सुरेश छन्त्याल

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइएकाे छ । त्यस्तै गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे पाण्डबखानीमा माविमा विहानै देखि पुजा आजा गरि सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइएकाे । त्यस्तै नव ज्याति प्राविमा पनि साेहि कार्यक्रम सम्पन्न भएको छ। यता न्यु घुम्टे एजुकेसनल एकेडेमीमा पनि विभिन्न कार्यक्रम सहित सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइएकाे छ। उक्त कार्यक्रममा बाेल्दै प्रमुख अथिति समेत रहनु भएका पाण्डबखानीका बरिस्ठ समाजसेवी मानसिह छन्त्याललेथुरै लगानीमा पछिल्लो समयमा यति ठुलाे प्रगती भएको देख्दा सरकारी विद्यालय भन्दा प्राइभेट स्कुलकाे व्यवस्थापन धेरै फरक रहेकाे…

Read More

गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । गलकाेट नगरपालिका १० तल्लाे फुर्से निवासीस्व. खिम कुमारी शाही (खगी)कि श्रीमान् स्वर्गीय नर बहादुर शाहीकाे यही माघ ११ गते शुक्रबारका दिन ८९ बर्षकाे उमेरमा भएको निधनले समग्रह वडा बासिलाइ दुखित तुल्याएकाे भन्दै गलकाेट नगरपालिका १० वडा कार्यालयकाे आयाेजनामा ७ औँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।  सभामा वडा कार्यालय, पाण्डबखानी मावि, पाण्डबखानी स्वास्थ चाैकी, नेपाली काग्रेस वडा समिति, न्यु घुम्टे एजुकेसनल एकेडेमी, घुम्टे खबर, नव ज्याेति प्रावि, गाेवाने सामुदायिक बन उपभोक्ता समुह लगाएत संघ संस्थाले फाेटाेमा माल्यापन साथै १ मिनेट माैनधारण गदै समवेदना पत्र हस्तान्तरण गरेका…

Read More

गलकाेट नगरपालिका नगर कार्यपालिका स्वास्थ शाखाकाे एच.पी.भी खाेप अभियान अन्तर्गत आज गलकाेट नगरपालिका १० पाण्डबखानी स्वास्थ चाैकिमा वडा खाेप समन्वय समिति र विद्यालयका प्र.ह. हरुकाे लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। गलकाेट नगरपालिका १० का वडा अध्यक्ष तथा पाण्डखानी स्वास्थ चाैकी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर काउचाकाे अध्यक्षतामा अभिमुखिकरण गाेष्ठीकाे उदेश्य, पाठेघरकाे मुखकाे क्यान्सर अवस्था, लक्षण र राेग्ने उपाय, एच.पी.भी खाेप सेवा संचालन, एच.पी.भी खाेप सेवा संचालन गर्ने कार्यनीति, स्थानीय तहका वडा स्तरीय पदाधिकारीहरुकाे भुमिका, विद्यालयकाे भुमिका बारे जानकारी दिएका थिए। त्यस्तै कार्यक्रमकाे सहजिकरण पाण्डबखानी स्वास्थ चाैकीकि सिअहेव हिरा काउचा र अनमी सुबास्ना वि.क गर्नु भएको थियाे ।साेहि कार्यक्रम…

Read More

नेपाल टेलिकमको ‘मोबाइल नेटवर्क’मा आएको समस्या समाधान भएको छ। टेलिकमको प्रि–पेड र पोस्टपेड दुवै मोबाइलमा मंगलबार बिहानैदेखि समस्या देखिएको थियो।  नेपाल टेलिकमका मोबाइल फोन अवरुद्ध भएपछि ग्राहकहरू मर्कामा परेका थिए। आजदेखि अवरुद्ध टेलिकमको सेवा चल्न थालेको छ। मंगलबार देखि प्रि–पेड र पोस्टपेड मोबाइलमा फोन नलाग्ने समस्या आएको थियो। गलकाेट नगरपालिकाकाे काडेबासकाे थाले पाेखरामा रहेकाे रिपिटर टावरमा समस्या आउदा नेटवर्क अवरुद्ध हुन पुगेकाे भन्दै नेटवर्कमा समस्या आएपछि प्राविधिकको टोलीले समस्याको समाधान गर्नका लागि जेनेरेटर जडान गरेपनि काम नगरेकाे भन्दै ब्याकअप चार्ज गरेर पनि प्रयास गर्दा भएको टेलिकम बागलुङका प्रमुख सन्ताेष बरालले जानकारी दिनुभएको छ। साथै यहि  महिनामै केन्द्रीय विद्युत जडान गरि पछि …

Read More

सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गलकोट नगलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीको को १५ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका प्रबन्धक दिप घर्तीले प्रबन्धकको प्रतिवेदन र लेखा समिति संयोजक लाल प्रसाद पुनले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाले विभिन्न सहकारीहरुले आफ्नो संस्थाको बदनाम हुने कार्यहरु गर्दै आइरहेको बताउदै आफ्नो गाउँ–ठाउँमा रहेको सहकारी प्रति कुनै शंका उपशंका नगरी ढुक्क भएर बचत गर्न बचतकर्ता एवं शेयर सदस्यहरुलाइ आग्रह गर्नु भएको थियो । ४ सय ८ जना शेयर सदस्य र बाल बचतकर्ता,…

Read More

गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे पञ्चधारा युवा परिवारको २८ औं वार्षिकोत्सव, विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम एवं माघे संक्रान्ति मेला आज सम्पन्न भएको छ । ऐतिहाँसिक तथा धार्मिक स्थल पञ्चधारा जाऊँ, ऋषिश्वरको दर्शन गरौं पुण्य कमाउ भन्ने मुल नाराका साथ पञ्चधारा युवा परिवारको २८ औं वार्षिकोत्सव, विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम एवं माघे संक्रान्ति मेला कार्यक्रम सम्पन्न भएको हाे। वर्षिकोत्सवको अवसरमा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता ब्याड्मिन्टन प्रतियोगिता कार्यक्रम मध्येसाविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामाआयाेजक टिम (a)प्रथम, साउने युवा क्लब हिल दाेस्राे भएका छन् , महिला भलिबल प्रतियोगितामा सरस्वती युवा क्लब रमुवा प्रथम, दाेस्राे…

Read More

पञ्चधारा युवा परिवारको २८ औं वार्षिकोत्सव, विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम एवं माघे संक्रान्ति मेलाको आज उद्घाटन गरिएको छ ।  ऐतिहाँसिक तथा धार्मिक स्थल पञ्चधारा जाऊँ, ऋषिश्वरको दर्शन गरौं पुण्य कमाउ भन्ने मुल नाराका साथ पञ्चधारा युवा परिवारको २८ औं वार्षिकोत्सव, विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम एवं माघे संक्रान्ति मेलाको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाले पछिल्लो समय युवाप्ुस्ता वैदेशिक रोजगारमा जाने लहर लागेको बेला गाउँमा रहेका केहि युवाहरुले सांस्कृतिक संरक्षण गर्ने खालका कार्यक्रम सञ्चालन गरेको देख्दा आफुलाई खुशी लागेको बताउनुभयो । उहाँले स्थानीय सरकार र…

Read More

गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे घुम्टे बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वाषिर्कोत्सव साधारणसभा सम्पन्न भएको छ। सहकारीका अध्यक्ष चन्द्राकुमारी श्रीसकाे अध्यक्षता सहकारीका निवर्तमान उपाध्यक्ष तथा निवर्तमान वडा सदस्य धनबहादुर सुनारकाे प्रमुख आथितियतामाचन्द्राकुमारी श्रीसले अध्यक्ष प्रतिवेदन प्रस्तुत र लेखा संयाेजक ससिराम काउचाले लेखा प्रतिवेदन पेस गर्नु भएको थियाे। कार्यक्रममा बाेल्दै गलकाेट नगरपालिका १० का निवर्तमान वडा सदस्य तथा संस्थाका निवर्तमान उपाध्यक्ष धनबहादुर सुनारले राष्ट्रियस्तरमा सहकारीकाे बदनाम भइरहेकाे हुदा स्थानीय गाउँमा भने सहकारीप्रति संङ्खा उपसंङ्खा नगरेर दुक्क भएर बचत गर्न सबैमा आग्रह गर्नु भएको थियाे । यसै क्रममा सहकारी अभियान्ता दुर्वल काजी राजभण्डारीले सहकारी भनेकाे के हाे, किन सहकारी…

Read More

नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा अविरल ४६ मतसहित निर्वाचित हुनुभएको छ ।शुक्रवार अध्यक्षका उम्मेदवार भएको शाखाको निर्वाचनबाट प्रेस सेन्टर र प्रगतिशिल प्यालनबाट उम्मेदवार रहनुभएका थापाले प्रेस यूनियन र प्रेस चौतारीको प्यालनबाट उम्मेदवार बन्नुभएका तारानाथ आचार्यलाई पराजित गर्दै विजयी हुनुभएको हो ।  शाखाको निर्वाचनमा उपाध्यक्षमा सुवास आचार्य (४३ मत), महिला उपाध्यक्षमा सिर्जना पन्त (५० मत), सचिवमा नारायण रिजाल (४० मत), सहसचिवमा डम्मर बुढामगर (४३ मत) र कोषाध्यक्षमा खेमराज गौतम सुवास (४९ मत) सहित विजयी हुनुभएको हो । समावेशी सचिवमा नवराज परियार निर्विरोध हुनुभएको हो । उहाँहरु सवै सत्तापक्षिय गठबन्धनका उम्मेदवार हुन् ।कार्य समितिको सदस्यमा खुलाबाट अर्जुन कार्की (४८ मत),…

Read More

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल सरकारको स्वास्थ मन्त्री र जनसंख्या मन्त्री प्रदिप पाैडेल मंसिर ४ गते बागलुङको गलकाेट आउदै गलकाेट नगर अस्पतालकाे आकस्मिक महिला प्रसुति सेवाकाे उट्घाटन गर्न र संक्षिप्त पार्टीका साथीहरू भेटघाट गर्ने तयारी रहेकाे काँग्रेस गलकाेट नगर कार्य समितिका सभापति विरंजङ भण्डारीले जानकारी गराउनु भयाे।

Read More