नेपाली कांग्रेसका केन्द्रीय सह—महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले नेपाली कांग्रेस पार्टीलाई जनताप्रति जवाफदेहि र बलियो राजनैतिक शक्तिको रुपमा विकास गर्न सम्पूर्ण कांग्रेसका सदस्यहरुले एकआपसमा एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बागलुङ जिल्ला क्षेत्र नम्वर २ प्रदेश क का प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश विकास र संविधानको रक्षाका लागि लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेस सधैँ बलियो बन्नुपर्ने बताउनुभएको थियो । त्यस्तै उपाध्यायले सम्पुर्ण अधिकारहरु संघियता अनुरुप स्थानिय तहमै रहेकोले विकासको लागि जनप्रतिनिधीहरु खटिनुपर्नेमा समेत जोड दिनुभएको थियो । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस बागलुङ जिल्ला क्षेत्र नम्वर २ प्रदेश क…
घुम्टे खबर
पोखरा । पोखरामा रगत अभाव देखिएका कारण पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ । सोमबार बिहान भएको उक्त रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन बहादुर थापाले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वस्फुर्त सहभागिता प्रति आभार व्यक्त गरेका थिए । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यप्रति कास्की प्रहरी सदैव जनताको साथमै रहेको उनको भनाई थियो । प्रहरी जनताकै सेवाको लागि रहेको हुँदा जनताको सुरक्षाको साथै जनसेवाका कार्यमा कहिल्यै पछि नहट्ने कास्की प्रहरी प्रमुख थापाले प्रतिवद्धता जनाए । पोखरामा अहिले विरामीको अपरेसन र रगत…
तनहुँ ।तनहुँमा अरिंगालले चिलेर एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । भानु नगरपालिका– ७ रम्गाटार स्थित जंगलमा आइतबार राती ११ः५५ अरिंगाल पोल्ने क्रममा घाइते भएका भानु नगरपालिका– ४ फला खेत बस्ने वर्ष ३२ को राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँ बस्ने वर्ष २४ को धनबहादुर तामाङ गम्भिर घाइते भएका छन् । निजहरू दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रे तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागी चितवन मेडिकल कलेजमा चितवनमा पठाएकोमा घाइते मध्ये राजकुमारको सोमबार बिहान ४ः२० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी…
तनहुँ ।दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास १० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । ‘दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस/चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो’, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, ‘त्यही ऋण तिर्न यता आएको हुँ । आइतबार बिहानैबाट सुन खोज्ने काम गर्नुपर्ला ।’ ५५ वर्षीया श्रीमती गौमाया, ३५ वर्षीय छोरा रामबहादुर, छोरी ज्वाइँ ४५ वर्षीय कमल बोटे र ४० वर्षीया अनिता बोटे गरी ५जना भएर सुन खोज्न हिँडेको हर्कबहादुरले सुनाए । मादी किनारामा पर्ने कोमलटारीमा करिब ४० घर बोटेको बसोबास…
बागलुङ । जिल्लाकाे गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्वर ३ हटिया लोकतन्त्र चोकमा रहेको गलकोट ग्रिल उद्योगमा कार्यरत एक पुरुषको मृत्यु भएको हो । करेन्ट लागेर सुर्खेत गुरुवाकोट नगरपालिका वडा नम्वर ६ हाल हटियाको लोकतन्त्र चोकको गलकोट ग्रिल उद्योगमा कार्यरत ४४ वर्षिय प्रेम बहादुर कामीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । आज मध्यान्न १२ बजेको समयमा काम गर्ने क्रममा कामीलाई करेन्ट लागेको थियो । कामीको ईमर्जेन्सी पोलिक्लिनिकमा उपचारको क्रममा दिउँसो करिव साढे १ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । कामीको शवलाई अहिले पोष्टमार्टमको लागि…
भारतीय भूपू सैनिकहरुको लोभ लाग्दो सामाजिक कर्म, समयको पालना, भुपूहरु बिच एकता, सदभाव, सामाजिक कार्यमा रहेको सकृयता अनि संस्थाका आगामी योजनाहरु लगायत विविध विषयमा भारतीय भूपू सैनिक संघ गलकोट नगर समितिका अध्यक्ष हिरा बहादुर राना घर्ती सँग सहकर्मी साथी थम्मन थापाले गरेको विशेष कुराकानी
पोखरा ।नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा केन्द्र पोखराले विना जानकारी हङकङ बजारको विद्युत लाइन काट्दा व्यवसायी मारमा परेका छन् । १८ गते प्राधिकरणले लाइन काटेपछि एक हप्तादेखि ४०० जना व्यवसायी समस्यामा परेका हुन् । विना जानकारी विद्युतको लाइन काट्दा व्यवसायमा ठुलो आघात परेको व्यवसायी जीवन पौडेलले बताए । अत्याश्वक कुरा भित्र पर्ने बिजुली जग्गा विवादको बहाना देखाउँदै प्रक्रिया पुगेको छैन भन्दै प्राधिकरणले झुलाइरहेको पौडेलले आरोप लगाए । ‘अत्यावश्यक कुरा पनि जानकारी वेगर काटियो, हाम्रो अधिकार हनन भएको छ, हामी माथि अन्याय भएको छ,’ उनले भने ‘चाडवाडको मुखमा छाक टार्न पनि धौधौ परिरहेको छ, दिउँसै मैनबत्ति र मोबाइलको लाइट…
निसीखोला गाउँपालिका अध्यक्ष लागुऔषध गाजा मुद्वामा दोषी ठहर हुनुभएको छ । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध गाँजाचरेस (लागूऔषध नियन्त्रण ऐन, २०२३) अन्तर्गत ३ तीन वर्ष छ महिना कैद फैसला भएको छ । गाउँपालिका अध्यक्ष घर्ती जिल्ला अदालत बागलुङको २०७९ पुस ३ गतेको फैसला चित्त नबुझेर ०८० जेठ ३ गते उच्च अदालत पोखरा, बागलुङ इजलाशमा पुनरावेदन गर्नुभएको थियो ।उच्च अदालत पोखरा, बागलुङ इजलाशको आइतबारको फैसलाले जिल्ला अदालत बागलुङकै फैसलालाई सदर गर्दै गाउँपालिका अध्यक्ष घर्तीलाई कैदसँगै ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले जानकारी दिनुभयो । हाल गाउँपालिका अध्यक्ष रहेका रहेका घर्ती निसीखोला ६ को वडाध्यक्ष हुँदा २०७७…
आज मिति २०८० साल असोज २२ गते सोमवार, आश्विन कृष्णपक्षको दशमी तिथि । अंग्रेजी पात्रो अनुसार ९ अक्टोबर सन् २०२३, नेपाल संवत् ११४३ । आज विश्व हुलाक दिवस । आज सूर्योदय बिहान ६ बजेर १ मिनेट जाँदा भएको छ भने सुर्यास्त साँझ ५ बजेर ४३ मिनेट जाँदा हुनेछ । मेष Aries स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन । वृष Taurus श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाईमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ । मिथुन Gemini सामाजिक क्षेत्रमा नेतृत्व हातलागी…
बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित हुनुहुन्छ । अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उहाँ निराश हुनुहुन्छ । नजिकिएको दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दसैँको मुखमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ । केही गन्तव्यको टिकट त महिनादिनअघि नै बुकिङ सकिएको छ । अहिले कतिपय सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ । चाडपर्वमा यात्रुले महङ्गो भाडा तिरेर पनि हवाई टिकट पाउन सास्ती छ । गत वर्षको दसैँमा रु १७ हजार छ सय हवाई भाडा तिरेर काठमाडौँदेखि धनगढी हुँदै बझाङ पुगेका जोशीलाई यो वर्ष…