गलकोट नगरपालिका–१० पाण्डवखानीमा अवस्थित सामाजिक संस्था पञ्चधारा युवा परिवारको आयोजनामा ऐतिहासिक तथा धार्मिक स्थल पञ्चधारामा “पञ्चधारा जाऔँ, ऋषिश्वरको दर्शन गरौँ, पुण्य कमाऔँ” भन्ने मूल नारासहित २९औँ वार्षिकोत्सव, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति मेला पुस २८ गतेदेखि सञ्चालन भएको मेला आज सम्पन्न भएको छ।
जसमा विविध कार्यक्रमहरु मध्य कुर्ची डाैड प्रतियोगितामा प्रथम दिपा श्रीस, द्धितिय सुस्मिता श्रीस बराल, तृतीय धनमाया श्रीस, पौड पुरुष भलिबल प्रतियोगितामा प्रथम सरस्वती युवा क्लब रमुवा, दोस्रो आयोजना टिम (a), पुरुष भलिबल प्रतियोगितामा प्रथम सरस्वती युवा क्लब रमुवा, दाेस्राे शान्ति युवा विकास मञ्च , महिला भलिबल प्रतियोगितामा प्रथम रणसिह युवा समुह, दाेस्राे धर्म पाेखरी समाज रिघा भएकाे आयाेजकले जनाएको छ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि एवं गल्कोट नगरपालिका–१० का वडाध्यक्ष भक्तबहादुर काउचाले संस्कृति संरक्षण र युवाको सकारात्मक परिचालनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ भन्दै माघे सङ्क्रान्ति जस्ता मौलिक पर्वलाई मेलामार्फत जीवित राख्नु हाम्रो पहिचान जोगाउने काम हो, यस्ता कार्यक्रमले समाजमा एकता, आपसी सद्भाव र सहकार्यको भावना बलियो बनाउँछ।” भन्ने धारणा व्यक्त गर्नु भएको थियाे।
कार्यक्रम क्लबका अध्यक्ष चन्द्रलाल काउचाको अध्यक्षतामा सम्पन्न भइरहेको छ भने कर्णबहादुर पुनले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन भ्रमन श्रीस र खड्क श्रीसले संयुक्त रूपमा गरिरहनुभएको छ।

