बागलुङको तमानखाेला गाउँपालिका ३ मा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ। नेपाली काग्रेस जिल्ला कार्यसमिति बागलुङका सदस्य तथा निवर्तमान गाउँ सभा सदस्य र विभिन्न संघसंस्थामा आबद्ध रहनुभएकी मन कुमारी बुढाथोकी ८१/०५/१ गते ४३ वर्षकाे अल्पायुमै निधन भएको थियाे। आज ११ औं पुण्य तिथिमा पार्टीका विभिन्न संघसंस्था लगाएत जिल्ला, प्रदेश, संघ, पालिका, वडा स्तरका विभिन्न पदमा रहनु भएका प्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियाे । बुढाथोकीकाे पार्थिव शरिरमा फुलमाला अर्पण गर्दै शाेक मन्तव्य व्यक्त गर्ने वक्ताहरुले मृतक आत्माप्रती चिरशान्तिकाे कामना गर्दै घरपरिवारप्रति इश्वरले धैर्य धारण गर्ने शक्ति मिलाेस् भन्दै उहाँको निधनप्रति सिंगो नेपाली काग्रेस तथा तमानखाेला गाउँपालिकालाइ अतुलनीय क्षति भएको शाेकमन्तव्य राखेका थिए।