पोखरा ।नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा केन्द्र पोखराले विना जानकारी हङकङ बजारको विद्युत लाइन काट्दा व्यवसायी मारमा परेका छन् । १८ गते प्राधिकरणले लाइन काटेपछि एक हप्तादेखि ४०० जना व्यवसायी समस्यामा परेका हुन् । विना जानकारी विद्युतको लाइन काट्दा व्यवसायमा ठुलो आघात परेको व्यवसायी जीवन पौडेलले बताए । अत्याश्वक कुरा भित्र पर्ने बिजुली जग्गा विवादको बहाना देखाउँदै प्रक्रिया पुगेको छैन भन्दै प्राधिकरणले झुलाइरहेको पौडेलले आरोप लगाए । ‘अत्यावश्यक कुरा पनि जानकारी वेगर काटियो, हाम्रो अधिकार हनन भएको छ, हामी माथि अन्याय भएको छ,’ उनले भने ‘चाडवाडको मुखमा छाक टार्न पनि धौधौ परिरहेको छ, दिउँसै मैनबत्ति र मोबाइलको लाइट…
घुम्टे खबर
निसीखोला गाउँपालिका अध्यक्ष लागुऔषध गाजा मुद्वामा दोषी ठहर हुनुभएको छ । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध गाँजाचरेस (लागूऔषध नियन्त्रण ऐन, २०२३) अन्तर्गत ३ तीन वर्ष छ महिना कैद फैसला भएको छ । गाउँपालिका अध्यक्ष घर्ती जिल्ला अदालत बागलुङको २०७९ पुस ३ गतेको फैसला चित्त नबुझेर ०८० जेठ ३ गते उच्च अदालत पोखरा, बागलुङ इजलाशमा पुनरावेदन गर्नुभएको थियो ।उच्च अदालत पोखरा, बागलुङ इजलाशको आइतबारको फैसलाले जिल्ला अदालत बागलुङकै फैसलालाई सदर गर्दै गाउँपालिका अध्यक्ष घर्तीलाई कैदसँगै ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले जानकारी दिनुभयो । हाल गाउँपालिका अध्यक्ष रहेका रहेका घर्ती निसीखोला ६ को वडाध्यक्ष हुँदा २०७७…
आज मिति २०८० साल असोज २२ गते सोमवार, आश्विन कृष्णपक्षको दशमी तिथि । अंग्रेजी पात्रो अनुसार ९ अक्टोबर सन् २०२३, नेपाल संवत् ११४३ । आज विश्व हुलाक दिवस । आज सूर्योदय बिहान ६ बजेर १ मिनेट जाँदा भएको छ भने सुर्यास्त साँझ ५ बजेर ४३ मिनेट जाँदा हुनेछ । मेष Aries स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन । वृष Taurus श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाईमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ । मिथुन Gemini सामाजिक क्षेत्रमा नेतृत्व हातलागी…
बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित हुनुहुन्छ । अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उहाँ निराश हुनुहुन्छ । नजिकिएको दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दसैँको मुखमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ । केही गन्तव्यको टिकट त महिनादिनअघि नै बुकिङ सकिएको छ । अहिले कतिपय सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ । चाडपर्वमा यात्रुले महङ्गो भाडा तिरेर पनि हवाई टिकट पाउन सास्ती छ । गत वर्षको दसैँमा रु १७ हजार छ सय हवाई भाडा तिरेर काठमाडौँदेखि धनगढी हुँदै बझाङ पुगेका जोशीलाई यो वर्ष…