सुरेश छन्त्याल

बागलुङ जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य घुम्टे लेक पछिल्लो समय थप चर्चामा आउन थालेको छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक पहिचानको संगमस्थलका रूपमा रहेको यस क्षेत्रले स्थानीय तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्दै आएको छ। समुन्द्री सतहदेखि उच्च भू–भागमा अवस्थित घुम्टे लेकबाट धौलागिरी, अन्नपूर्ण लगायतका हिमश्रृंखलाको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ। यहाँको शान्त वातावरण, हरियाली वनजंगल र मनमोहक सूर्योदय–सूर्यास्तले पर्यटकलाई लोभ्याउने गरेको छ। यसले घुम्टेलाई पश्चिम नेपालकै सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार पारेको छ। धार्मिक दृष्टिले पनि घुम्टे लेक महत्वपूर्ण मानिन्छ। यहाँ रहेको सिद्धबाबा मन्दिरमा वैशाखे पूर्णिमाको अवसरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्दछ। सोही अवसरमा…

Read More

चैत्राष्टमी मेला २०२६ का अवसरमा कुशल भलिबल खेलाडी भविन थापा र लोकप्रिय गायक सूर्य खड्का लाई जापान मा सम्मान गरिएको छ। बागलुङ मा जन्मिएर लोकदोहोरी संगीत र खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका उनीहरूलाई विशेष सम्मान प्रदान गरिएको हो। गायक सूर्य खड्कालाई नेपाली लोकदोहोरी गीतमार्फत् नेपाली संस्कृति र संगीतलाई विश्वभर फैलाएको योगदानको कदरस्वरूप ‘बागलुङ रत्न’ सम्मान प्रदान गरिएको हो। जापानमा स्थापित चर्चित लोकदोहोरी गायक खड्काले आफ्ना दर्जनौं सिर्जनाबाट नेपाली संगीतलाई नयाँ उचाइमा पुर्‍याएका छन्। विशेषगरी विदेशमा रहेका नेपाली समुदायका भावना, पीडा र अनुभूतिहरूलाई गीतमार्फत् अभिव्यक्त गर्दै उनले सांगीतिक यात्रामा निरन्तर संघर्ष गर्दै आएका छन्। सम्मान प्राप्त गरेपछि खड्काले आफू अत्यन्तै भावुक,…

Read More

चर्चित लाइभ दोहोरी कार्यक्रममार्फत दर्शकमाझ नयाँ उत्साह ल्याइएको छ। गायिका रेखा थापा र गायक श्याम रानाबीच प्रस्तुत गरिएको “I Love You” संवादपछि दोहोरी एकाएक रोचक मोडमा पुगेको छ। कार्यक्रममा रेखा थापाले श्याम रानालाई प्रत्यक्ष रूपमा “I Love You” भनेपछि दर्शक तथा उपस्थित कलाकारहरूबीच हलचल मच्चिएको थियो। यसले दोहोरीलाई थप जीवन्त र मनोरञ्जनात्मक बनाएको छ। उक्त प्रस्तुतिमा श्याम राना र रेखा थापाको मुख्य गायन रहेको छ भने सहायक स्वरमा हस्ता बोगटी, राजीव गाउले, तुलसी बि.के. र कल्पना मल्लाले साथ दिएका छन्। वाद्यवादनतर्फ मित्र अधिकारी (किबोर्ड), लुकमान घर्ती र पवन शाही (मादल), अरुण अधिकारी (बासुरी), मेक थापा (सारङ्गी), संगीत मगर (ढोलक) तथा…

Read More

गलकोट नगरपालिका १० पाण्डबखानी स्वास्थ्य चौकीले फागुन महिनाभरि उपचार सेवा र गाउँघर क्लिनिकमार्फत प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ। स्वास्थ्य चौकीका अनुसार सो अवधिमा स्वास्थ्य चौकीमै आएर सेवा लिने महिला १७८ र पुरुष ६५ जना रहेका छन्। त्यस्तै, गाउँघर क्लिनिकबाट ४४ जनाले सेवा लिएका छन् भने महिला स्वास्थ्य स्वयंसेविकामार्फत ७३ जनालाई सेवा प्रदान गरिएको छ। यस अवधिमा २० जनाको ल्याब परीक्षण गरिएको छ भने १ जनाले सुत्केरी सेवा लिएका छन्। परिवार नियोजन सम्बन्धी सेवा २२ जनाले लिएका छन्। स्वास्थ्य चौकीमा आउने बिरामीहरूमा प्रायः रुघाखोकी, ग्यास्ट्रिक लगायतका सामान्य स्वास्थ्य समस्याका बिरामीहरूले सेवा लिएको स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट टिका श्रीसले जानकारी…

Read More

दरमखोला हाइड्रो परियोजनाबाट उत्पादन भएको विद्युत अब ताराखोला, गलकोट, बडिगाड र ढोरपाटन क्षेत्रसम्म विस्तार गरिएको छ। विद्युत सेवा पुगेपछि स्थानीयवासीको दैनिक जीवनमा सहजता आएको छ भने विकासका सम्भावनाहरू समेत बढेका छन्। दरमखोला हाइड्रोपावर, मनेवाबाट उत्पादन भएको विद्युत हाल ताराखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन क्षेत्रमा नियमित रूपमा आपूर्ति हुन थालेको छ। लामो समयदेखि अन्धकारमा रहेका कतिपय बस्तीहरूमा पहिलो पटक विद्युत सेवा पुगेपछि स्थानीयवासी उत्साहित भएका छन्। विद्युत विस्तारसँगै घरायसी कामकाज, साना उद्योग सञ्चालन, सूचना प्रविधिको पहुँच तथा शैक्षिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको स्थानीयको भनाइ छ। यसअघि वैकल्पिक ऊर्जामा निर्भर रहनुपरेका बासिन्दाहरू अब स्थायी विद्युत सेवाबाट लाभान्वित भएका…

Read More

बागलुङको पाण्डबखानी क्षेत्रमा सञ्चालनमा रहेका घोप्टे खोला लघु जलविद्युत आयोजनामा रहेका पुराना सामग्रीहरू फेरेर नयाँ जडान गर्ने काम सुरु गरिएको छ। यसका कारण करिब १७५ घरधुरी केही दिनसम्म पूर्ण रूपमा अन्धकारमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ। साथै, सोही विद्युतबाट सञ्चालन भइरहेको नेपाल टेलिकमको टावर समेत अवरुद्ध हुने जानकारी प्राप्त भएको छ। आयोजनाको प्रसारण लाइन करिब २३ किलोमिटर रहेको छ। त्यसैगरी, माउखोला लघु जलविद्युत आयोजनाको क्षमता कम हुँदा विद्युत आपूर्ति कमजोर बनेको छ। १० किलोवाट क्षमता रहेको उक्त आयोजनाबाट २३५ घरधुरीले विद्युत प्रयोग गर्दै आएका छन्। तर, पर्याप्त पावर नआउँदा स्थानीयवासीहरू खाना पकाउन, मोबाइल चार्ज गर्न तथा बत्ती बाल्न समेत समस्या…

Read More

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिक (PR) बन्दसूचीमा समावेश भएकी नेतृ रेनुका काउचा (मगर) पछिल्लो समय राजनीतिक वृत्तमा चर्चामा रहेकी छन्। विशेषगरी उनी सांसद बन्ने सम्भावना कति छ भन्ने विषयमा चासो बढिरहेको छ। नेपालको प्रतिनिधिसभामा ११० सिट समानुपातिक प्रणालीबाट चयन गरिन्छ। यस प्रणालीमा मतदाताले व्यक्तिगत उम्मेदवारलाई होइन, पार्टीलाई मत दिन्छन्। त्यसपछि पार्टीले प्राप्त गरेको कुल मतको अनुपातमा सिट बाँडफाँट हुन्छ र सोही आधारमा बन्दसूचीका उम्मेदवारहरू संसदमा चयन हुन्छन्। उपलब्ध जानकारी अनुसार नेपाली कांग्रेसको समानुपातिक बन्दसूचीमा रेनुका काउचा करिब ५० नम्बर आसपासमा रहेको बताइन्छ। त्यसैले उनी सांसद बन्ने सम्भावना मुख्यत: कांग्रेसले समानुपातिकतर्फ कति सिट प्राप्त गर्छ भन्ने कुरामा निर्भर रहने…

Read More

आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन रमुवामा सर्वदलीय बैठक सम्पन्न भएको छ।गलकोट नगरपालिका–१० रमुवा स्थित रमुवा आधारभूत विद्यालय मतदान केन्द्रमा आयोजित बैठकमा मतदान प्रक्रिया, सुरक्षाको व्यवस्था तथा निर्वाचन आचारसंहितासम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो । बैठकमा मतदान कसरी गर्ने भन्ने विषयमा मतदातालाई स्पष्ट मार्गदर्शन दिइएको थियो। जेष्ठ नागरिक, असहाय अपाङ्ग तथा गर्भवती महिलालाई प्राथमिकता दिने व्यवस्था मिलाइएको जानकारी गराइयो। साथै, एकै परिवारका सदस्यले सामूहिक रूपमा मत हाल्न नपाउने, मतदान केन्द्रको ३ सय मिटर क्षेत्रभित्र मदिरा सेवन गर्न नपाइने तथा चुनावी प्रचार सामग्री जस्तै टोपी र टिर्सट प्रयोग गर्न निषेध गरिएको स्पष्ट पारियो। सुरक्षा व्यवस्थाका सम्बन्धमा समेत आवश्यक जानकारी दिँदै…

Read More

गलकोट नगरपालिका–१० पाण्डबखानीमा सर्वदलीय बैठक सम्पन्न भएको छ। मतदान स्थल पाण्डबखानी कुरिन्थान केन्द्रमा आयोजित बैठकमा मतदान प्रक्रिया, सुरक्षाको व्यवस्था तथा आचारसंहिताका विषयमा विस्तृत जानकारी गराइएको थियो। बैठकमा मतदान कसरी गर्ने, जेष्ठ नागरिक, असहाय अपाङ्ग तथा गर्भवती महिलालाई प्राथमिकता दिने व्यवस्था, एकाधिकार परिवारले मत हाल्न नपाउने, मतदान केन्द्रको ३ सय मिटर भित्र वा बाहिर मदिरा सेवन गर्न नपाइने, चुनावी प्रचार सामग्री जस्तै टोपी, टिर्सट प्रयोग गर्न नपाइने लगायतका विषयमा स्पष्ट निर्देशन दिइएको थियो। साथै सुरक्षाका विषयमा समेत आवश्यक जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा गलकोट–१० का वडा अध्यक्ष भक्तबहादुर काउचा, नेपाली कांग्रेसका सभापति दलबहादुर घर्ती, नेपाल कम्युनिस्ट पार्टीका छम काउचा, नेकपा एमालेका…

Read More

मौलिक मगर कौह्रा गीत “जन्म गाउँ” सार्वजनिक भएको छ। विदेशबाट जन्मगाउँ फर्किएको युवाको भावनालाई समेटेर तयार गरिएको यस गीतले मगर समुदायको संस्कृति, भेषभूषा र कौह्रा नृत्य परम्परालाई उजागर गरेको छ। विदेशको भूमिमा वर्षौँ बिताएर जब कोही आफ्नै जन्मगाउँ फर्किन्छ, त्यो क्षण केवल घर फर्किनु मात्र होइन—आफ्नो पहिचान, आफ्नै माटो र आफ्नै संस्कृतिमा पुनः फर्किनु हो। यही भावनालाई समेटिएको छ । यो गीतले परदेशको पीडा, परिवारको सम्झना, आमा–बुबाको माया, र गाउँको चिसो हावा सम्झाउँदै भन्छ—“परदेशीको मन त माटोमै अडिन्छ,जन्मिएको ठाउँ नै साँचो स्वर्ग बन्छ।”कौह्रा नृत्यको लयमा बग्ने यो गीतले मगर समुदायको मौलिक संस्कृति, भेषभूषा र सामूहिक नृत्य परम्परालाई जीवन्त बनाएको छ।…

Read More