समारोह सफलपार्न आज गलकोट नगरपालिका वडा नम्वर १० को वडा कार्यालयमा भएको कार्यक्रममा संविधानसभा सदस्य निरज पुन, वडा अध्यक्ष भक्तबहादुर काउचा, पाण्डबखानी माध्यमिक विद्यालयका प्रतिनिधि, भुतपुर्व शैनिक संघ प्रतिनिधि, सुचना तथा संचार समिति संयोजक विरबहादुर चोखाल, संघसंस्था, पत्रकार लगायत…

Read More

थम्मन थापा(सन्देश) गलकाेट तत्कालिन विद्रोही नेकपा माओवादीको नेतृत्वमा सुरू भएको जनयुद्धको आज २९ औं जनयुद्व दिवस मनाईएको छ । वि.सं. २०५२ साल फागुन १ गतेदेखि सुरू भएको जनयुद्व २०६२/६३ सालको जनआन्दोलन सँगै अन्त्य भएको थियो । संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको सुरुवात गरेको थियो । २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि जनयुद्वको औपचारिक रूपमा अन्त्य भएको थियो । शान्ति प्रक्रियामा आएपछि पनि माओवादीले फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ । नेकपा माओवादी केन्द्र गलकोट…

Read More

रिघा बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाउन थालिएको छ । करिब १२ वर्ष अगाडि निर्माण सुरु भएर गत वैशाखमा सम्पन्न भएको थियो । सीमित स्रोतसाधनमा निर्मित बुद्ध विहारलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धनका लागि यस वर्ष व्यवस्थित गराउन थालिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखमा रिघा बुद्ध विहारको तला थप्नेसँगै प्रतिक्षालय निर्माण र बगैँचा बनाउन लागिएको हो । आकर्षक शैलीले निर्माण भएको बुद्ध विहारले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न थालेपछि व्यवस्थापनमा जोड दिइएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै रहेको हुँदा धेरै पर्यटक यहाँ पुग्न थालेको…

Read More

मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्समाथि २१४ रनको जित निकाल्दा शतकसहित ३ विकेट लिएकी रुबिनाले प्लेअर अफ दी म्याचको अर्वाड देशलाई समर्पण गरेकी छिन् । टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी रुबिना ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा अविजित रहेकी थिइन् । नेपालले २० ओभरमा ४ विकेट गुमाएर २२७ रन बनाएको थियो । २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्सलाई १३ रनमा अल आउट गर्ने क्रममा रुबिनाले बलिङतर्फ ३.५ ओभरमा २ रन खर्चिएर ३ विकेट लिइन् । माल्दिभ्सलाई २१४ रनको फराकिलो अन्तरले हराउने क्रममा कीर्तिमान प्रदर्शन गरेकी रुबिना म्यान अफ द म्याच भएकी…

Read More

नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो । यसवर्षको नारा ‘रेडियोको एक शताब्दी, जानकारी, मनोरञ्जन र शिक्षा’ रहेको छ । सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । नेपालमा २००३ सालमा काठमाण्डौमा रेडियो नेपालको प्रसारण शुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मङ्सिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन शुरु भएको हो । एफएम प्रसारण भने २०५२ सालदेखि शुरु भएको हो । देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।…

Read More

गलकाेट गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीमा डगाई श्रीस दाजुभाईहरुको भेटघाट सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । बैदेशिक रोजगारीको शिलशिलामा युके जान लाग्नुभएका पाण्डबखानी समाज युकेका प्रतिनिधि कुमार थापा श्रीस लगाएतर सब परिवार र रोजगारीकै शिलसिलामा जापान जान लाग्नुभएका दिपेस श्रीसको सबपरिवारलाई सफल यात्राको शुभकनामा सहति विदाई गरिएको हो । भुगोलले टाढा बनाए पनि जन्मभुमी प्रतीको माया सदैव रहिरहोस भन्दै दुबै परिवारजनमा यात्राको शुभकामना प्रदान गरिएको डगाई श्रीसका प्रतिनिधि देवनारायण श्रीसले जानकारी दिनुभयो ।

Read More