गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्वर १० वडा समितिको आयोजनामा नेपाली कांग्रेस गाउँ समितिका संस्थापक सभापती स्वर्गिय चुरा बहादुर पुन र नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा पाण्डवखानीका तरुण दल सभापती गिरीप्रसाद शाहीका ममतामयि आमा स्वर्गिय देवि शाहीको ९ औँ दिनको पुण्यतिथीको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले स्वर्गिय पुन र शाहीेको निधनले सिंगो गाउँनै मर्माहित भएको बताउँदै पार्टिलाई अतुलनिय क्षती पुगेको बताउनुभएको थियो । त्यस्तै स्वार्गिय पुन र शाहीले देखाएको सत्मार्गको बाटोमा हिड्नको लागि आग्रह गर्नुभएको थियो ।
श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका जिल्ला सभापती जित शेरचन, गण्डकी प्रदेशका सांसद दिपेन्द्र थापा, जैमिनि नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्मा, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, नेपाली कांग्रेस गलकोट नगर सभापती विरजंग भण्डारी, गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्री, गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचा लगायतको सहभागिता रहेको थियो ।
श्रद्धाञ्जली सभा नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्वर १० का वडा सभापती दिप घर्तीको अध्यक्षता र नविन भावुकको सञ्चालनमा सम्पन्न भएको थियो ।
स्वर्गिय पुनको गत असोज २५ गते ८५ वर्षको उमेरमा र स्वार्गिय शाहीको गत असोज २५ गते ८३ वर्षको उमेरमा निधन भएको थियो ।