काठमाडौं समाज पाण्डबखानीले सरस्वती पुजा पुज्ने कार्यक्रम संगै विशेषज्ञ डाक्टरहरु संग भेटघाट कार्यक्रम सम्पन्न गरेकाे छ। काठमान्डौ समाज पाण्डबखानीले काठमाडौंकाे ललितपुरमा सरस्वती पुज्ने कार्यक्रम सम्पन्न संगै पाण्डबखानीमा जन्मनु भएका सरुवा राेगका विशेषज्ञ डा. शेर बहादुर पुन, डा. लाल कुमार पुन सँग पाण्डबखानी माद्यामिक विद्यालयका संरक्षक तथा पुर्व संविधानसभा सदस्य नरबहादुर पुन निरज र काठमाडौ समाज पाण्डबखानीका अध्यक्ष शेरबहादुर पुनको भेटघाट भएको छ। भेटघाटमा श्री पाण्डबखानी माद्यामिक विद्यालयले यहि मंसिर २९ गते देखि पाैष ३ गतेसम्म मनाउन गैरहेकाे हीरक जयन्ती र स्वास्थ शिविरको बारेमा विशेष छलफल भएको थियाे।
यस्तै काठमाडौ समाज पाण्डबखानीको तर्फबाट देउसी भैलो खेलेको रकम बाट रु. एक लाख सहयोग स्वरुप दिने निर्णय गरिएको छ ।
