गलकाेट
गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा नेकपा (माओबादी केन्द्र) नगर समिति सदस्य ,राज थापाको ममतामयी आमा, अनेमसंघ(क्रान्तिकारी) जिल्ला समिति बागलुङ की अध्यक्ष ललिता थापाकी सासुआमा र प्रेश सेन्टर गण्डकी प्रदेश समिति उपाध्यक्ष राम थापा अबिरलकी हजुर आमा पवित्रा कुमारी थापाको निधन भएको छ ।
थापाको आज गलकोट नगरपालिका वडा नम्वर ३, ५ र ६ को संगम स्थल दरमगौदि समसानघामा अन्त्येष्टि गरिएको छ । आजै स्वर्गीय थापाको सम्झनामा शोक सभा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य फमलाल निउरे र गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले शोक मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रले थापाको पार्थीब शरिरमा पार्टीको झन्डा ओडाएर सम्मान प्रकट गरेको थियो । कार्यक्रम सातसय बगाले थापा समाजका महासचिव थम्मन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।