सुरेश छन्त्याल

नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. २ ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फका उम्मेदवार सिफारिस सार्वजनिक गरेको छ। प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. २, प्रदेश क बाट गीता श्रीसलाई सिफारिस गरिएको छ। श्रीस उच्च अदालत बार एसोसिएसन बागलुङकी अध्यक्ष हुनुका साथै घुम्टे खबरकी कानुनी सल्लाहकार समेत रहिआएकी छिन्। यस्तै, प्रत्यक्ष तर्फबाट संविधान सभा सदस्य तथा घुम्टे खबरका संरक्षक रहनुभएका निरज पुनलाई नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ सिफारिस गरेको छ। समानुपातिकतर्फ प्रदेश क बाट रेनुका काउचा, र प्रदेश ख बाट सागर छन्त्याल, भिम कुमारी क्षेत्री र माया केसीलाई सिफारिस गरिएको छ।

Read More

नेपाली कांग्रेस बागलुङ जिल्ला क्षेत्र नम्वर २ ले प्रतिनिधी सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातीक प्रतिनिधी सिफारीस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागि नेपाली कांग्रेसले प्रत्यक्षतर्फ बागलुङ जिल्ला क्षेत्र नम्वर २ प्रदेश क बाट ६ र प्रदेश ख बाट ४ जनाको नाम सिफारीस गरेको छ । त्यस्तै समानुपातीकतर्फ प्रदेश क बाट १ जना र ख बाट ३ जनाको नाम सिफारीस गरेको छ । प्रत्यक्षतर्फ बागलुङ जिल्ला क्षेत्र नम्वर २ प्रदेश क बाट ध्रुव गौतम, डिलाराम शर्मा, निरज पुन, मञ्जेश बम मल्ल, डण्डपाणी कडेँल र गिता श्रीसलाई सिफारीस गरेको छ । भने प्रत्यक्षतर्फ बागलुङ जिल्ला…

Read More

गलकोट नगरपालिका–३ छहरेखोलामा आज सवारी दुर्घटना हुँदा एक छात्रा घाइते भएकी छन्। ग१ क ६४४३ नम्बरको स्कुल बस (हटियाबाट) र ग३ च २५०९ नम्बरको स्काइवु (बुर्तिबाङ–काठमाडौं रुट) बाटोमा गुडिरहेको समयमा हिँडेकी छात्रा लाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा १८ वर्षीया गलकोट नगरपालिका ७ कि मलिसा नेपाली घाइते भएकी छन्।उनी गल्कोट माध्यामपक बिद्यालयमा अध्यनरत हुन उनको दायाँ घुँडामा सामान्य चोट लागेको छ। अहिले उनलाई गलकोटमा रहेको इमर्जेन्सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Read More

गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीमा छात्रावास निर्माण योजनाको सम्पूर्ण कार्य सम्पन्न भएको छ । पाण्डबखानी माध्यमिक विद्यालयमा छात्रावास निर्माणका लागि विनियोजित रु. ७० लाख बराबरको बजेट अन्तर्गत जग्गाअनुगमन सहित आवश्यक प्रक्रिया पूरा भएको विद्यालयका प्रधानाध्यापक नविन सुनारले जानकारी दिनुभयो । उक्त कार्यक्रममा वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सहित समिति सदस्य, गलकोट नगरपालिकाकाप्राविधिक टोली, वडा सचिव धनसरा बढुवाल, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Read More

गलकोट नगरपालिका–३ हटियामा नेपाली काँग्रेस नगर कार्य समितिको बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। नगर पार्टी कार्यालय हटियामा भएको कार्यक्रममा नगर कार्य समितिका सभापति विरजंङ भण्डारीले सभापतित्व गर्नुभयो। कार्यक्रममा संविधान सभा सदस्य निरज पुन, प्रदेश सभा (ख) का सदस्य दोर्ण कुवर, प्रदेश सभा (क) का सभापति तिलक घर्ति, महाधिवेशन प्रतिनिधि मन्जेश बम मल्ल, जिल्ला सह–सचिव फमबहादुर खत्री, विभिन्न भातृ संगठन, महिला संघ, शुभेच्छुक संगठनका प्रतिनिधि तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। बैठकमा पार्टीलाई कसरी सुदृढ गर्ने, पार्टी कमजोर हुनुका कारण, वडास्तरका समस्या र समाधानका उपाय, पार्टीले उठाउँदै आएको शुल्कसम्बन्धी प्रश्न, गलकोटमा इलाका प्रशासनको आवश्यकता, क्रियाशील सदस्यता नवीकरण, र डेलिगेसन पठाउने…

Read More

मालिका भगवती मन्दि व्यवस्थापन समिति बानपा ५ मालिका बागलुङले आयोजना गरेको भलिबल प्रतियोगिता कार्यक्रम स्तकित गरेको छ।  कार्याक्रम स्तकित गरेपछि खेलाडीहरूले गुनासो गरेका छन् । आयोजक समितिले प्रतियोगिता गर्ने भन्दै टिम दर्ता शुल्क समेत संकलन गरे पनि अन्ततः खेल सञ्चालन गर्न नसकेपछि खेलाडीहरू असन्तुष्ट बनेका हुन्। खेलाडीहरूले शुल्क तिरेर खेल खेल्न नपाउनु अन्यायपूर्ण भएको बताएका छन्। उनीहरूले भने, “घोषणा गरेर, शुल्क लिएर पनि खेल सञ्चालन नगर्नु उचित होइन।आयोजकले वाचा पूरा गरेर खेल संचालन गर्नु पर्थ्यो।” यसबारे आयोजक समितिले औपचारिक प्रतिक्रिया नदिएको खेलाडीहरूले बताएका छन्। खेल सञ्चालन नहुँदा खेलाडी मात्र नभई दर्शक र स्थानीयहरू समेत निराश बनेका छन्। स्थानीयवासीले आयोजकले पारदर्शिता अपनाउनुपर्ने र खेलाडीहरूको लगानी खेर नजान दिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएका छन्।

Read More

गलकोट नगरपालिका वडा नम्बर ११ रिघामा नेपाली कांग्रेस वडा कार्यसमिति ११ को आयोजनामा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । भेटघाट कार्यक्रममा बोल्दे गण्डकी प्रदेश सभा सदस्य जितबहादुर शेरचनले करिब ८.५ किलोमिटर सडकलाई प्राथमिकतामा राख्दै खानेपानीलाई विशेष तथा पहिलो प्राथमिकता दिएर पहिलो चरणमै लिफ्टिङ गर्ने योजना रहेको बताउनुभयो । सो अवसरमा बोल्ने अधिकांश वक्ताहरुले वडाको सबैभन्दा ठूलो समस्या नै खानेपानी रहेको भन्दै तत्काल समाधानका लागि बजेटको माग गरेका थिए ।

Read More

गलकोट नगरपालिका वडा नं. ११ रिघामा धर्म पोखरी युवा समाजले आयोजना गरेको तीज मेला–२०८२ सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य जित शेरचनले सम्बोधन गर्दै गलकोट क्षेत्रमा विकासका योजना ल्याउन आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो । उहाँले क्लबहरूले खेलकुदका मात्र कार्यक्रम सञ्चालन नगरी विकासका कार्यमा समेत अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा गलकोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पवन हमाल, वडा नं. ११ का वडा अध्यक्ष डम्मर बहादुर श्रीस, महिला सञ्जाल वडा नं. ११ की सदस्य लक्ष्मी श्रीसलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । मेलाको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । खुल्ला पुरुष फुटबलमा…

Read More

गलकोट नगरपालिका–१० पाण्डबखानी अन्तर्गत सुनपानी क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजलाई मध्यनजर गर्दै गहिरभाटीदेखि सुनपानी, धार, पल्लो सुनपानीलगायतका टोलमा सरसफाइ गरिएको सुनपानी टोल सुधार समितिका अध्यक्ष गंगा बहादुर घर्ति पुनले जानकारी दिनुभयो। यसै अवसरमा पञ्चमीका विविध देवी–देवताको नाम लिँदै पिङ राख्ने, नाचगान गर्ने तयारी पूरा भएको आमा समूहकी अध्यक्ष ज्ञानु छन्त्यालले बताउनुभयो। साथै दशैँअघि सम्पूर्ण गाउँमा सरसफाइ गर्ने निर्णयसमेत गरिएको छ।

Read More

जनमभूमि बागलुङको समृद्धिको लागि हातेमालोभन्ने नारासहित बागलुङ जिल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिता आगामी असोज २९ गतेदेखि कार्तिक १ गतेसम्म बागलुङ बजारमा हुने भएको हो प्रतियोगितामा उत्कृष्ट टोली तथा खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रथम स्थान रु. २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय स्थान रु. १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय स्थान रु. ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र त्यसैगरी, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भिसर, उत्कृष्ट मिडल ब्लकर, उत्कृष्ट डिफेन्स र उदयमान खेलाडीलाई समेत नगदसहित सम्मान गरिनेछ। अन्तर्राष्ट्रिय बागलुङ समाजको आयोजनामा हुन लागेको प्रतियोगिताको व्यवस्थापन जिल्ला भलिबल…

Read More