भरतपुरका केही युवाहरूले महिलाहरूको स्वास्थ्य र स्वच्छताको सुधार गर्न ‘सहयोगी हात’ नामक सेनिटरी प्याड भेन्डिङ मेसिनको निर्माण गरेका छन्। यो परियोजना भरतपुर, चितवनमा यसै वर्ष सुरु भएको हो, जसको नेतृत्व स्थानीय युवाहरूको एक टोलीले गरेको छ। टोलीले आफ्नो प्राविधिक ज्ञान र सामाजिक जागरूकताको प्रयोग गरेर यो मेसिन विकास गरेका छन्। ‘सहयोगी हात’ भेन्डिङ मेसिनले महिलाहरूलाई महिनावारीको समयमा सजिलै र गोप्य रूपमा सेनिटरी प्याड उपलब्ध गराउन मद्दत गर्छ। यो मेसिनलाई भरतपुरका विभिन्न विद्यालय, कलेज, र सार्वजनिक स्थानहरूमा राख्ने योजना छ, जसले महिलाहरूलाई महिनावारीको समयमा सुरक्षित र स्वच्छ सेनिटरी प्याडको पहुँच सुनिश्चित गर्नेछ। युवाहरूले स्थानीय स्तरमा सजिलै उपलब्ध हुने सामग्री प्रयोग गरी…
घुम्टे खबर
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो । जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए । उक्त जहाज पोखरा बिमानस्थलमा मर्मतका लागि उडेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले बताए ।दुर्घटनाको विस्तृत विवरण आएको छैन ।
महिला भलिवल समुहद्धारा गलकोट नगरपालिकालाई ट्रफि हस्तान्तरण गरिएको छ । साउने युवा क्लव ताराखोलाले आयोजना गरेको साउने संक्रान्ति मेलामा महिला भलिवल प्रतियोगिता अन्तर्गत गलकोट नगरपालिकाको प्रतिनिधित्व गर्दै प्रथम भएका महिला समुहले आज गलकोट नगरपालिकालाई ट्रफि हस्तान्तरण गरेका हुन् । कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले प्रथम हुने महिला समुहलाई बधाई दिदै गलकोट नगरपालिकाले खेलकुदको क्षेत्रमा उल्लेखनिय कार्य गर्ने बताउनुभएको थियो । उहाँले खेलकुदको माध्यमबाट गलकोट नगरपालिकालाई विभिन्न ठाउँमा चिनाउन मद्दत गरेको बताउदै भोलिका दिनमा पनि खेलकुदको माध्यमबाट अगाडि बढ्नका लागि आग्रह गर्नुभएको थियो । सो अवसरमा गलकोट नगरपालिकाको प्रतिनिधित्व गर्ने भलिवल महिला समुहलाई सम्मान गरिएको थियो । त्यस्तै गलकोट…
घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले साधारणसभा संगै अधिवेशन गर्ने तयारीमा रहेकाे छ।गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले यहि साउन १२ गते शनिबार १५ औं साधारणसभा तथा चाैंठाै अधिवेशन गर्ने तयारीमा रहेकाे क्लबका सचिव दिप घर्तिले जानकारी गराउनु भयाे। साथै साेहि दिन सबैजना सहभागी हुन समेत घर्तिले अनुरोध गर्नु भएको छ। त्यस्तै पाण्डबखानी सुनपानीमा रहेकाे सुनपानी आमा समूहलाइ इन्डियन आर्मीका Jco सुवेदार जीवन भित्रकाेटिले १० हजार बराबरको भिआइवि टेनसेट हस्तान्तरण गरेका छन् ।
नेपाल प्रहरीका एकजना एसएसपीको अंतरङ्ग भिडिओ भाइरल भएको छ। हाल पोखरास्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा हाकिम रहेका एसएसपी दिपक रेग्मीको भिडिओ सोसल मिडियामा भाइरल भैरहेको हो। एसएसपी रेग्मीले बागलुङमा लगाएको पिरती पोखरा पुगेपछि छताछुल्ल भएको भएको हो । महेन्द्रनगरपोष्टलाई प्राप्त भिडिओमा उनले नाजायज सम्बन्ध रहेकी गर्लफ्रेन्डसँग अश्लील बातचित गरेको देखिन्छ। स्रोतका अनुसार भिडिओ सो कुराकानी रेग्मी बागलुङबाट सरुवा भएर पोखरा हिँड्ने अघिल्लो दिन राति भएको थियो। सो भिडिओमा महिलालाई ती एसएसपी रेग्मीले ‘भाग्यमानी छु भन न’ भनेर भन्दा केटीले, ‘अरुलाई थाहा नभए नि हामी दुईलाई थाहा छ। बिहे गरेर हुने भनेको पनि त्यही नै हो।’ भनेकी छन्।महिलाले चाहिँ संवादको क्रममा…
हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ । साउन महिना भगवान् शिवको पूजा गरेर पनि मनाइन्छ । महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन् र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन् । साउन महिनाभर देशभरका शिवालय…
गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका थिए ।पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो ।प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो । बाइडेनले गरे निन्दा राष्ट्रपति जो बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका छन् । ट्रम्पमाथि गोली चलेको समय बाइडेन डेलाभेयरमा थिए । चर्चबाट बाहिरिने क्रममा मिडियाकर्मीलाई प्रतिक्रिया दिँदै बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका हुन् । सबै अमेरिकीलाई…
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशहरुमा आंशिकदेखि मुख्यतया सफा रही एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी…
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असमर्थ भएका छन्। प्रतिनिधिसभाबाट विश्वास गुमाएकाले प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन्। सत्तासाझेदार दल एमालेले कांग्रेससँग नयाँ सत्तागठबन्धनका निम्ति सरकार छाडेर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आजको प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका थिए। प्रधानमन्त्रीको प्रस्तावमाथि भएको मतदानमा उनको पक्षमा ६३ मत पर्यो भने विपक्षमा १९४ सांसदले मतदान गरे। एक सांसद तटस्थ रहे । बैठकमा दुई सय ५८ सांसद उपस्थित थिए।प्रधानमन्त्रीको पक्षमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्रपार्टी र एकीकृत समाजवादीका सांसदले मतदान गरे । कांग्रेस, एमाले, राप्रपा, जसपा नेपाल, जसपालगायतका दलका सांसदले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मत जाहेर गरे। संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचनबाट तेस्रो दल बनेको…