सुरेश छन्त्याल

बागलुङ – बागलुङको बडिगाड गाउँपालिका–८ की २४ वर्षीया भेषकुमारी पाइजाले प्रसूतिको मितिमा ढिलाइ भएपछि अन्ततः सुरक्षित रूपमा बच्चा जन्म दिन सफल भएकी छिन्। असार २४ गते डेलिभरी हुने भनिए पनि सो दिनसम्म प्रसूति नहुँदा परिवारले उनलाई बुर्तिबाङ अस्पतालमा पुर्‍याएका थिए। अस्पतालले भिडियो एक्स–रे गरेर अझै एक हप्ता समय बाँकी रहेको जानकारी दिएको थियो। त्यसपछि उनलाई अस्पतालमै १० दिन राखिएको परिवारले जनाएको छ। तर त्यहाँ पनि डेलिभरी नभएपछि परिवारले उनलाई गल्कोट नगर अस्पताल लगेका थिए। असार २४ गते गल्कोट अस्पतालमा गरिएको अर्को भिडियो एक्स–रेमा गर्भावस्थाको ३८ हप्ता पुगेको देखाएपछि उनलाई आराम गर्न सुझाव दिइएको थियो। भेषकुमारी आरामका लागि हटिया बजारमा बसेकी…

Read More

गल्कोट नगरपालिका–११, रिघामा नेपाली काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ४३औं स्मृति दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ। कार्यक्रम नेपाली काँग्रेस वडा समिति रिघाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति ओमप्रसाद श्रीसको अध्यक्षता, रिघाका संस्थापक सदस्य रामप्रसाद पुनको प्रमुख आतिथ्य रहेको थियो। प्रमुख अतिथि पुनले कार्यक्रममा सम्बोधन गर्दै नेपाली काँग्रेस एउटा संस्था भएको उल्लेख गर्दै व्यक्तिगत रिसरागका कारण संस्थालाई नकारात्मक नजरले नहेर्न सबैमा आग्रह गरे। उनले नेपाली काँग्रेस देशकै ठूलो र लोकतान्त्रिक मूल्यमा अडेको पार्टी भएको धारणा व्यक्त गरे। सो अवसरमा १२८ जना नयाँ क्रियाशील सदस्यलाई सदस्यता वितरण गरिएको जानकारी दिइएको छ। कार्यक्रम सञ्चालन टंक…

Read More

गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नेपाल टेलिकमकाे टावर संचालनमा आएकाे छ। गत २५ गते राति घाेप्टे खाेला जलविद्युत आयाेजनमा रहेकाे ट्रान्सर्फमर चट्याङका कारण जलेकाे थियाे। ट्रास्मिटर जल्दा पाण्डबखानीकाे दुङ्गिल, फुर्से, साेरमने र गलकाेट नगरपालिका ७ झिर्काका केही समुदाय अन्धारमा बस्नुका साथै पाण्डबखानी गाउँनै नमस्ते टावरबाट बन्चित भएका थिए। स्थानीयहरुले लामाे समय सम्म प्रयास गर्दा पनि नबनेपछि १२ दिनपछि प्राविधिक टाेलि आएर नया ट्रान्सर्फमर राखेपछि विद्युत संगै नमस्ते टावर संचालनमा आउदा यश क्षेत्रका समुदाय हर्षित देखिएका छन्  नया ट्रान्सर्फमर राख्दा र विभिन्न सामाग्री ल्याउदा करिव २ लाख ५० हजार क्षति भएकाे स्थानीय छमबहादुर काउचाले जानकारी दिनु भयाे।त्यस्तै टावरकाे लागि केन्द्रीय विद्युत…

Read More

मंगलबार रातीदेखीको लगातार वर्षाका कारण गलकोटका विभिन्न ठाउँहरुमा साना ठुलो रुपमा क्षति पुर्याएको थियो। त्यस्तै मल्म पाण्डवखानी रमुवा जोड्ने सडक पनि अवरुद्ध भएको थियो। सवारि साधन तत्कालै आवाज-जावाज गर्न सहज पुर्याउन आज गलकोट नगरपालिका १० का वडा अध्यक्ष भक्तबहादुर काउचा, ७ का वडा अध्यक्ष राज थापा, ईन्जिनियर नेत्रप्रसाद लामिछाने, स्थानिय ड्राइभर सहित स्थानिय बासिन्दाहरुले पहिरो हटाएर सहज बनाएका छन् ।अझै पहिरो जाने सम्भावना रहेको हुदा काम चलाउनका लागि बाटो बनाएको र छिट्टै jcb ल्याउने तयारि भएको वडा अध्यक्ष भक्त काउचाले जानकारी गराउनु भयो। सोहि दिनमै चट्टाङका कारण पाण्डबखानीमा रहेको भोक्टे खोला परियोजना अवरुध्द्ध हुदा सप्तरङ्गी बचत तथा ऋृण सहकारी संस्थाबाट रकम…

Read More

गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीस्थित सिद्धथान–सुनपानी सडक खण्डको स्तरोन्नती कार्य सम्पन्न भएको छ । नगरपालिकाको विनियोजित बजेट अन्तर्गत करिब ४० लाख रुपैयाँ बराबरको लागतमा सडक स्तरोन्नती कार्य सम्पन्न गरिएको हो । विकासका आधारभूत पूर्वाधारमध्ये प्रमुख मानिने सडक सञ्जालको विस्तार र स्तरोन्नतीले स्थानीय बासिन्दाको दैनिकी सहज बनाउनुका साथै आर्थिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्य सेवामा पहुँच विस्तारमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले सडक ढलान गरिएको हो । सडक निर्माण समितिका अध्यक्ष गिरि पुनका अनुसार कुल १२४ मिटर लम्बाई र ६ मिटर चौडाईको मोटरबाटो सडक स्तरउन्नती कार्य सम्पन्न गरिएको हो । सडकको केहि भागमा ढलान गरिएको छ भने अन्य स्थानमा सोलिङ (गिटी बिच्छ्याउने) कार्य…

Read More

पाण्डवखानी समाज जापानको ५ औँ अधिवेशन सम्पन्न भएको छ । गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानी घर भई जापानमा रोजगारीको शिलशिलामा रहेका व्यक्तिहरुको साझा संगठन पाण्डबखानी समाज जापानको ५ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नर प्रसाद तुलाचन (काजी) को अध्यक्षतामा पाण्डवखानी समाज जापानको गठन गरेको छ ।  समितिको उपाध्यक्षमा नरेश पुन, महिला उपाध्यक्षमा माया पतेल, सचिवमा रेशम दर्जी, सहसचिवमा रेखा घर्ती पुन, कोषाध्यक्षमा दिपेश श्रीस, सह कोषाध्यक्षमा नविन श्रीस रहनुभएको छ । त्यस्तै सदस्यहरुमा पदम श्रीस, महेश बुढा, प्रदिप पुन, देबिन शाही, युवराज क्षेत्री र तेजिन्द्र घर्ती रहनुभएको छ । प्रभासमा रहेर पनि पाण्डवखानीमा हुने विभिन्न सामाजिक कार्य तथा…

Read More

रुन सकिन’ बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।जीवनका दुःख र पीडालाई सरल तर मार्मिक शब्द र संगीत मार्फत प्रस्तुत गरिएको यस गीतका शब्द भिसन थापा, गिता बुढा र रिमा थापाले लेखेका हुन् । यस भिडियोमा गायक सम्भु फुम्बो लिम्बू र रिमा थापाले स्वर दिएका छन् । भिडियोमा मोडेल जुना गुरुङ्ग र अशोक पौडेलले अभिनय गरेका छन् । त्यस्तै गितमा लय भिसन थापा, राजु कार्कीको रहेको छ । म्युजिक भिडियो Baglung Badigad Official युट्युबमा सार्वजनिक भएको छ ।

Read More

गलकाेट नगरपालिका १० पाण्डखानीमा नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)काे आयाेजनामा बनभाेज तथा स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ।नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)पाण्डबखानीका वडा अध्यक्ष ज्ञानबहादुर काउचाकाे अध्यक्षतामा भएको कार्यक्रममा बाेल्दै नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) पाण्डबखानीका ईन्चार्ज छम बहादुर काउचाले पार्टीकाे विषयमबस्तु बारे जानकारी गराउदै अबकाे दिनहरुमा एकताबद्ध भएर लाग्नुपर्नेमा जाेड् दिनु भएको थियाे र सिंगो देशनै माओवादीमय बनेकाे अवस्थामा पार्टीका साथीहरूलाई नआत्तिन आग्रह गर्नु भएको थियाे।त्यस्तै नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)नगरका अध्यक्ष गंगाबहादुर बुझेलले व्यवस्था बदलिए पनि समाज नबदलिएकाे बताउद‌‌ै कुरिती र यस्ता व्यवस्था अन्तय गर्नुपर्छ भन्ने धारणा राख्दै अब एकताकाे सन्देश बाहिर ल्याउनु पर्नेमा जाेड् दिनु भएको थियाे। भने कार्यक्रमकाे संचालन नेपाल…

Read More

गलकाेट नगरपालिका १० पाण्डबखानीमा झुन्डिएर एक जनाको मृत्यु भएको छ । पाण्डबखानी अवस्थित तल्लो फुर्से निवासी २४ वर्षिय तारा पुन आफ्नै सुत्ने कोठामा डोरिले पासो लगाई झुन्डिएर मृत अबस्थामा रहेको घरपरिवारले थाहा पाए लगत्तै इलाका प्रहरी हरिचाैरलाइ खबर गरिपछि प्रहरी नियक्षक देवराज काफ्लेको टोली  घटना स्थलमा पुगि घटना मुचुल्का तयार गरि पोष्टमार्टमको लागि गल्कोट नगर हस्पितल हरिचाैरमा पठाइकाे छ भने, थप अनुसन्धान भइरहेकाे प्रहरी निरीक्षक काफ्लेले जानकारी गराउनु भयाे।  यसैविच घटना स्थलमै संविधान सभा २०६४ का सदस्य माननीय नर बहादुर पुन “निरज” वडा अध्यक्ष, विभिन्न आमा समुहमा आबद्ध महिलाहरू, पत्रकार लगायत स्थानीय बासीहरूको उपस्थितिमा प्रहरी निरीक्षक देवराज काफ्लेले आत्महत्या न्युनिकरण सम्बन्धी…

Read More

गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा गोठमा आगलागी भएको छ । गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानी सोरमने निवासी धन बहादुर विकको गोठमा आज दिउँसो १ः४० बजे आगलागी भएको हो । गाईवस्तुलाई तातोपानी तताउने क्रममा गोठमा आगलागी भएको गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाले जानकारी दिनुभयो । त्यस्तै गोठ संगै घर पनि नजिकै रहेको कारण घरमा पनी आगलागी हुदा घरमा समेत क्षती पुगेको जनाईएको छ । आगलागी करिब ५ लाख बराबरको क्षती भएको वडा अध्यक्ष काउचाले बताउनुभयो । आगो स्थानियको सक्रियतामा नियन्त्रणमा लिईएको थियो । आगो नियन्त्रण गर्ने क्रममा बुहारी माया विकको हातखुट्टामा आगोले पोलेको समेत जनाईएको छ…

Read More