पाण्डबखानी
गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीका एक कृषकले यो वर्ष सोचे भन्दा कम सुन्तला फलाउनुभएको छ ।
सुन्तला बगैँचा विस्तार, मलजल गरेर पनि मौसमका कारण एकै घरमा अहिले गत वर्षभन्दा कम सुन्तला उत्पादन भएको कृषक देवनारायण श्रीसले बताउनुभएको छ । आफ्नो घर परिवारबाट प्ररिक्षण सुरुवाट गरि ५० हजार लागतमा सुरु गरिएको अहिले प्रति केजी ६० रुपैयाँमा बेज्दा करिव ३ कुन्तल भन्दा बढी सुन्तला बिक्रि भएको छ, गत वर्ष भने ५ कुन्तल बिक्री भएको थियाे। अहिले सबै गरि करिव सय भन्दा बढी सुन्तलाकाे वाेट रहेकाे श्रीसले बताउनु भयाे।

कृषिमा प्रत्येक वर्ष बजेट आउँछ तर त्यो बजेट कहाँ के मा प्रयोग हुन्छ, थाहै हुन्न यसपालि पाण्डबखानीमा सोेचे भन्दा कम सुन्तला उत्पादन भयो, तर हाम्रो सुन्तला गाउँमै खपत भयो । बजार पठाउदा दुवानी नै महंगो हुने हुदा बजार व्यवस्थापनमा समस्या भएको हुदा कृषकहरुको पहिचान गरि पाण्डबखानीका कृषकहरुलाई नगर तथा वडाबाट बजेट व्यवस्थापन गरि उनीहरूलाई उत्साहित गर्ने बाताबरण सिर्जना गर्नुपर्ने गलकाेट नगरपालिका १० का वडा अध्यक्ष भक्तबहादुर काउचाले बताउनु भयाे।