गलकाेट नगरपालिका १० पाण्डबखानीकाे वडा कार्यालयमा भु उपयाेग क्षेत्र वर्गीकरण सम्बन्धी छलफल गरिएको छ। छलफलमा गलकाेट नगरपालिका वडा नं.१० काे सुनपानी मन्दिर देखि पाण्डवखानी मा.वि हुँदै माउखाेला सम्मकाे सडककाे अधिकार क्षेत्र बाहेक ५० मिटर दाँया बाँया, सुनपानी मन्दिर देखि सडककाे पश्चिम भागकाे क्षेत्र र रमुवाकाे भाटी दाेभान टाेलकाे १०० मिटर अर्धव्यास भित्रकाे क्षेत्र आवासीय क्षेत्र र बाकी भाग नियमअनुसार हुने गरि वर्गीकरण गरिएकाे गलकाेट नगरपालिकाका अमिन दिनेश बाबु राेकाले जानकारी दिनु भएको छ। गलकाेट नगरपालिका१० का वडा अध्यक्षकाे अध्यक्षता संगै कार्यक्रमकाे संचालन वडा सचिव ठाकुर तिमिल्सिनाले गर्नु भएको थियाे।