नेपाली कांग्रेस गलकोट नगर समितिको आयोजनामा गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व मन्त्री डाक्टर प्रकाश शरण महतसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व मन्त्री डाक्टर प्रकाश शरण महतले पार्टीको मर्म बुझ्न आवश्यक रहेको बताउँदै युवा पुस्ताहरुलाई अझ बढि बुझ्न र बुझाउन आवश्यकता रहेको बताउनुभएको छ ।
उहाँले विपिको विचार र सिद्धान्तमा लाग्न आग्रह गर्दै पार्टीको नीति र रणनीतिको बारेमा बताउनुभएको थियो । उहाँले पार्टी र क्लव फरक रहेको बताउँदै पार्टी सत्तामा जानको लागि निर्माण भएको क्लव विभिन्न कार्यक्रम गर्न र आर्थिक समृद्धिमा रुपान्तरण गर्न गठन भएको बताउनुभएको थियो । कार्यक्रम नेपाली कांग्रेस गलकोट नगर सभापती विरजंग भण्डारीको अध्यक्षता, उपसभापती यज्ञ प्रसाद सापकोटाको स्वागत र सचिव योगेश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो