गलकाेट नगरपालिका १० पाण्डबखानीमा किशोर किशोरी मैत्री स्वास्थ सेवा विस्तारका लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
गलकाेट नगरपालिका नगर कार्यपालिकाकाे कार्यालय स्वास्थ शाखा गलकाेटकाे आयाेजनामा भएको कार्यक्रम वडा अध्यक्ष तथा स्वास्थ व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर काउचाकाे अध्यक्षतामा भएको कार्यक्रममा परिभाषा किशोर किशोरी मैत्री स्वास्थ सेवा संचालन प्रक्रिया, स्वास्थ सेवा संचालन मापदण्ड र अनुसुचि माथि दुदिलाभाटी स्वास्थ्य चाैकीका प्रमुख जिवन नेपाली र नगर स्वास्थ शाखाकी अस्पताल नर्सिङ निरिक्षक रिमा बस्यालले सहजिकरण गर्नु भएको थियाे।
कार्यक्रममा जनप्रतिनिधि,किशोर किशोरी,व्यवस्थापन समिति,स्वास्थ्यकर्मी, स्वास्थ स्वयंसेविका, विभिन्न विद्यालयका प्रध्यानापकहरुकाे सहभागीता रहेकाे थियाे।त्यस्तै पाण्डबखानी स्वास्थ्य चाैकीमा स्वास्थ्यकर्मीद्धारा वृह्त पाेषण तथा खाद्य सुरक्षा निर्देशन कार्यक्रम सम्पन्न भएको छ। भक्तबहादुर काउचाकाे अध्यक्षतामा १० समिति गठन गरिएको र स्वास्थ सम्बन्धि विभिन्न विषयमा छलफल गरिएको पाण्डबखानी स्वास्थ्य चाैकीकि सि.अ.हेव हिरा काउचाले जानकारी दिनुभयो।