घुम्टे खबर

पोखरा ।पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै नदिने ज्यान मार्ने धम्की दिने २ जना पक्राउ परेका छन् । पर्वतको कुश्मा नगरपालिका घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्रीलाई कास्की प्रहरीले पक्राउ गरेको हो । बुधबार साँझ पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । उनीहरुले पोखरा महानगरपालिका १६ लामाचौरका प्रकाशदीप गैरेलाई माघ १८ गतेदेखि फोन तथा म्यासेजमार्फत् धम्क्याएको आरोप छ । उनीहरुले हिन्दी भाषामा गैरेसँग फिरौती माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएको जिल्ला प्रहरी कार्याल्य कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए । गैरे पोखरा १६ दीपमा रहेको सच्चाई सेवा केन्द्रका अध्यक्ष हुन्…

Read More

पोखरा ।खानेपानी, विद्युत तथा टेलिकमका तार भुमिगत गर्न भनेर पोखरा मुख्य चोकमा सडक खन्ने काम भइरहेको छ । विकास निर्माणका परियोजनाको काम समयमै सम्पन्न नहुँदा यातायात क्षेत्रमा प्रभाव पर्नुका साथै सर्वसाधरणलाई पनि समस्या परेको छ । महानगरका मुख्य बजार क्षेत्रका सडक भत्काएर क्षतविक्षत भएर अस्तव्यस्त छन् । सडक खनेर माटो, निर्माण सामग्रीले आवतजावतमा कठिनाइ हुँदा पोखरेली आक्रोशित भएका छन् । अमरसिंह-कुँडहरअमरसिंह कुँडहरमा रहेको विद्युत अफिसदेखि पृथ्वीचोक सम्म विद्युत तार भूमिगत गर्ने कार्य चलिरहेको छ । अस्तव्यस्त निर्माण कार्यले सर्वसाधारण, व्यवसायी समस्यामा परेका छन् । शहरको स्तरोन्तिका लागि भत्काइएका सडक समयमै निर्माण नहुँदा धुलो र खाल्डाखल्डीले दिक्दार बनाएको रमेश शिल्पकारले सुनाए…

Read More

मंगलबार गलकोटमा मृत अवस्थामा फेला परेका युवाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गलकोट नगरपालिका वडा नम्वर ९ वडागाउँका २४ वर्षीय नविन गौतम (नविन जैसी) माघ २३ गते मध्यपहाडी लोकमार्गको नालीमा मृत अवस्थामा फेला परेका थिए । उहाँको हत्या आरोपमा गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर १ स्थायी घर भई हाल गलकोटको एक रेष्टुरेण्टमा काम गर्दै आईरहेका २५ वर्षीय राजु भन्ने तेजेन्द्र महतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिनुभयो ।मादक पदार्थ सेवन गरी एकआपसमा झगडा हुँदा जैसीलाई भिरबाट धकेलेको प्रारम्भिक अनुसन्धानमा खुलेको उहाँले बताउनुभयो । निज आरोपी…

Read More

बागलुङ यस वर्ष बागलुङमा आठ वटा ठूला सडक आयोजना स्तरोन्नति हुन थालेका छन् । सङ्घीय सरकारअन्तर्गतका आयोजना सडक डिभिजन कार्यालय बागलुङमार्फत स्तरोन्नति हुन थालेका हुन् । ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गतका दुई वटासहित अन्य ठूला छ सडक स्तरोन्नति गर्न थालिएको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इञ्जिनियर अमर अधिकारीले जानकारी दिए। उनका अनुसार ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत क्षेत्र नं १ को बागलुङ–सिगाना–बरेङ–शान्तिपुर र क्षेत्र नं २ अन्तर्गत मल्म–पाण्डवखानी–रणसिंहकिटेनी हुँदै प्यूठान जोड्ने सडक स्तरोन्नति गर्न लागिएको हो । जिल्लामा ठूला सडक मानिने बागलु–बेनी सडक, पाखुट्टे–झिम्पा–निसी सडक, सहिद मार्ग, डोठे ताल हुँदै भकुण्डे रायडाँडा हुँदै जैमिनी जोड्ने…

Read More

मालढुंगा कटेसी घुम्ती घुम्ती रोडआहा क्या राम्रो बाग्लुङ पञ्चकोट,बाग्लुङ नगरपालिका– ६ मा रहेको गन्तव्य बाग्लुङ पञ्चकोट आन्तरिक पर्यटक माझ प्रख्यात बनिरहेको छ। बाग्लुङ बजारदेखि ८ किलोमिटर उकालो चढेर पञ्चकोट पुग्न सकिन्छ । गुरुडसँगै बनेको मूर्ती र गण्डकी माताको मन्दिर यहाँको मुख्य आकर्षण हो । हनुमानको मुर्ती, कलश, सिसमहल, कलात्मक शैलीमा बनेको विभिन्न मन्दिर र ध्यान गुफाले पनि पर्यटक लोभ्याउँछ । २०७१ सालदेखि निर्माण सुरू भएको पञ्चकोटले धार्मिक मात्रै नभएर प्रकृतिसँग रम्न चाहाने पर्यटकलाई लोभ्याउँदैछ। बाग्लुङ, पर्वत, म्याग्दीसँगै कास्की, स्याङ्जा र चितवनका पर्यटक बढी पुग्ने गरेका छन् । यहाँबाट धौलागिरी, निलगिरी लगायत दर्जन हिमाल देख्न सकिन्छ । कालिगण्डकी माता र बाग्लुङ,…

Read More

गलकाेट गलकोट नगरपालिका वडा नम्वर ९ बडागाउँमा युवकको शव फेला परेको छ । गलकोट नगरपालिका वडा नम्वर ९ का २४ वर्षिय नविन गौतमको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । मृतक गौतम हिड्ने क्रममा चिप्लियर घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । बुधवार बिहानै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरीको टोली घटना स्थलमा पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

बागलुङ नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि २१औँ वर्षमा प्रवेश गरेको छ । विसं २०६० साल माघ २२ गते स्थापना भएको कम्पनीले आज विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ । टेलिकमले मोबाइल टेलिफोन सेवा, जीएसएम, जीपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित–लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस सेवाहरू उपलब्ध गराएको छ । गएको मंसिर मसान्तसम्म देशभरका २ करोड १८ लाख ४४ हजार ५ सयभन्दा बढीले भ्वाइस सेवा तथा २ करोड १५ लाख ४४ हजार ३ सयभन्दा बढीले इन्टरनेट सेवा लिइरहेका कम्पनीले जनाएको छ । देशका दुर्गम तथा विकट ठाउँमा दुरसञ्चारको सेवा विस्तारका…

Read More

गलकाेट सहकारी बन्द गरेर ९ महिनादेखि सम्पर्कविहीन रहेका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका संस्थापक अध्यक्ष देव कुमार नेपालीले आफुहरुसंग भएको सम्पूर्ण सम्पत्ती पीडितहरुलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनु भएको छ । नेपालीले माघ १९ गतेको मितिमा एक अपिल सार्वजनिक गर्दै आफु र आफ्नो श्रीमतिका नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ती सहकारीको नाममा गरिदिने प्रतिवद्धता जनाउनु भएको हो । सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्न नसकेपछि ०८० जेठ ५ गतेदेखि सम्पर्क विहिन भएका नेपालीले यस भन्दा पहिला मंसिर ५ गते सामाजिक सञ्जालमार्फत पीडितहरुको बचत फिर्ता गर्न आफु छिटै सार्वजनिक हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । नेपाली सहित इमेज सहकारीका…

Read More

गलकाेट मालपोत कार्यालय बुर्तिबाङका प्रमुख शोभाकान्त पौडेल कार्यालय समयमा मदिराले मातिएको अवस्थामा फेला पर्नु भएको छ । दुई दिनदेखि कार्यालयमा उपस्थित नभएका पौडेल सरकारी निवासमै मदिराले मातिएको अवस्थामा फेला पर्नु भएको हो । सोमबार कार्यालय भएकै घरमा बस्दै आउनु भएका पौडेल कार्यालयमा नआएपछि सेवाग्राही निवासमै पुग्दा मदिराले लठ्ठिएको अवस्थामा सेवाग्राहीले फेला पारेका हुन् ।निसीखोला गाउँपालिका– १ देविस्थाबाट सेवा लिन आउनु भएका धिरेन्द्र मल्लले आफ्नो सबै काम आइतबारनै सकिएको तर प्रमुख पौडेलको हस्ताक्षर नहुँदा सोमबारसम्म कुर्नु परेको बताउनुभयो । विहानैदेखि कार्यालयमा आएर कुर्दा पनि पौडेल नआएपछि धेरै सेवाग्राहीले सास्ती खेप्नु परेको उहाँले सुनाउनुभयो । तमानखोला गाउँपालिका–३ तमान गाउँबाट सेवा लिन आउनु…

Read More

गलकोट बहुमुखी क्याम्पसको आयोजनामा आज पत्रकार सम्मेलन गरिएको छ । क्याम्पसले आगामी फागुन ६ गतेदेखी १३ गतेसम्म आयोजना गर्न लागेको श्रीमद्भागवत् शैक्षिक ज्ञान महायज्ञको जानकारी दिन पत्रकार सम्मेलन गरिएको क्याम्पसले जनाएको छ । कार्यक्रममा गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुकुन्द सिंह भण्डारीले गलकोट बहुमुखी क्याम्पस गलकोट क्षेत्रको एकमात्र उच्च शैक्षिक संस्था भएको र गलकोटको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउदै आएको बताउनुभएको छ । उहाँले गलकोट बहुमुखी क्याम्पसलाई गण्डकी प्रदेशकै नमुना क्याम्पस बनाउने उद्देश्यले शैक्षिक ज्ञान महायज्ञ सञ्चालन गर्न लागेको बताउनुभएको थियो । भण्डारीले पत्रकारहरुलाई शैक्षिक ज्ञान महायज्ञ सञ्चालन गर्नुपर्ने कारण, उद्देश्य लगायतका विषयमा जानकारी गराउनुभएको थियो । सो अवसरमा उपस्थित…

Read More