पाण्डबखानी समाज युकेको आयोजनामा आगामी जुन ६ तारिख शनिबारका दिन भव्य ‘वार्षिक भेटघाट कार्यक्रम २०२६’ आयोजना हुने भएको छ। युकेमा रहेका नेपाली समुदायलाई एकजुट गराउने र आफ्नो कला-संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागिएको हो।
कार्यक्रमलाई थप आकर्षक र संगीतमय बनाउन नेपालका चर्चित कलाकारहरू सन्तोष पुन र सविना बुढा मगर को विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएका छन्। कार्यक्रममा मौलिक नेपाली लोकसंस्कृति झल्किने नाचगान तथा विभिन्न सांस्कृतिक गतिविधिहरू समावेश गरिनेछन्। कार्यक्रम ६ जुन २०२६, शनिबार (6 June, Saturday)समय दिउँसो १२:०० बजेदेखि राती २२:०० (१०:००) बजेसम्म र स्थान: द प्यालेस, स्टेशन रोड, एल्डरसटमा हुने समाजका अध्यक्ष खडक वुढा थापाले जानकारी दिनुभएको छ। नेपाली कला, संस्कृति र भेषभूषालाई प्रवासमा पनि जीवन्त राख्न र आपसी भाइचारा बढाउन यो कार्यक्रम महत्त्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ। आयोजक समाजले सम्पूर्ण पाण्डबखानी समाज युकेलाइ कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा समेत गरेको छ।
