नेपाली कांग्रेस बागलुङले क्रियाशील सदस्यता नवीकरणलाई तीव्रता दिएको छ।
नेपाली कांग्रेस क्षेत्रीय प्रदेश सभापति तिलक घर्ती मगरका अनुसार आज बागलुङ क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता नवीकरण प्रक्रिया सम्पन्न भएको छ। साथै, आज राति १२ बजेसम्म समापन हुने गरी क्षेत्र नम्बर २ को प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ।
त्यसैगरी, नयाँ क्रियाशील सदस्यता थपका लागि सबै वडा तथा नगरमा क्रियाशील सदस्यता फाराम पठाइसकिएको जानकारी उहाँले दिनुभयो। यस विषयमा थप विवरण आउन बाँकी रहेको र प्राप्त भएलगत्तै सार्वजनिक गरिने उहाँले घुम्टे खबरलाई जानकारी गराउनुभयो।

