गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा ग्लाेबल आइएइ बैंक लि. गलकोट शाखाद्वारा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।
उक्त सामाजिक सुरक्षा भत्ता वितरणमा जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक,एकल महिला , विदुवा महिला, अति अशक्त ,पूर्ण अपांगता , दलित बालबालिका गरि २८३ जनालाइ ३० लाख ६ हजार वितरण गरिएको बैंकका प्रमुख सन्जिव बस्नेत जानकारी दिनु भयाे। त्यस्तै भाेलि पाण्डबखानीकाे रमुवामा भत्ता वितरण गरिने गलकाेट नगरपालिका १० का वडा सचिव ठाकुर तिमिल्सिनाले बताउनु भयाे।

