गलकोट नगरपालिका वडा नम्बर १० पाण्डबखानीका निवर्तमान वडा सदस्य तथा समाजसेवी धनबहादुर थापाको लगानीमा सुनपानी र गहिराभाटि जोड्ने मोटरबाटो मर्मत कार्य गरिएको छ।
वर्षायाममा सडक बिग्रिएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको थियो। सो समस्या समाधान गर्न समाजसेवी थापाको पहल र व्यक्तिगत लगानीमा सडक मर्मत गरिएको हो।
सडक मर्मतपछि सवारी आवागमन सहज भएको छ भने स्थानीयवासीले राहत महसुस गरेका छन्। स्थानीयले सामाजिक जिम्मेवारी वहन गर्दै विकासमा योगदान पुर्याएकोमा थापाप्रति धन्यवाद व्यक्त गरेका छन्।

