गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे साई पुन परिवारको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
व्यवस्थापन समितिका अध्यक्ष पुनराम पुनकाे अध्यक्षता भुतपुर्व सैनिक संघ पाण्डबखानीका अध्यक्षचन्द्रलाल काउचाकाे प्रमुख आथितियतामा दाजुभाइ भित्र मरु परेमा आर्थिक सयाेग वृद्धि गर्ने, ८४ वर्षिय हनेरी ना.सु. नरबहादुर पुनले २५ हजार सहयोग गर्नु भएको छ। त्यस्तै ८१ वर्षिय मैसरा पुन, ८३ वर्षिय लक्ष्मी पुन र ८४ वर्षिय हनेरी ना.सु. नरबहादुर पुनलाइ सम्मान गरिएको छ। विभिन्न संघसंस्थामा कार्यरत व्यक्तिले डेढ महिनाकाे तलवबाट समाजलाइ सहयोग गर्ने त्यस्तै समिति पुन गठन समेत भएको छ, जसमा अध्यक्ष पुनराम पुन सहित २५ सदस्य रहने गरि समिति गठन भएको छ, पाण्डबखानीमा साइ पुन करिव ९७ घरदुरी रहकाे छ । भने कार्यक्रमकाे संचालन सचिव प्रकाश पुनले गर्नु भएको थियाे ।