पाण्डवखानी समाज जापानको ५ औँ अधिवेशन सम्पन्न भएको छ ।
गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानी घर भई जापानमा रोजगारीको शिलशिलामा रहेका व्यक्तिहरुको साझा संगठन पाण्डबखानी समाज जापानको ५ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नर प्रसाद तुलाचन (काजी) को अध्यक्षतामा पाण्डवखानी समाज जापानको गठन गरेको छ । समितिको उपाध्यक्षमा नरेश पुन, महिला उपाध्यक्षमा माया पतेल, सचिवमा रेशम दर्जी, सहसचिवमा रेखा घर्ती पुन, कोषाध्यक्षमा दिपेश श्रीस, सह कोषाध्यक्षमा नविन श्रीस रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा पदम श्रीस, महेश बुढा, प्रदिप पुन, देबिन शाही, युवराज क्षेत्री र तेजिन्द्र घर्ती रहनुभएको छ ।
प्रभासमा रहेर पनि पाण्डवखानीमा हुने विभिन्न सामाजिक कार्य तथा आपत्विपत्मा पनि तत्काल सहयोग उठाएर नेपाल पठाउँदै आईरहेको समाजका अध्यक्ष नर प्रसाद तुलाचन (काजी) ले बताउनुभयो ।

