गलकोट नगरपालिका वडा नम्वर १० मा सञ्चालन भएको बालबालिकाहरुलाई आई.पि.भी खोप लगाउने अभियान आज पनि सञ्चालन भएको छ ।
आज रमुवा आधारभुत विद्यालय, पाण्डवखानी आधारभुत विद्यालय, पाण्डवखानी माध्यामिक विद्यालयमा खोप सेवा सञ्चालन गरिएको पाण्डवखानी स्वास्थ चौकीका प्रमुख रत्ना सुनारले जानकारी दिनुभयो । त्यस्तै भोलि पनि खोप सेवा स्वास्थ चौकीमा संचालन हुने र खोप लगाउन छुटेकाहरु स्वास्थ चौकीमै आइ खोप लगाउनुपर्ने सुनारले बताउनुभयो ।