गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । उनलाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रुपमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको थियो । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनिल पोखरेलको संयुक्त इजलासले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न भनेको थियो ।
घुम्टे खबर
संविधान सदस्य नर बहादुर पुन (निरज) ले बालमैत्री स्थानीय शासन नगर घोषणालाई दिगोपनाको लागि नगरपालिकाले विशेष खालको कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ गलकोटमा आयोजना गरिएको बालमैत्री स्थानीय शासन नगर घोषणा पश्चातको पहिलो वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै पुनले यस्तो बताउनुभएको हो । उहाँले बालबालिकाहरुलाई खेलकुद, नृत्य तथा गित गाउन जे गर्न ईच्छा लाग्छ त्यो गर्नको लागि होसियार भएर गर्नुपर्ने बताउनुभएको छ । पुनले बाबुआमा, घरपरिवार, समय र समाजले विश्वास गर्ने र सम्मान गर्ने असल नागरिक बन्नको लागि आग्रह गर्नुभएको थियो । उहाँले बालबालिकाले मात्र गर्छु भनेर नहुने र सरकारले पनि सहयोग गर्नुपर्ने बताउँदै…
पर्वत समाज जापानले फस्ट पर्वत कप मेनस् भलिबल च्याम्पेन्सिप २०२४ प्रतियोगिता गर्ने भएको छ।जापानमा रहेका भलिबल खेलाडीलाई क्रियाशील बनाई राख्न र राष्ट्रिय खेल भलिबललाई प्रवासमा पनि सशक्त बनाउने उदेश्यका साथ आगामी अगस्ट ३ तारिख तोडा सिटी स्पोर्टस् सेन्टरमा सो प्रतियोगिता गर्न लागिएको समाजका अध्यक्ष सुभास लामिछानेले जानकारी दिए।प्रवासमा रहेका नेपालीहरुका बिचमा आत्मीयता भातृत्व र सहयोगी भावनाको विकासका गर्न र खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गराउनका लागि फस्ट पर्वत कप मेनस् भलिबल च्याम्पेन्सिप २०२४ प्रतियोगिता गर्न लागिएको अध्यक्ष लामिछानेको भनाइ छ।प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३ लाख ५५ हजार ५५५…
गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पाण्डवखानी कला र संस्कृतिको खानी रहेको बताउनुभएको छ । घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीको ३८ औं वार्षिकोत्सव तथा वैशाख पूर्णिमा मेलालाई सम्बोधन गर्दै नगरप्रमुख गैरेले यस्तो बताउनुभएको हो । उहाँले पाण्डवखानीमा कला र संस्कृतिको संरक्षण गर्नको लागि होमस्टेको आवश्यक रहेको बताउनुभएको थियो । गैरेले पाण्डवखानीमा रहेको सती घाटुलाई संरक्षण गर्नुपर्ने बताउँदै यसको संरक्षणको लागि नगरपालिकाले विशेष कार्ययोजना तयार गर्ने बताउनुभएको थियो । उहाँँले खेलकुद र संस्कृतिको संरक्षण गर्न क्लवको भुमिका महत्वपूर्ण हुने हुदा त्यसको लागि नगरपालिका समेत हातेमालो गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा राष्ट्रिय कलाकार…
घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका वडा नम्वर १० को २५६८ औँ बुद्ध जयन्ती तथा ३८ औँ वार्षिकोत्सव सञ्चालन भईरहेको छ । कला र संस्कृतिको संरक्षण गरौं, समुन्नत समाजको परिचय दिऔं भन्ने मुल नाराका साथ सोमबारदेखी घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चको २५६८ औँ बुद्ध जयन्ती तथा ३८ औँ वार्षिकोत्सव अवसरमा आयोजना गरिएको भलिबल खेलको आज उद्घाटन गरिएको हो । कार्यक्रमको अवसरमा पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, प्रौढ भलिबल प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । त्यस्तै भोली राष्ट्रिय कलाकार नविन रानाको बेजोड सांगितिक प्रस्तुती रहने समितिका सह सचिव सुरेश छन्त्यालले जानकारी दिनुभयो । कार्यक्रम…
पाण्डवखानी स्वास्थ्य चौकीको आयोजनामा गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा आई.पि.भी. खोप अभियान २०८०÷०८१ अन्तर्गत सरोकारवालाहरुसंग बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा खोप अभियानको बारेमा जानकारी गराउँदै वडा अध्यक्ष भक्त बहादुर काउचाले स्वास्थ्य चौकी प्रमुख रत्ना सुनारलाई पूर्ण खोप सुनिश्चितता वडाको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा समाजसेवी मानसिंह छन्त्यालले स्वास्थ्य चौकीमा प्रतिक्षालय बनाउने समेत घोषणा गर्नुभएको थियो । कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक उनी आफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउँछन् । आठ वर्षअघि ट्याक्सी चलाउन थालेका उनले बिरामीलाई निःशुल्क सेवा दिएर पुण्यार्जन गरिरहेका छन् । गलकोट नगरपालिका–१० पाण्डवखानीका उनले गलकोट नगर अस्पतालसम्म ट्याक्सीमा निःशुल्क बिरामी बोक्न थालेको सोमबार वर्ष दिन पुग्यो । सो अवसरमा उनलाई गलकोट नगरपालिका र अस्पताल व्यवस्थापन समितिले सम्मान पनि गर्यो । मगरले हरेक सोमबार गलकोट–३ हटियाबजारबाट गलकोट–५ हरिचौरस्थित नगर अस्पतालसम्म बिरामीलाई निःशुल्क ट्याक्सी सेवा दिँदै आएका छन् । करिब चार किमी दूरीको उक्त सडकखण्डमा एक दिन भए पनि निःशुल्क यात्रा गर्न पाउँदा बिरामी र उनीहरूका आफन्त खुसी छन् ।…
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदै छ । दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । त्यसमाथिको छलफल भने प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुटाछुट्टै हुनेछ । संघीय संसदका प्रवक्ता दशरथ धमलाका अनुसार प्रतिनिधिसभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने छ । राष्ट्रिय सभामा जेठ ३, ४ र ६ गते छलफल हुने छ । अन्तिम दिनको छलफलबाट नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ । सरकारको नीति तथा कार्यक्रम पारित भएपछि जेठ…
पाण्डबखानीमा ५ दिने ध्रुव तथा अगरबत्ती बनाउने तालिम सुचारु भएको छ। गलकाेट नगरपालिका १० पाण्डबखानीमा ५ दिने ध्रुव तथा अगरबत्ती बनाउने तालिम सुचारु भएको छ।महिला जागरण केन्द्रकी अध्यक्ष राधिका पुनकाे अध्यक्षता गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष भक्तबहादुर काउचाकाे प्रमुख आथितियता गलकाेट नगरपालिकाकाे आर्थिक सहयोग तथा महिला जागरण केन्द्र पाण्डबखानीकाे आयाेजनामा वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म गलकाेटका सफल उद्योमी अमिषा थापा घर्तिले तालिमकाे सहजिकरण गर्नुहुने छ। त्यस्तै तालिममा ५५ जना महिलाहरुकाे सहभागी रहेकाे छ, भने कार्यक्रमकाे संचालन आशा श्रीसले गर्नु भएको थियाे।
पाण्बखानीमा २५६८ औं वाैद्व जयन्ती तथा ३८औं वार्षिकाेत्सव साथै वैशाखे पुर्णिमा मेलाकाे अन्तिम तयारी बैठक सम्पन्न भएको छ। घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकाेट नगरपालिका १० पाण्डबखानीले भव्यताका साथ मनाउन गइरहेकाे २५६८ औं वाैद्व जयन्ती तथा ३८औं वार्षिकाेत्सव साथै वैशाखे पुर्णिमा मेला भव्यताका साथ सफल पार्नकाे लागि अन्तिम तयारी बैठक सम्पन्न भएको छ। क्लबका अध्यक्ष प्रकाश पुनकाे अध्यक्षतामा आर्थिक,विभिन्न खेलकुद, साँस्कृतिक, साैजन्य, अथिति सत्कार, प्रचारप्रसार, प्रशासनिक, कलाकार लगाएत विषयमा छलफल तथा समिक्षा गरिएको थियाे। जेठ ३ गतेसम्म भलिबलकाे नाम दर्ता संगै ६ गतेदेखि खेल संचालन ९ गते प्रसिद्ध घुम्टेकाे लेख चड्ने दिन सिद्धथानमा चर्चित कलाकार नविन राना र सिम्रन…