गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई मान्यता दिने कानुन ल्याएपछि यातायात व्यवसायीले गण्डकीमा सार्वजनिकयतायात सेवा ठप्प पारेका छन् । गण्डकी प्रदेशले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिन नियमावली जारी गरेर कानुनीप्रक्रिया अगाडि बढाएपछि त्यसको विरोधमा व्यवसायीले सार्वजनिक सवारीका साधन चलाएका छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा गण्डकीमा सार्वजनिक यातायात सेवा थन्क्याएका व्यवसायीले राइडसेयरिङलाई मान्यता दिने निर्णयबाट पछि हट्न सरकारलाई दबाब दिएका छन् । सार्वजनिक यातायात सेवालाई धराशायीबनाउने उद्देश्वले सरकार लागेको आरोप नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलको छ । व्यवसायीको आन्दोलनले बिहानैदेखि लामो तथा छोटो दूरीका बस सेवा, ट्याक्सी, सार्वजनिक ढुवानी सेवा गण्डकी प्रदेशभित्रठप्प छ ।
घुम्टे खबर
गलकोट नगरपालिकामा एक गेष्ट हाउसमा एक जना व्यक्ति मृत अवस्थामा फेला पर्नुभएको छ । गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारमा सञ्चालित सुस्मिता गेष्ट हाउसमा एक जना पुरुष मृत अवस्थामा फेला पर्नुभएको हो । पर्सा जिल्ला कालिकामाई गाउँपालिका वडा नम्वर २ का ४६ वर्षिय सुबोध कुमार कुसुवा विहान ८ बजे मृत अवस्थामा फेला पर्नुभएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बागलुङको गलकोट नगरपालिका वडा नं ३ हटिया बजारको एउटा होटलमा ५१ बर्षिय एक व्यक्ति मृत फेला परेका छन् । अहिले नेपाल प्रहरी घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे सामाजिक संस्था घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले कला र संस्कृतिकाे संरक्षण गराै, समुन्नत समाजकाे परिचय दिअाै भन्ने नाराका साथ आयाेजना गरिएकाे ३९ अाै वार्षिकत्वस २५५६९ अाै बुद्ध जयन्ती तथा वैशाखे पुर्णिमा मेलाकाे आयव्यय तथा समिक्षा कार्यक्रम सम्पन्न भएकाे छ। क्लबका अध्यक्ष दिप घर्तिकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गलकाेट नगरपालिका १० का वडा अध्यक्ष भक्त बहादुर काउचा, नगर कार्यपालिका सदस्य रामप्रसाद वि.क, बरिष्ठ समाजसेवी मानसिह छन्त्याल, टाेल सुधार समिति, आमासमुह, क्लब, भुपु शैनिक संघ, तथा विभिन्न संघसंस्थाका प्रतिधिनितिहरुकाे सहभागिता रहेकाे कार्यक्रममा खर्च तर्फ दश लाख,६६ हजार, दुई सय ३५ रुपैयाँ र नाफा तर्फ दुइ लाख, ८८ हजर,…
फुर्सदका क्षणहरू सुनौला छन्,ब्यस्त जीवनबाट उम्किने एक अवसर।पठन-पाठनले ज्ञानको ढोका खोल्छ,बुझाइलाई गहिरो बनाउँदै, मनको सीमा फराकिलो पार्छ। शब्दको खेल सृजनात्मक लेखन हो,विचारको उडान, कल्पनाको पंखा।कागजमा पोखिएका भावनाहरू,मनको गहिराइबाट झर्ने अमूल्य मोतीहरू। संगीतको मधुर लयमा मन बग्छ,स्वरको जादूले आत्मालाई उज्यालो बनाउँछ।सुनिएको हर एक सुर,जीवनको यात्रामा नया ऊर्जा थप्छ। रंगहरूसंग खेल्ने चित्रकला, हस्तकला,सृजनशीलताको अभिव्यक्ति, कल्पनाको सौन्दर्य।शारीरिक व्यायामले जीवन चलायमान बनाउँछ,स्वास्थ्यको सम्पत्ति संचित गर्दै तन-मन ताजगी पार्छ। पर्यटनको यात्रा, नयाँ अनुभवको खोजी,नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ सोचको आभास।ज्ञानको खोजीमा हरपल नयाँ सिक्ने प्रयास,समयको सदुपयोग, जीवनलाई सार्थक बनाउने अभियान। फुर्सद भनेको आराम मात्र होइन,यो अवसर हो, सम्भावनाको दलनको खोजी गर्ने।प्रत्येक क्षणको सम्मान गरौँ,र आफ्नै…
गलकोट नगरपालिका वडा नम्वर ८ काडेँबासमा न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिका स्थानीय न्यायिक समितिको आयोजनामा गलकोट नगरपालिका वडा नम्वर ८ काडेँबासमा न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको हो । गलकोट नगरपालिका वडा नम्वर ८ भित्रका जनप्रतिनिधी, मेलमिलापकर्ताहरु, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, आमा समुह, संघसंस्था, क्लवका प्रतिनिधी, टोल विकास संस्था, समाजसेवी लगायतको सहभागिता रहेको कार्यक्रममा गलकोट नगरपालिकाका लेखा अधिकृत कृष्ण प्रसाद खरालले मौलिक हक, मानव अधिकार, सुशासन, देवानी र फौजदारी फाईलको विषयमा सहजिकरण गर्नुभएको थियो । भने गलकोट नगरपालिकाका न्यायिक सहजकर्ता अधिवक्ता हेमन्त बुढाथोकीले स्थानीय न्यायिक समितिको प्रक्रिया र अभ्यास, मेलमिलाप, मेलमिलापकर्ताको सैद्धान्तिक र कानुनी पक्ष, गलकोट नगरपालिका स्थानिय न्यायिक…
गलकोट नगरपालिका वडा नम्वर १० मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिका स्थानीय न्यायिक समितिको आयोजनामा गलकोट नगरपालिका वडा नम्वर १० मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले स्थानीय स्तरमा सञ्चालन हुने यस्ता खालका कार्यक्रमले न्याय सम्पादन गर्न सहज हुने बताउनुभएको थियो । गलकोट नगरपालिका वडा नम्वर १० भित्रका जनप्रतिनिधी, मेलमिलापकर्ताहरु, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, आमा समुह, संघसंस्था, क्लवका प्रतिनिधी, टोल विकास संस्था, समाजसेवी लगायतको सहभागिता रहेको कार्यक्रममा गलकोट नगरपालिकाका प्रशासकीय अतिकृत रामचन्द्र पाैड्यालले मौलिक हक, मानव अधिकार, सुशासन, देवानी र फौजदारीको बारेमा प्रशिक्षण गर्नुभएको थियो । …
सार्वजनिक भएको २४ घण्टा नपुग्दै नयाँ गीत ‘बाटो भिरको’ युट्युबदेखि टिकटकसम्म अत्यधिक रुचाइएको छ। सेन्टिमेन्टल भावको यस गीतले दर्शक-श्रोताबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। जीवनका दुःख र पीडालाई सरल तर मार्मिक शब्द र संगीतमार्फत प्रस्तुत गरिएको यस गीतका शब्द शिव अखेलीले लेखेका हुन्, जसलाई शब्दका खानीको रूपमा चिनिन्छ। गायक सुर्य खड्का र निशा केसीले स्वर दिएका छन्, जसमा सुर्य खड्काले शिव अखेलीका थुप्रै गीतहरूमा स्वर दिइसकेका छन्। अडियोसँगै सार्वजनिक गरिएको भिडियो पनि उत्कृष्ट बनेको छ। दुर्गा पौडेलको निर्देशनमा बनेको भिडियोमा गायक सुर्य खड्का र स्मारिका ढकालको जीवन्त अभिनयले गीतलाई अझ प्रभावशाली बनाएको छ।
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेको पाण्डबखानी माद्यमिक विद्यालयको लागि छात्रवृति अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्यक्रम सम्पन भएको छ । समृद्घ राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ र खेलकुदमा भन्ने उदेश्य सहित गलकोट समाज जापानले आयायोजना गरेको साँगीतिक धमाका २०२५ को उदेश्य अनुसार गलकोट समाज जापानद्घारा आयोजित छात्रवृति अक्षयकोष हस्तान्तरण तथा अभियानको स्थापना र उदेश्यबारे प्रकाश पादै यो पहिलो चरणको अभियान पाण्डबखानी माद्ययमिक विद्यालयबाट सुरु भएको जानकारी दिदै समाजका अध्यक्ष रत्नसिहं बस्नेतले छात्रवृति अक्षयकोषका लागि पाण्डबखानी माद्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तिलाइ रु. ५ लाखको चेक हस्ताण्तरण गर्नु भएको थियो । हस्ताण्तरण गदै समाजका अध्यक्ष रत्नसंिह खत्रीले प्रभासमा रहेर पनि…
बागलुङमा सबैभन्दा कम बेरुजु गलकोट नगरपालिकाको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन अनुसार गलकोट नगरपालिकाको १ करोड १८ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको छ । सबैभन्दा बढी जैमिनी नगरपालिकाको देखिएको छ । जैमिनी नगरपालिकाको ६ करोड ७ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखाको प्रतिवेदन अनुसार बागलुङ नगरपालिकाको ४ करोड ४५ लाख ७९ हजार रुपैयाँ, ढोरपाटन नगरपालिकाको ६ करोड ७ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको छ । काठेखोला गाउँपालिकाको ३ करोड ९७ लाख ११ हजार रुपैयाँ, तमानखोला गाउँपालिकाको १ करोड २० लाख ९० हजार रुपैयाँ, ताराखोला गाउँपालिकाको २ करोड…