गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा नेपाली कांग्रेसको छलफल कार्यक्रम सम्पन्न भएको छ ।
भोली मनाउन लागेको १ सय ११ औँ विपी जयन्तीको अवसरमा बागलुङ क्षेत्र नम्वर २ मा हुन भईरहेको नेपाली कांग्रेसको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको पुर्व सन्ध्यामा छलफल कार्यक्रम सम्पन्न भएको हो । छलफल कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती जित शेरचन, नेपाली कांग्रेस गलकोटका सभापती विरजंग भण्डारी, महाधिवेशन प्रतिनिधी भरत शर्मा गैरे, प्रत्येक वडाका सभापती, नेपाल ट्रेड युनियन काँग्रेस गलकोटका उपाध्यक्ष सुरेश छन्त्याल लगायतको सहभागिता रहेको थियो । विपी जयन्तीको अवसरमा केन्द्रिय प्रशिक्षण विभाग सदस्य छन्द प्रहराइ मगरले प्रशिक्षण गर्ने, पार्टीको अन्तरक्रिया हुने कार्यक्रम संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सह सचिव फम बहादुर खत्रीले जानकारी दिनुभयो ।