पञ्चधारा युवा परिवारको २८ औं वार्षिकोत्सव, विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम एवं माघे संक्रान्ति मेलाको आज उद्घाटन गरिएको छ ।
ऐतिहाँसिक तथा धार्मिक स्थल पञ्चधारा जाऊँ, ऋषिश्वरको दर्शन गरौं पुण्य कमाउ भन्ने मुल नाराका साथ पञ्चधारा युवा परिवारको २८ औं वार्षिकोत्सव, विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम एवं माघे संक्रान्ति मेलाको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाले पछिल्लो समय युवाप्ुस्ता वैदेशिक रोजगारमा जाने लहर लागेको बेला गाउँमा रहेका केहि युवाहरुले सांस्कृतिक संरक्षण गर्ने खालका कार्यक्रम सञ्चालन गरेको देख्दा आफुलाई खुशी लागेको बताउनुभयो । उहाँले स्थानीय सरकार र आफ्नो तर्फबाट आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा नेपाली कांग्रेस प्रदेश सभा (क) का प्रदेश सभापति तिलक घर्ती, गलकोट नगर कार्यपालिका सदस्य राम प्रसाद बि.क, घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका अध्यक्ष दिप घर्ती, समाजसेवी धन बहादुर सुनारले शुभकामना मन्तव्य राख्नुभएको थियो ।वर्षिकोत्सवको अवसरमा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता ब्याड्मिन्टन प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन हुने जनाईएको छ । त्यस्तै कार्यक्रममा चर्चित कलाकार जुना श्रीसको विशेष सांगितिक प्रस्तुती समेत रहेको थियो । कार्यक्रम क्लवका अध्यक्ष गोविन्द्र पुनको अध्यक्षता, सल्लाहकार कर्ण बहादुर पुनको स्वागत र सदस्य भ्रमण श्रीस र खर्कसिंह श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगिता माघ १ गते सम्पन्न हुने क्लवले जनाएको छ ।