ललितपुर, हरिसिद्धीस्थित क्यान्सर अस्पतालको दोस्रो तलाबाट हाम फालेपछि उपचाररत एक महिलाको निधन भएको छ। अस्पतालको ‘ए’ ब्लकको दोस्रो तलाबाट शनिबार हाम फालेकी ६४ वर्षीया पुनमाया तामाङको उपचारको क्रममा आज बिहान निधन भएको हो। प्रहरीका अनुसार, तामाङ थाइराइडको क्यान्सरको उपचारका लागि साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन्। घटनाको कारण खुल्न नसकेको प्रहरी स्रोतले जनाएको छ।
घुम्टे खबर
गलकोट नगरपालिका वडा नं ३ स्थित वि एण्ड वि चोकमा हिजो साँझ ट्याक्सीको ठक्करबाट दुई जना पैदल यात्री घाइते भएका छन्। ध १ च ९११ नम्बरको ट्याक्सीले सवा ७ बजे ठक्कर दिँदा गलकोट नगरपालिका वडा नं ३ हटियाका ३४ वर्षीय पुष्पा बस्नेत साहनी र २ वर्षीय यरीना साहनी घाइते भएका हुन्। घटनामा ३४ वर्षीय बस्नेतको दायाँ खुट्टा र दायाँ हातमा चोट लागेको छ भने २ वर्षीय यरीना साहनीको दायाँ हातमा चोट लागेको छ। घाइते दुवैजनाको इमरजेन्सी पोलिक्लिनिकमा प्रारम्भिक उपचार पछि पोखरा रिफर गरिएको छ। घटनामा संलग्न ट्याक्सी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ललितपुरबाट दुई जना युवक लागुऔषधसहित पक्राउ परेका छन्। मकवानपुर घर भई नख्खु बस्ने ३० वर्षीय सुजनसिंह ठकुरी र रामेछाप घर भई बल्खु बस्ने ३० वर्षीय बिन्दा तामाङलाई ललितपुर महानगरपालिका-२५ नख्खुबाट प्रहरीले पक्राउ गरेको हो। भैसेपाटिबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १९० नुर्फिन, १९० फेनारन, १९० डाइजपाम, ट्रामाडोल, तथा ६६ वटा प्रयोग भएका र नभएका सिरिन्जहरू बरामद गरेको छ। उनीहरूले प्रयोग गरेको एउटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। प्रहरीको दाबीअनुसार उनीहरू लागुऔषधका प्रयोगकर्ता मात्र नभई बिक्रेतासमेत हुन्।
आज बिहान ३:४७ मा मनाङमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु थोचे भन्ने ठाउँमा मापन गरिएको छ।
ह्युस्टन शहरमा मुना पाण्डेको हत्या प्रकरणले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई स्तब्ध बनाएको छ। यो घटनामा संलग्न भएको आशंकामा प्रहरीले बबि सिंह शाहलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। अदालतले शाहको जमानत अस्वीकार गर्दै उनलाई हिरासतमा राख्ने निर्णय गरेको छ।हत्याको मुख्य प्रमाणका रूपमा प्रहरीले सीसीटीभी फुटेज प्रस्तुत गरेको छ। फुटेजमा शाहलाई शनिबार साँझ ८:४० बजे मुना पाण्डेको अपार्टमेन्टको ढोकामा पुगेको देखिन्छ। उनलाई जुत्ताको बट्टा, सपिङ झोला, कालो ज्याकेट, र पर्ससहित देखिएको छ। शाहले ढोकामा ठकठक गर्दै पाण्डेलाई ढोका खोल्न आग्रह गरेका थिए, र पाण्डेले “तिमी के गर्न लागेको?” भन्ने प्रश्न गरेको फुटेजको अडियोमा सुनिन्छ।जब पाण्डेले ढोका खोलेकी थिइन्, शाहले उनलाई…
पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङमा एक दुःखद घटना घटेको छ, जसमा ग्रिनेड विस्फोट हुँदा एक बालिकाको मृत्यु भएको छ र दुई अन्य बालबालिका गम्भीर घाइते भएका छन्। मृत्यु हुने बालिका २ वर्षीया प्रिन्सा साँवा हुन्।घटना बिहीबार अपराह्न साढे २ बजेतिर घटेको हो, जब तीनजना बालबालिका खेलिरहेको बेला विस्फोटक पदार्थ विष्फोट भयो। स्थानीयहरू घटनास्थलमा पुगेपछि घाइते अवस्थामा बालबालिकाहरूलाई फेला पारे। प्रहरीका अनुसार, घाइते बालिकाहरूमा डाँडागाउँ निवासी ११ वर्षीय दिप्सन साँवा र छिमेकी पवन राई पनि समावेश छन्, जसको क्रमशः फिदिम र बिर्तामोडमा उपचार भइरहेको छ। प्रहरीले घटनास्थलमा फलामको डल्लोजस्तो वस्तु विस्फोट भएको अवस्थमा फेला पारेको छ, जुन ह्याण्डमेड ग्रिनेड भएको अनुमान गरिएको…
बाजुरामा बिहीबार साँझ ७:३४ बजे भूकम्पको झट्का महसुस गरिएको छ। यो भूकम्पको केन्द्रविन्दु छिमेकी जिल्ला बझाङको मष्टा गाउँपालिका रहेको थियो, जहाँ ४.३ म्याग्नेच्युडको कम्पन मापन गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ। बझाङमा केन्द्रित यस भूकम्पको धक्का बाजुराका साथै वरपरका जिल्लाहरूमा पनि महसुस गरिएको छ। स्थानीय बासिन्दा भूकम्पको कारण त्रसित भए तापनि अहिलेसम्म कुनै ठूला क्षतिको विवरण प्राप्त भएको छैन।
गलकोट नगरपालिका–११, रिघामा आज साँझ करिब ४:३० बजे गोठमा आगलागी हुँदा गोठ र मकै जलेर क्षति भएको छ। गोठधनि देवी सुनारको अनुसार बारीबाट मकै सार्ने क्रममा अचानक आगलागी भएको हो। आगलागीको समयमा गोठमा भैंसी रहेको थियो, जसलाई समयमै निकालेर सुरक्षित स्थानमा राखिएको छ, जसले गर्दा मानवीय क्षति टरेको छ। आगलागीले गोठ र मकैमा क्षति पुर्याएको छ। भने स्थानीयहरु ती आगोलाइ नियन्त्रणमा लिएको छ।
भक्तपुर, चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा एक दुर्भाग्यपूर्ण घटना भएको छ जहाँ एक व्यक्तिको आफ्नै घरको छतबाट लडेर मृत्यु भएको छ। मृतक ६० वर्षीय विष्णु वैद्य हुन्, जो बुधबार साँझ करिब ५:४५ बजे आफ्नो साढे तीन तले घरको छतबाट खसेका थिए। धानखेतमा खस्दा गम्भीर घाइते भएका उनलाई तत्काल भक्तपुर अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई साँझ ६ बजे मृत घोषणा गरे।घटनापछि वैद्यको शवलाई काठमाडौं मेडिकल कलेज, दुवाकोटमा पोस्टमार्टमका लागि लगिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीले जानकारी दिए ।
नेपाललाई आश्चर्यचकित पार्दै बंगलादेशले ऐतिहासिक रुपमा साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ। काठमाडौंको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित फाइनल खेलमा बंगलादेशले घरेलु टोली नेपाललाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै आफ्नो पहिलो उपाधि उचाल्न सफल भयो।पहिलो हाफको इन्जुरी टाइममा बंगलादेशले मिराजुल इस्लामको उत्कृष्ट फ्रिकिक गोलमार्फत अग्रता लिएको थियो। दोस्रो हाफमा नेपालले खेलमा फर्कने प्रयास गरिरहेको बेला, मिराजुलले ५५ औं मिनेटमा दोस्रो गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाए। खेलको ७१ औं मिनेटमा रवि हुसेनले बंगलादेशको तेस्रो गोल गरे, जसले नेपालको सम्भावनालाई लगभग समाप्त गरिदियो। नेपालका लागि समिर तामाङले ८१ औं मिनेटमा सान्त्वना गोल गरेका थिए। तर, इन्जुरी टाइमको छैटौं मिनेटमा बंगलादेशका पीएस…