श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट परम्परागत रुपमा मनाइने विराटनगरको राधाकृष्ण रथयात्रा आज दिउँसो ३ बजे राधाकृष्ण मन्दिरबाट प्रारम्भ हुँदैछ। यो यात्रा १९८८ सालमा ‘खट’ यात्राको रुपमा सुरु भएको थियो भने २०२५ सालदेखि रथयात्रा पनि थपिएको हो। यस वर्ष खटको ९३औं र रथको ५६औं संस्करण मनाइँदैछ।
रथयात्रा करिब ८ किलोमिटर यात्रा गर्दै विराटनगरका प्रमुख बजार क्षेत्रहरूमा यात्रा गर्नेछ।
रथयात्रालाई मध्यनजर गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ भने सम्भावित चोरी र पकेटमारी रोक्नका लागि विशेष तयारी गरिएको छ। यस वर्ष पहिलो पटक कोशी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ, यसअघि यो बिदा केवल झापा, मोरङ, र सुनसरीमा मात्र प्रदान गरिएको थियो।