गलकाेट नगरपालिका १० पाण्डबखानीमा तिज गित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। महिला जागरण केन्द्रकाे आयाेजनामा विगतका वर्षहरुमा झै यश वर्षपनि महिलाहरुकाे महानपर्व हरितालिका तिजकाे अववरमा पारेमा राखेकाे तिज गित तथा नृत्य प्रतियोगितामा ८ टिमकाे सहभागीतामा प्रथम साेरमने आमासमुह, दाेस्राे ज्याथर आमासमुह,तेस्राे लेङ्गगुरे आमासमुह र सहभागी सबै टिम सान्तना भएका छन्। केन्द्रककी अध्यक्ष राधिका पुनकाे अध्यक्षता,गलकाेट नगरपालिका १० का वडा अध्यक्ष भक्तबहादुर काउचाकाे प्रमुख आथितियता, बरिस्ठ समाजसेवी मानसिह छन्त्यालकाे विशिष्ट आथितियता, लक्ष्मी काउचाकाे संवागत मन्तव्य संगै आशा श्रीसकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियाे।