सुरेश छन्त्याल

घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीको ३८ औं वार्षिकोत्सव तथा वैशाख पूर्णिमा मेला सम्पन्न भएको छ । गत जेठ ७ गतेबाट सुरु भएको प्रतियोगिता आज विविध खेलकुद कार्यक्रमको विच सम्पन्न भएको हो । आज सम्पन्न भएको पुरुष भलिबल प्रतियोगितामा आयोजक रातो प्रथम, संगम युवा क्लव द्धितीय भएका छन् । त्यस्तै महिला भलिबल प्रतियोगितामा बडिगाड गाउँपालिका ८ रणसिंह किटेनी प्रथम र जैमिानी नगरपालिका द्धितीय, प्रौढ पुरुष भलिबल प्रतियोगितामा म्गाग्दी प्रथम र आयोजक द्धितीय भएको क्लवका खेल संयोजक मोहन शेरचनले जानकारी दिनुभयो । त्यस्तै आज सम्पन्न भएको ब्याड्मिन्टन प्रतियोगितामा शान्तिपुर प्रथम र हटिया द्धितीय, नृत्य प्रतियोगितामा द…

Read More

गलकोट नगरपालिका १० पाण्डबखानीमा ५ दिने धुप तथा अगरबत्ती बनाउने तालिम सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आर्थिक सहयोग तथा महिला जागरण केन्द्र पाण्डवखानीको आयोजनामा गत शनिवारदेखी सञ्चालित ५ दिने धुप तथा अगरबत्ती बनाउने तालिम आज सम्पन्न भएको हो । कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाले तालिममा सिकेको कुराहरुलाई व्यवहारमा उतारी उत्कृष्ट व्यवसायी बन्नको लागि आग्रह गर्नुभएको थियो । गलकोट नगरपालिका वडा नम्वर १० भित्रका ५५ जना महिलाहरुको सहभागिता रहेको तालिमको सहजिकरण गलकोटका उद्यमी अमिषा थापा घर्तीले गर्नुभएको थियो । प्रशिक्षक थापा बजार गएको समयमा विभिन्न मठ मन्दिरहरुमा जाने क्रममा प्रयोग हुने मैनबत्ती भारत,…

Read More

बार्षिकोत्सब तथा मह मेलाको अवसरमा स्व.मन बहादुर पुन स्मृती वडा स्तरिय पुरुष भलिबल, वडा स्तरिय महिला भलिबल, ३३ वर्ष माथिका वडा स्तरिय प्रौढ भलिबल प्रतियोगिता, प्रति टिम ५ जनाको लठो तान प्रतियोगिता संचालन गरिने खेल संयोजक भविन घर्ती मगरले जानकारी दिनु भएको छ । प्रतियोगितात्मक कार्यक्रमहरु मध्ये स्व.मन बहादुर पुन स्मृती भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद रु ८० हजार, मेडल र प्रमाण, द्धितीय हुनेले ५० हजार, मेडल र प्रमाण पत्र र सेमि फाइनलमा पराजित हुने टिमले १० हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यसै गरी वडा स्तरिय महिला भलिबल प्रतियोगितामा प्रथम स्थान हासील गर्ने टिमले नगद रु.…

Read More

गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा क्षयरोग मुक्त अभियान वडा स्तरीय समितिको २ दिने अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सुरु भएको छ । गलकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पाण्डवखानीमा क्षयरोग मुक्त अभियान वडा स्तरीय समितिको २ दिने अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सुरु भएको हो । विद्यालय व्यवस्थापन समिति, टोल विकास संस्था, स्वास्थ्य कर्मी स्वयमसेविकाको सहभागिता रहेको कार्यक्रमको स्वास्थ्यकर्मी मनिक राजभण्डारी र जिवन नेपालीले क्षयरोग भनेको के हो ? सर्ने माध्यम, जोखिम, लक्षण लगायतका बारेमा प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रम गलकोट नगरकार्यपालिका सदस्य रामप्रसाद विकको अध्यक्षता, गलकोट नगरपालिकाका नर्सिङ निरिक्षक रिमा बस्यालको स्वागत, पाण्डवखानी स्वास्थ्य चौकीको प्रमुख रत्ना सुनारको सञ्चालनमा…

Read More

गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा नयाँ वर्षको अवसरमा फ्रेण्ड सिप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगिताको भुतपुर्व हवल्दार बल बहादुर श्रीसले संयोजन गर्नुभएको थियो । १२ टिमको सहभागिता रहेको प्रतियोगितामा महिलातर्फ रुनमाया पुनको समुह प्रथम, सविता पुनको समुह द्धितिय, पुरुषतर्फ भिम सुनारको समुह प्रथम, कोपिल काउचाको समुह द्धितिय भएका छन् । त्यस्तै उत्कृष्ट खेलाडीतर्फ पार्वती पुन र देवनारायण श्रीस छनोट हुनुभएको छ ।  कार्यक्रम दल बहादुर काउचाको अध्यक्षता, गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाको प्रमुख आतिथ्यता र गिरी प्रसाद थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Read More

गलकाेट नगरपालिका १०पाण्डबखानीमा रहेकाे घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चकाे २५६८ औं बुद्ध जयन्ती तथा बैशाखे पुर्णिामा मेलाकाे पहिलाे चरणकाे तयारी बैठक सम्पन्न भएको छ।क्लबका अध्यक्ष प्रकाश पुनकाे अध्यक्षतागलकाेट नगरपालिका १०पाण्डबखानीका वडा अध्यक्ष भक्तबहादुर काउचाकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा अपुर्ण समितिलाइ पुर्ण समिति थप, आगामी बैशाखे पुर्णिामा तथा २५६८ औं बुद्ध जयन्ती मेला राख्ने निर्णय, वैशाख ८ गते दाेस्राे चरणकाे तयारीका लागि आम भेला गर्ने निर्णय भएको क्लबका सचिव दिप घर्तिले जानकारी गराउनु भयाे।

Read More

गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीमा रहेकाे न्यू घुम्टे एजुकेशनल एकेडेमी बोर्डिङ स्कुलमा वार्षिक परिक्षाको नतिजा प्रकाशन गरिएको छ ।  कार्यक्रमको अवसरमा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गर्दै सम्पूर्ण विद्यार्थीलाई आगामी शैक्षिक सफलताको लागि शुभकामना व्यक्त गरिएको थियो । त्यस्तै विद्यालयमा सञ्चालन गरिएका विभिन्न कार्यक्रममा सहभागी भई विजयी हाँसिल गरेका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ । सो अवसरमा शैक्षिक सत्र २०८१ को लागि कक्षा प्ले ग्रुपदेखि कक्षा ५ सम्म चैत्र २६ गते देखि भर्ना खुल्ला भएको विद्यालयले जनाएको छ । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, बालमैत्री सहजकर्ता, पत्रकार लगाएतको सहभागीता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन…

Read More

गलकाेट नगरपालिका १० पाण्डबखानीकाे वडा कार्यालयमा भु उपयाेग क्षेत्र वर्गीकरण सम्बन्धी छलफल गरिएको छ। छलफलमा गलकाेट नगरपालिका वडा नं.१० काे सुनपानी मन्दिर देखि पाण्डवखानी मा.वि हुँदै माउखाेला सम्मकाे सडककाे अधिकार क्षेत्र बाहेक ५० मिटर दाँया बाँया, सुनपानी मन्दिर देखि सडककाे पश्चिम भागकाे क्षेत्र र रमुवाकाे भाटी दाेभान टाेलकाे १०० मिटर अर्धव्यास भित्रकाे क्षेत्र आवासीय क्षेत्र र बाकी भाग नियमअनुसार हुने गरि वर्गीकरण गरिएकाे गलकाेट नगरपालिकाका अमिन दिनेश बाबु राेकाले जानकारी दिनु भएको छ। गलकाेट नगरपालिका१० का वडा अध्यक्षकाे अध्यक्षता संगै कार्यक्रमकाे संचालन वडा सचिव ठाकुर तिमिल्सिनाले गर्नु भएको थियाे।

Read More

गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे साई पुन परिवारको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। व्यवस्थापन समितिका अध्यक्ष पुनराम पुनकाे अध्यक्षता भुतपुर्व सैनिक संघ पाण्डबखानीका अध्यक्षचन्द्रलाल काउचाकाे प्रमुख आथितियतामा दाजुभाइ भित्र मरु परेमा आर्थिक सयाेग वृद्धि गर्ने, ८४ वर्षिय हनेरी ना.सु. नरबहादुर पुनले २५ हजार सहयोग गर्नु भएको छ। त्यस्तै ८१ वर्षिय मैसरा पुन, ८३ वर्षिय लक्ष्मी पुन र ८४ वर्षिय हनेरी ना.सु. नरबहादुर पुनलाइ सम्मान गरिएको छ। विभिन्न संघसंस्थामा कार्यरत व्यक्तिले डेढ महिनाकाे तलवबाट समाजलाइ सहयोग गर्ने त्यस्तै समिति पुन गठन समेत भएको छ, जसमा अध्यक्ष पुनराम पुन सहित २५ सदस्य रहने गरि समिति गठन भएको छ, पाण्डबखानीमा साइ पुन…

Read More

गलकाेट नगरपालिका १०पाण्डबखानीमा रहेकाे न्यु घुम्टे एजुकेसनल एकेडेमीमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। जापान समाज पाण्डबखानीका प्रतिनिधि पदम श्रीस, अस्ट्रेलियाबाट आउनु भएका रविन काउचा र पाण्डबखानी समाज कतारका सचिव प्रकाश भित्रकाेटी लाइ स्वागत तथा सम्मान गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाकाे अध्यक्षतामा भएको कार्यक्रममा  स्कुलले केहि वर्षदेखि सुरुवात गरेकाे देश तथा विदेशदेखि गाउँकाे लागि रहेक क्षेत्रहरुमा सहयोग याेग्दान गर्दै आइरहेकाे व्यक्तित्व वा संघ संस्थालाइ यसरी नै स्वागत गर्दे आइरहेकाे संगै भावी याेजना बारे शिक्षक खिम काउचाले जानकारी गराउनु भएको थियाे। यसैबीच पाण्डबखानी समाज कतारका सचिव प्रकाश भित्रकाेटीले ५० हजार, अस्ट्रेलियामा कार्यरत रविन काउचाले १५ हजार र…

Read More