बसमा ४० जना हाराहारी यात्रु छन् ।
रुकुमबाट काठमाडौँ तर्फ जाँदै गरेको बस बुधबार बागलुङमा दुर्घटना भएको छ । ना ८ ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला भलकोटमा दुर्घटना भएको बताइएको छ । बसमा ४० जना हाराहारी यात्रु छन् । बसको ब्रेक फेल भएर १०० मिटर पछाडि बगेर बस पल्टेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले घट्ना स्थलमा भर्खरै प्रहरी पुगेको बताए । ‘हाम्रो टोली भख्ररै घट्नास्थलमा पुगेको छ, मानवीय क्षति भएको अहिलेसम्म थाहा छैन ।’ उनले भने–‘कोही च्यापिनु भएकोछ की साथीहरुले हेर्दै हुनुहुन्छ ।’ यात्रु मध्ये १७ जना सामान्य घाइते भएको र थप विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक यादवले बताए ।