घुम्टे खबर

पाण्डवखानी।बाल संरक्षण मञ्चको आयोजनामा रिघामा भलिबल प्रतियोगिता तथा रेर्कड डान्स प्रतियोगिता हुने भएको छ । ‘युवाहरुको एकता, कला र संस्कृतिको संरक्षण गर्ने हाम्रो प्रतिवद्धता’ नारा सहित कात्तिक १५ गतेदेखि १९ गतेसम्म कार्यक्रम हुन लागेको हो । मञ्चको २३ औं वार्षिकउत्सवको अवसरमा कार्यक्रम आयोजना गरिएको मञ्चका अध्यक्ष सञ्जय श्रीसले जानकारी दिए । उनका अनुसार पुरुष भलिबलको प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्धितिय पुरस्कार ३३ हजार ३ सय ३३ मेडल र प्रमाणपत्र रहेको छ । महिला भलिबलमा विजेता हुनेले २२ हजार, दोस्रो हुनेले १२ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।नृत्य प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ६ हजार…

Read More

गुल्मी : जंगली च्याउ खाँदा गुल्मीमा तीनजना बिरामी परेका छन्। कार्तिक १३ गते बिहान जंगल भेटिएको बिषालु च्याउ खाना पकाएर खाँदा इस्मा गाउँपालिका-६ अमरपुर बुल्मका तीनजना बिरामी परेका हुन् । बिरामी पर्नेमा इस्मा गाउँपालिका-६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय बिमल कुमाल र आठ वर्षीय सुस्मा कुमाल जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।जंगली च्याउ खाई बिरामी भएका उनीहरु तिनै जनाको उपचार मिसन अस्पताल पाल्पा भइरहेको छ। उनीहरुले कार्तिक १३ गते बिहान खानामा जंगली च्याउ खाएका थिए। उपचाररत तीनैजनाको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं ।नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको संगठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले संगठन विभागका सचिव माधवप्रसाद ढुंगेलले जानकारी दिए । एमालेले भर्खरैमात्रै सात प्रदेश कमिटीको अधिवेशन गरेको छ । पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको उनले बताए । पार्टीका जनसंगठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामी मंसिर र वडा कमिटीको अधिवेशन चैत मसान्तभित्र आयोजना गर्ने निर्णय गरेको उनले सुनाए । पार्टीले वडा कमिटीको अधिवेशनसँगै पुनः फागुन र चैतमा पार्टी सदस्यता नवीकरण अभियान…

Read More

नेपाली कांग्रेसका केन्द्रीय सह—महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले नेपाली कांग्रेस पार्टीलाई जनताप्रति जवाफदेहि र बलियो राजनैतिक शक्तिको रुपमा विकास गर्न सम्पूर्ण कांग्रेसका सदस्यहरुले एकआपसमा एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बागलुङ जिल्ला क्षेत्र नम्वर २ प्रदेश क का प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश विकास र संविधानको रक्षाका लागि लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेस सधैँ बलियो बन्नुपर्ने बताउनुभएको थियो । त्यस्तै उपाध्यायले सम्पुर्ण अधिकारहरु संघियता अनुरुप स्थानिय तहमै रहेकोले विकासको लागि जनप्रतिनिधीहरु खटिनुपर्नेमा समेत जोड दिनुभएको थियो । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस बागलुङ जिल्ला क्षेत्र नम्वर २ प्रदेश क…

Read More

पोखरा । पोखरामा रगत अभाव देखिएका कारण पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ । सोमबार बिहान भएको उक्त रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन बहादुर थापाले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वस्फुर्त सहभागिता प्रति आभार व्यक्त गरेका थिए । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यप्रति कास्की प्रहरी सदैव जनताको साथमै रहेको उनको भनाई थियो । प्रहरी जनताकै सेवाको लागि रहेको हुँदा जनताको सुरक्षाको साथै जनसेवाका कार्यमा कहिल्यै पछि नहट्ने कास्की प्रहरी प्रमुख थापाले प्रतिवद्धता जनाए । पोखरामा अहिले विरामीको अपरेसन र रगत…

Read More

तनहुँ ।तनहुँमा अरिंगालले चिलेर एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । भानु नगरपालिका– ७ रम्गाटार स्थित जंगलमा आइतबार राती ११ः५५ अरिंगाल पोल्ने क्रममा घाइते भएका भानु नगरपालिका– ४ फला खेत बस्ने वर्ष ३२ को राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँ बस्ने वर्ष २४ को धनबहादुर तामाङ गम्भिर घाइते भएका छन् । निजहरू दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रे तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागी चितवन मेडिकल कलेजमा चितवनमा पठाएकोमा घाइते मध्ये राजकुमारको सोमबार बिहान ४ः२० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी…

Read More

तनहुँ ।दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास १० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । ‘दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस/चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्‍यो’, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, ‘त्यही ऋण तिर्न यता आएको हुँ । आइतबार बिहानैबाट सुन खोज्ने काम गर्नुपर्ला ।’ ५५ वर्षीया श्रीमती गौमाया, ३५ वर्षीय छोरा रामबहादुर, छोरी ज्वाइँ ४५ वर्षीय कमल बोटे र ४० वर्षीया अनिता बोटे गरी ५जना भएर सुन खोज्न हिँडेको हर्कबहादुरले सुनाए । मादी किनारामा पर्ने कोमलटारीमा करिब ४० घर बोटेको बसोबास…

Read More

पाण्डवखानी ।दसैंको अवसरमा कालिका स्पोर्ट युथ क्लबको आयोजनामा सुनपानीमा भलिबल प्रतियोगिता हुने भएको छ । कात्तिक १ गतेदेखि क्लबको २२ औं वार्षिकउत्सव तथा भलिबल प्रतियोगिता सुरु हुने भएको हो । कार्यक्रममा पुरुष भलिबल, महिला भलिबल, ब्याडमिन्टन, पुरुष रस्साकस्सी, घैंटोफोड र नृत्य प्रतियोगिता समावेश गरिएको क्लबका अध्यक्ष दलबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार पुरुष भलिबलको प्रथम पुरस्कार ३५ हजार ५ सय ५५, द्धितिय पुरस्कार २० हजार २ सय २५ मेडल र प्रमाणपत्र रहेको छ । महिला भलिबलमा पहिलो हुनेले २० हजार, दोस्रो हुनेले १२ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ब्याडमिन्टन प्रतियोगिताको प्रथम पुरस्कार ४ हजार, द्धितिय पुरस्कार २…

Read More

बागलुङ । जिल्लाकाे गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्वर ३ हटिया लोकतन्त्र चोकमा रहेको गलकोट ग्रिल उद्योगमा कार्यरत एक पुरुषको मृत्यु भएको हो । करेन्ट लागेर सुर्खेत गुरुवाकोट नगरपालिका वडा नम्वर ६ हाल हटियाको लोकतन्त्र चोकको गलकोट ग्रिल उद्योगमा कार्यरत ४४ वर्षिय प्रेम बहादुर कामीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । आज मध्यान्न १२ बजेको समयमा काम गर्ने क्रममा कामीलाई करेन्ट लागेको थियो । कामीको ईमर्जेन्सी पोलिक्लिनिकमा उपचारको क्रममा दिउँसो करिव साढे १ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । कामीको शवलाई अहिले पोष्टमार्टमको लागि…

Read More

भारतीय भूपू सैनिकहरुको लोभ लाग्दो सामाजिक कर्म, समयको पालना, भुपूहरु बिच एकता, सदभाव, सामाजिक कार्यमा रहेको सकृयता अनि संस्थाका आगामी योजनाहरु लगायत विविध विषयमा भारतीय भूपू सैनिक संघ गलकोट नगर समितिका अध्यक्ष हिरा बहादुर राना घर्ती सँग सहकर्मी साथी थम्मन थापाले गरेको विशेष कुराकानी

Read More