नेपाली काग्रेस कार्य समिति गलकाेट नगरकाे बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
नेपाली काग्रेस कार्य समिति गलकाेट नगर अध्यक्ष यज्ञप्रासद साप्काेटाकाे सभापतित्याेमा भएको कार्यक्रममा जिल्ला सह सचिव फमबहमदुर खत्रीले कार्यक्रमकाे मुख्य उदेश्य र आगामी दिनमा काग्रेसकाे काम कर्तव्य संगै पार्टीले केके गर्ने बारे प्रकाश पार्नु भयाे।
विपि जयन्तीबारे प्रकाश पार्दै प्रदेशसंघका सांसद
जितबहादुर शेर्चनले कम्युनिस्टहरुले भ्रम फैलाउने काम मात्र गर्दछ, भने नेपाली काग्रेस पार्टीले जनताकाे सुख:दुखमा काम गर्ने जनताकाे आवाज उठाउने पार्टी रहेकाे बताउनु भयाे । व्यक्ति गत स्वार्थमा नलाग्न आग्रह गर्दै प्रदेश(क) का सभापति तिलक घर्तिले जनताकाे पक्षमा आवाज उठाउन र उनीहरुकाे मर्म,आफ्नाे काम कर्तव्य र जिम्मेवारीबाट भाग्नु कायर हुन भन्ने धारणा व्यक्त गर्नु भएको थियाे। महाअधिवेसन प्रतिनिधि भरत शर्मा गैरेले पार्टीलाई सुदृढीकरण गर्न कस्काे कस्ताे भुमिका रहने नागरिकसामु कस्ताे खालकाे सन्देश फैलाउने भन्ने कुरा व्यक्त गर्दै पार्टीलाई चलायमान राख्न तल्लो बेलबाट सुरुवात गर्न आग्रह गर्नु भएको थियाे।
भने कार्यक्रमकाे संचालन नेपाली काग्रेस कार्य समिति गलकाेट नगरका सचिव लाेकनाथ कडेलले गर्नु भएको थियाे।

