घुम्टे खबर

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस जन्मदिनदेखि नै लोकतन्त्रका लागि लडेकाले अर्ति उपदेश दिनु नपर्ने बताएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको प्रस्तावमाथि छलफलमा सहभागी हुँदै लेखकले यस्तो बताएका हुन्। ‘नेपाली कांग्रेस जीवनको जन्मदिनदेखि आजसम्म लोकतन्त्रका लागि लडेको पार्टी हो। लोकतान्त्रिक इतिहासमा बडे बडे लोकतन्त्रविरोधीलाई ल्याएको इतिहास बनाएको पार्टी हो,’ उनले भने, ‘कल्पना र अनुमानका भाष्य निर्माण गर्ने काम बन्द गर्नुपर्छ। यो संविधान हामीले ल्याएको हो। यसको रक्षा गर्छौँ। यसका लागि अर्ति उपदेश आवश्यक छैन।’ यसअघि बोलेका प्रधानमन्त्री दाहालले कांग्रेस एमालेको सहमति पश्चगमनतिर गएको आरोप लगाएका थिए। त्यसको प्रतिवाद गर्दै लेखकले यस्तो बताएका हुन्। संविधान संशोधन गर्ने कुरा दुई दलले…

Read More

नेकपा एमालेका नेता योगेश भट्टराईले लामो समयपछि प्रतिपक्षीमा बसेर आत्मसमिक्षा गर्ने मौका माओवादीलाई प्राप्त हुन लागेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा भट्टराईले लामो समय सत्तामा बसेका कारण माओवादीले आफ्नो मूल उदेश्य बिर्सिएको हुन सक्ने कटाक्ष गर्दै अव प्रतिपक्षीमा बसेर आत्मसमिक्षा गर्ने मौका प्राप्त हुने बताउनुभयो ।उहाले सरकारबाट हट्नुको पिडा प्रचण्डले सदनमा देखाएको आरोप लगाउनुभयो । सदनमा प्रधानमन्त्रीले गलत तथ्याङ्क प्रस्तुत गरेको भन्दै उहाले सदनले पछिसम्म पनि यसको जवाफ खोजी रहने तर्क गर्नुभयो । उहाले देशले निकास र अग्रगमन खोजेकाले कांग्रेस र एमाले एक ठाउँमा आइपुगेको दाबी गर्नुभयो ।आफूलाई अनुकुल हुँदा एउटा र प्रतिकूल हुँदा अर्को व्याख्या नगर्न सुझाव दिदै…

Read More

बागलुङ–पोखरा सडक अबरुद्ध पहिरोले मध्यपहाडी लोकमार्गको  अबरुद्ध भएको छ । कुश्मा नगरपालिका वडा नम्बर २ स्थित नयाँ पुलमा गएको पहिरोले लोकमार्ग अबरुद्ध भएको हो । बुधबार साँझदेखि परेको भीषण  बर्षाका कारण सहर्षधारामा पनि पहिराेले बाटाे अवरूद्ध भएकाे छ । अहिले पहिरो खुलाउने प्रयास भएको मालढुङ्गा प्रहरी चौकीले जनाएको छ । नयाँ पुलमा गएको पहिरोले पहिरोले कालीगण्डकी रिभर रेष्टुरेन्ट पुरिएको छ । कालीगण्डकी किनारमा रहेको उक्त रेष्टुरेन्ट पुरिएको हो । खुर्कोट क्षेत्रबाट ठुलो भेलसंगै आएको लेदोले अहिले रेष्टुरेन्ट वरपरको क्षेत्र पुरिएको छ ।

Read More

वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका- ७ तितौरेमा गए राति पहिरोले घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । शर्मा घरमा एक्लै बस्दै आएको बागलुङ- ७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

Read More

अविरल वर्षाका कारण सडक माथिबाट आएको लेदो सहितको पहिरो खस्दा मध्यपहाडी लोकमार्ग बागलुङ खण्ड अवरोध भएको छ । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटी झाँक्रीस्थानमा सडक माथिदेखि पहिरो खस्दा अवरुद्ध भएको हो । सडकमा लेदोसहितको पहिरो आउँदा गए रातीदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहारी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक विजय यादवले जानकारी दिए । पहिरो हटाएर सडक खुलाउने प्रयास गरिए पनि केही समय लाग्ने उनले बताए । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङसहित पूर्वी रुकुम, पश्चिम रुकुम र जाजरकोटदेखि पोखरा काठमाडौँ जाने यातायातका साधन ठप्प भएका छन । पहिरोकै कारण काठामाडौँदेखि आएका रात्री बससमेत रोकिदा यात्रु अलपत्र परेको…

Read More

नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने भएको छ । विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुने टेलिकमले जनाएको छ । तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ ।

Read More

गौदी खोलाले मानिस बगाएको छ । प्रत्यक्षदर्शी हेमराज गैरेका अनुसार गलकोट नगरपालिकावडा नम्वर २ नरेठांटीको झुलुङ्गे पुलमुनी मानिस बगिरहेको देखिएको थियो । गलकोट नगरपालिका वडा नम्वर १ को दुदिलाभाटीबाट मानिसलाई बगाएको भन्ने प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । केही समय पुल मुनि देखिएको र त्यसपछि तल तिर बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले गलकोट नगरपालिका ८ को पचुवादेखि तल दरमखोलामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । नरेठांटीबाट बगाएको देखेपछि पछि पचुवामा देखिएको स्थानियको भनाई अनुसार खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ । कसलाई बगाएको हो  यकिन भएको छैन । अहिले खोजी तथा उद्धारकालागि प्रहरी, स्थानिय लगायतका सरोकारवालाहरु…

Read More

गलकाेट नगरपालिका १० पाण्डबखानीमा एभरेस्ट बैंकमा खाता भएका जनकल्याणकारी भुतपुर्व शैनिक संघ (भारतीय) पेन्सनरलाइ घुम्टे मनी ट्रान्सफर गलकाेटद्धारा ४३ जना पेन्सनरलहरुलाइ ३५ लाख १० हजार वितरण गरिएको एभरेस्ट बैंककी प्रधिनिति मिना श्रेष्ठले जानकारी गराउनु भयाे। त्यस्तै जनकल्याणकारी भुतपुर्व शैनिक पाण्डबखानीका प्रधिनिति हं गंगाबहादुर घर्ती पुनले निरन्तर वर्षाकाे भावजुटपनि पाण्डबखानीमै आएर रकम बुझ्न पाउँदा हामी अत्यन्तै खुसि भएको भन्दै एभरेस्ट बैकलाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियाे।जनकल्याणकारी भुतपुर्व शैनिक पाण्डबखानीकाे आयाेजना र एभरेस्ट बैंक गलकाेटकाे सहयोगमा वितरण भएको थियाे।

Read More

जल तथा मौसम विज्ञान विभागले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ । मनसुन सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्ला उच्च जोखिममा रहेको संकेत स्वरुप विभागले ‘रेड जोन’मा राखेको हो । यसअघि विभागले असार १७ गतेदेखि २० गतेसम्मको अवधिमा ३४ जिल्लामा रेड अलर्ट जारी गरेको थियो । ‘रेड जोन’मा परेका जिल्लाहरुमा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपारी पूर्व र मुस्ताङ छन् । यसैगरी लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पुर्व पनि रेड जोनमा परेका छन् ।कर्णाली प्रदेशका जाजरकोट,…

Read More

गलकाेट नगरपालिका १० पाण्डबखानीमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ।गलकाेट नगरपालिका १० काे वडा कार्यालय, घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च, घुम्टे खबर डटकम, सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि. र नेपाली काग्रे गाउँ कार्य समितिले संयुक्तरुपमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेकाे छ ।सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष तथा वर्तमान अध्यक्ष, नेपाली काग्रेस क्षेत्रीय प्रधिनिति, तथा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका पुर्व सचिव ज्ञानबहादुर श्रीसका बुवा थमबहादुर श्रीसकाे ७१ वर्षकाे उमेरमा यहि असार १६ गते असामायिक निधन भएको थियाे।उहाँको निधनप्रति गहिराे समवेदना प्रर्कट गर्दै वडा अध्यक्ष भक्त बहादुर काउचाले उहाँको याेग्दान सम्झिदै समग्र सिंगाे…

Read More