गलकोट नगरपालिका वडा नम्वर १० मा सञ्चालन भएको बालबालिकाहरुलाई आई.पि.भी खोप लगाउने अभियान आज सम्पन्न भएको छ ।
३दिनसम्म चलेकाे अभियान अन्तर्गत रमुवा आधारभुत विद्यालय, पाण्डवखानी आधारभुत विद्यालय, पाण्डवखानी माध्यामिक विद्यालय र स्वास्थ्य चाैकीमा गरि ९४ जना बालबालिकाहरुलाइ खोप लगाएकाे पाण्डवखानी स्वास्थ चौकीकी अहेव हिरा काउचाले जानकारी दिनुभयो ।