गल्कोट नगरपालिका–११, रिघामा नेपाली काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ४३औं स्मृति दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ।
कार्यक्रम नेपाली काँग्रेस वडा समिति रिघाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति ओमप्रसाद श्रीसको अध्यक्षता, रिघाका संस्थापक सदस्य रामप्रसाद पुनको प्रमुख आतिथ्य रहेको थियो।
प्रमुख अतिथि पुनले कार्यक्रममा सम्बोधन गर्दै नेपाली काँग्रेस एउटा संस्था भएको उल्लेख गर्दै व्यक्तिगत रिसरागका कारण संस्थालाई नकारात्मक नजरले नहेर्न सबैमा आग्रह गरे। उनले नेपाली काँग्रेस देशकै ठूलो र लोकतान्त्रिक मूल्यमा अडेको पार्टी भएको धारणा व्यक्त गरे।
सो अवसरमा १२८ जना नयाँ क्रियाशील सदस्यलाई सदस्यता वितरण गरिएको जानकारी दिइएको छ। कार्यक्रम सञ्चालन टंक श्रीसले गरेका थिए।

