बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा परेको छ । काठेखोला गाउँपालिका-८ लेखानी कादेशका चानसिंह श्रीसले सुरु गर्नु भएको कोदोको बिस्कुट उत्पादन तीन महिनामै माग धान्न नसक्ने अवस्थामा पुगेको हो । पुरानो खाद्य बालीका रुपमा रहेको कोदोलाई ‘ब्रान्डिङ’ गर्न गत फागुनदेखि बिस्कुट उत्पादन गरी उहाँले बजारमा पठाउनु भएको थियो । बिस्कुट बजारमा पुगेपछि माग ह्वात्तै बढेको हो । ३४ वर्षीय युवा श्रीसले घरेलु उद्योगमार्फत कोदोको बिस्कुट उत्पादन सुरु गर्नुभएको हो । उहाँले उद्योग फस्टाउन थालेपछि पाँचजनालई प्रत्यक्ष रोजगारी दिनुभएको छ । गाउँमै उद्यम गरेर स्वरोजगार बन्न सात वर्षदेखि कोदोको बिस्कुट बनाउन अनुसन्धान गरेपछि श्रीसले उत्पादन…
घुम्टे खबर
बिहीबार दिउँसोदेखि इन्टरनेट सेवा अवरुद्ध भएको मौकामा नेपाल टेलिकम र एनसेलले आफ्नो प्रचार व्यापक बनाएका छन्। पटकपटक ताकेता गर्दा पनि ब्यान्डविथको भुक्तानी नगरेको भन्दै भारतीय अपस्ट्रिम प्रदायकले आफ्नो सेवा रोक्का गरेको बहानामा बिहीबार अधिकांश इन्टरनेट कम्पनीले सेवा अवरोध गरेका थिए। सोही मौका छोपेर नेपाल टेलिकम र एनसेलले आफ्नो अफरको प्रचारदेखि ग्राहकको मोबाइलमा म्यासेजसम्म पठाउने गरेका छन्। अधिकांश इन्टरनेटमा समस्या आइरहेका बेला नेपाल टेलिकमले आफ्नो आधिकारीक फेसबुक पेजमा ‘टेलिकमको भरपर्दो एनटी–फाइबर इन्टरनेट सेवाबारे जानकारी लिन, जडान तथा मर्मत सम्भारका लागि कार्यालय पुग्नुपर्दैन। शुल्क नलाग्ने नम्बर १९८ डायल गरी सेवा लिन सकिन्छ’ भन्दै पहिलो पोस्ट गर्यो। उक्त पोस्टमा एक महिनासम्म बिना कुनै शुल्क…
मुक्तक > म बालमैत्री सरोकार हुँ,(आँखाको नानी बनाएर राख)कहियै कसैले हटाउन नहुने बानी बनाएर राखमेरो उपस्थिति सुन्दर फल जस्तै होमलाई आफ्नो फलदानी बनाएर राख > सुव्यवस्थाको प्यास मेटाइदिन्छु,(शुद्ध पिउने पानी बनाएर राख)तिम्रो आँखामा आउने निद्रा हुँ म, कोमल सिरानी बनाएर राखदहिबाट घिउ बनाए झै असल खराब छुट्याइदिन्छुमलाई राम्रो मदानी बनाएर राख > कागजमा मात्र सिमित नबनाउ मलाई(कार्यन्वयन गरेर हेर)चारैतिर छरिएका बालबालिकाको, भविष्य सोचेर हेरम बालबालिकालाई ज्ञानी र संस्कारी बनाइदिन्छुमलाई राम्ररी प्रयोग गर, अनि देशको मुहार फेर > केहि राम्रो गर्न यहाँ,(पुरानो व्यवस्था फेरिनुपर्छ)भोलि राम्रो बनाउनु छ भने, बालबालिकाको अवस्था हेरिनुपर्छत्यसैले त मलाई तिम्रो समिप्मा आउन देऊकोही छैना सानो ठुलो यहाँ,…
गलकोट नगरपालिका वडा नम्वर १ मा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा पश्चातको पहिलो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर १ का निवर्तमान वडा अध्यक्ष नेत्र बहादुर बुढाथोकीले बालमैत्री स्थानिय शासन सबैमा लागु गर्नको लागि बस्तिबस्तिबाट सुरु गर्नुपर्ने र उत्कृष्ट बन्नुपर्ने बताउनुभएको छ । कार्यक्रममा वडा अध्यक्ष लाल बहादुर रानाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।भने सामुहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थिहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य धना खत्री, नेकपा माओवादीका खडक बहादुर भण्डारी, राष्ट्रिय…
नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ । फिलिपिन्सबाट एसिया भ्रमण थालेका कतारी राजा बंगलादेशबाट काठमाडौं उत्रन लागेका हुन् । उनले मंगलबार बेलुका नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । उक्त भेटवार्तापछि राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा सोल्टी होटलमा राजकीय रात्रिभोज आयोजना गर्दै छन् । भ्रमणको दोस्रो दिन बुधबार बिहान कतारी राजा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय भेटवार्ता हुने तय भएको छ । उक्त बैठकपछि दुई मुलुक बीचमा विभिन्न…
राष्ट्रिय प्रजातन्त्र पार्टीकाे केही दिनअघि राजधानीमा भएको आन्दोलनमा प्रहरी दमन बाट ठाकुर प्रसाद डांगीकाे मृत्यु भएको घटनाको बिराेध गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनकाे आयोजनामा बागलुङ सदरमुकाममा राँके जुलुस सहित गृहमन्त्री रवि लामिछानेकाे पुत्ला दहन गर्या । बागलुङ बजारको बिभिन्न ठाउँबाट हातमा राँके जुलुस सहित ६० /६५ जना युवाहरूले सरकारले गरेको दमनकाे बिराेध गर्दै प्रदर्शन गरेको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य सुदीप गाैतमले बताउनुभयो । बागलुङको लाेकतान्त्रिक चाेक बाट विराेध प्रदर्शन गर्दै राँके जुलुस प्रदर्शन गर्दा प्रहरीले केही बलिरहेकाे राँकाे नियन्त्रणमा लिएका थिए ।कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको युवा संगठनले जनाएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रहरी दमन बाट मृत्यु भएका…
घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीको आम भेला सम्पन्न भएको छ । भेलाले मञ्चको २ हजार ५ सय ६८ औँ बुद्ध जयन्ती तथा बैशाखे पुर्णिमा मेला भव्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न उपसमितिरु गठन गरेको छ । जसमध्ये पुरुष भलिबल संयोजक मोहन शेरचन, महिला भलिबल संयोजक विनिता पाईजा पुन, गिरिप्रसाद घर्ती घाटु संयोजक, खिम काउचा नृत्य संयोजक, विद्या श्रीस अतिथि सत्कार संयोजक, सुरेश छन्त्याल प्रचारप्रसार संयोजकमा रहनुभएको छ । मेलाको अवसर पारी पालिका भित्रको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, प्रौढ भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, डबल ब्याडमिन्टन प्रतियोगिता, नृत्य प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रमको आयोजना…
पश्चिम बागलुङका नगरपालिका तथा पालिकाहरुको साझेदारीमा मध्यपहाडि लोकमार्गमा स्थानिय बस सञ्चालन गर्नको लागि बडिगाड गाउँपालिकामा बैठक सम्पन्न भएको छ । गलकोट नगरपालिकाको सिमाना घोडाबाँधेदेखि निसीखोलाको सिमाना पातिहाल्नेसम्म पर्ने नगरपालिका तथा गाउँपालिकाहरुको साझेदारीमा मध्यपहाडि लोकमार्गमा स्थानिय बस सञ्चालन गर्ने उद्देश्यका साथ आज बागलुङको बडिगाड गाउँपालिकामा बैठक सम्पन्न भएको हो । बैठकमा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले आवश्यक प्रक्रिया पुयाएर स्थानिय बस सञ्चालन गर्न सबै पालिकाहरु तयार हुनुपर्ने बताउनुभएको छ । उहाँले यातायातमा नागरिकको पहुँच सरल र सहज गराउनको लागि यो कार्यक्रम अत्यन्त महत्वपुर्ण हुने समेत बताउनुभएको थियो । उक्त बैठकले स्थानिय बस सञ्चालनको लागि गृहकार्य गर्नको लागि समिति गठन गरेको छ…
थम्मन थापा/गलकाेट गलकोट नगरपालिका ४ ओखरबोटमा महिलाहरुलाई दुई दिने उद्घोेषण सम्बन्धी तालिम प्रदान गरिएको छ । प्राप्ती महिला सञ्जालको आयोजनामा महिला जनप्रतिनिधि सहित वडा भित्रका महिलाहरुका लागि बोल्ने सिप र कलाको विकास र नेतृत्व विकासको लागि २ दिने उद्घोषण तालिम प्रदान गरिएको हो । वडाका महिला जनप्रतिनिधि र अन्य महिला दिदिबहिनीहरुलाई उद्घोषण कला सिकाउँदै आफ्नो मनको कुरा बाहिर ल्याउन सक्ने बनाउनको लागि तालिमको आयोजना गरिएको गलकोट नगरपालिका ४ का कार्यवहाक वडा अध्यक्ष कृष्ण बहादुर भण्डारीले बताउनुभयो । महिलाहरु सार्वजनिक कार्यक्रममा बोल्न लजाउने, डर मान्ने जस्ता कारण पछाडी परेकाले यो तालिम अतिनै आवश्यक रहेको कुरामा जोड दिनुभयो । कार्य वहाक वडा…
थम्मन थापा(सन्देश) गर्मी बढेसँगै देशैभर वन जंगलहरुमा आगोलागी भईरहेको छ । चैत महिना लागेसँगै विभिन्न सामुदायिक, नीजि तथा सरकारी वनमा दिनहुँ जसो डढेलोका घटनाहरु बढ्ने गरेका छन् । अहिले अधिकांश वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । मुख्यतया डढेलोले वन जङ्गलको विनाश जस्तै काठ, दाउरा, घाँस एवं गैर काष्ठ वन पैदावारको नोक्सान, स-साना बिरुवा मर्ने, वनको पुनरुत्पादनमा ह्रास आउने, जैविक विविधतामा ह्रास आउने ।वातावरणीय असर जस्तै वायु मण्डलीय प्रदूषण, वर्षाको अनियमितता, जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीमा असर हुने गर्दछ साथै सामाजिक तथा आर्थिक असर जस्तै माटोको उर्वराशक्ति ह्रास आउने, विकास निर्माण कार्यमा असर, वन नजिक रहेका बस्तीमा क्षति हुने,…