गएरातीदेखीको लगातार वर्षाका कारण गलकोट नगरपालिका वडा नम्वर १ को झाँक्रिस्थान र गलकोट नगरपालिका वडा नम्वर ९ को छिसदरबारमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा गलकोटदेखी बागलुङ, पोखरा, काठमाडौँ जाने, आउने यात्रुहरु, काठमाडौँबाट बुर्तिबाङ, रुकुम लगायतका स्थान, गलकोटबाट बुटवल जाने मानिसहरु अलपत्र परेका छन् । लोकामार्ग अहिले खुलाउने प्रयास भईरहेको जनाईएको छ । त्यस्तै गलकोट नगरपालिका वडा नम्वर १ को भण्डारवन, पेरीबाङ सडक, वडा नम्वर ४ को सल्याङ सुखौरा जाने सडक, वडा नम्वर ४ को नुवाकोटमा पहिरो जाँदा ३ घर उच्च जोखिम, वडा नम्वर ६ को चरौँदी, नेपाने, भुजुङ्गे सडक अवरुद्ध, वडा नम्वर…
घुम्टे खबर
थम्मन थापा/गलकोट बागलुङको गलकोट नगरपालिकाको नगर प्रहरी बलको प्रमुखमा कृष्ण बहादुर खत्री नियुक्त हुनुभएको छ । उहाँले नगर प्रहरी प्रमुखको रुपमा काम गर्न थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिनुभयो । खत्री युएईको अबुधाबी प्रहरीको अवकाश प्राप्त प्रहरी हुनुहुन्छ । लामो समय युएईमा प्रहरीको रुपमा काम गर्नुभएका उहाँ जिम प्रशिक्षक देखि प्रहरीमा कार्य सम्पादनमा अब्बल हुनुहुन्थ्यो । अवकाशपछि उहाँको विज्ञता गलकोटको नगर प्रहरी बलमार्फत उपयोग गरिने भण्डारीले बताउनु भयो । हाल गलकोट नगर प्रहरीमा करिब ३ जना कार्यरत रहेका छन् । तर यसलाई आवश्यकता र कामको चाप अनुसार संख्या बढाएर ५ जना सम्म पुर्याउन सकिने गलकोट नगरपालिकाले जनाएको…
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। एसईई नतिजाको काम अन्तिम चरणमा पुगेको र त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको स्रोतले जानकारीदिएको छ। नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भइनसकेको स्रोतको भनाइ छ। २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।
गलकोट नगरपालिकाद्धारा आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गलकोट नगरपालिकाको नगर सभाको १७ औँ अधिवेशनमा नगर सभा अध्यक्ष भरत शर्मा गैरेले गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८२-०८३ मा कृषिसँग सम्बन्धित समस्या र गुनासो समाधान गर्न कृषकसँग कृषि प्राविधिक कार्यक्रम वडा स्तरमा सञ्चालन गर्ने, दैनिक उपभोग्य कृषिजन्य वस्तुहरुमा नगरपालिकालाई आत्मनिर्भर बनाई आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न नगरपालिका भित्रका सबै सम्भाव्य क्षेत्रहरुको पहिचान गरि व्यवसायिक तरकारी खेती, अन्नबाली, मसलाबाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न माटो परिक्षण गर्ने कार्यलाई प्राथमिकता दिने,…
गलकोट माध्यमिक बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा फम बहादुर खत्रीलाइ चयन गरिएको छ । बिद्यालयमा बसेको बैठकले पदेन सदस्य फम बहादुर खत्रीलाई सर्वसम्मत रुपमा बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको छ। कार्यक्रममा नवनिर्वाचित बिद्यालय व्यवस्थापन समिति अध्यक्ष फम बहादुर खत्रीले पदभार ग्रहण गर्दै बिद्यालयको भौतिक, शैक्षिक र आर्थिक विकास गर्ने कुरामा जोड दिनुभएको थियो । खत्रीले त्रिभुवन विश्व बिद्यालयबाट शिक्षा शास्त्र संकायमा इस्नाउत्कोर गर्नु भएको छ। बैठक बिद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य बेल बहादुर बोहोराको अध्यक्षता र बिद्यालयका सहायक प्रधानाध्यापक राम बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
गलकोट नगरपालिकाको १७ औँ कार्यपालिकाको बैठक सम्पन्न भएको छ । गलकोट नगरपालिकाको शनिबार देखी सञ्चालन भएको आर्थिक वर्ष २०८१र०८२ को १७ औँ कार्यपालिकाको बैठक आज सम्पन्न भएको हो । आगामी आर्थिक वर्ष २०८२र०८३ को कार्यक्रमको बारेमा बुँदागत रुपमा छलफल गरिएको थियो । बैठकमा आर्थिक वर्ष २०८१र०८२ को प्रगती प्रतिवेदनको बारेमा विषयगत रुपमा व्यापक रुपमा छलफल गरिएको छ । विगतको आर्थिक वर्षमा भन्दा यस आर्थिक वर्षमा चालु खर्चलाई न्युनिकरण गरिएको समिक्षा गरिएको थियो । त्यस्तै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यहि असार ५ गते गर्ने समेत निर्णय गरिएको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिनुभयो । बैठकमा गत आर्थिक…
भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ । भारतीय मिडियाहरुका अनुसार केदारनाथ मन्दिर दर्शन पछि गौरीकुण्डतर्फ जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको हो । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान छ ।
भारतमा गुजरात राज्यको अहमदाबादमा एअर इन्डियाको एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको बताइएको छ।अहमदाबादको अग्नि नियन्त्रण विभागले दुर्घटनास्थलमा दमकलहरू पठाइएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ। अहमदाबाद विमानस्थलको टर्मिनल १ का व्यवस्थापकले बीबीसी हिन्दीसँग कुरा गर्दै विमानस्थल क्षेत्रको बाहिर धुवाँको मुस्लो देखिएको र त्यसको जाँचको लागि एक टोली खटाइएको बताएका छन्।उक्त विमान यूकेको लन्डनस्थित ग्याटविक तर्फको यात्रामा रहेको बताइएको छ। प्रहरीलाई उद्धृत गर्दै रोएटर्स समाचार एजेन्सीले जनाए अनुसार विमानमा २४२ जना यात्रु रहेको बताइएको छ। यी विवरणहरूको स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।विमानस्थलबाट उड्ने वित्तिकै उक्त विमान दुर्घटनाग्रस्त भएको हुनसक्ने फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रेडारले सामाजिक सञ्जालमा जनाएको छ। सामाजिक सञ्जालहरूमा…
उनीहरू अझै बैठकमा छन्।टेबल वरिपरि कुर्सीहरू भरिएका छन् ।कसैको टाइ खुकुलो बाँधिएको छ,कसैको अनुहारमा थकानको मुस्कान छ।कागजहरू पल्टिन्छन्,प्रस्तावहरू सुनिन्छन्,तर आवाज न सुन्ने कानका लागि हो। हिजो जसरी आज पनि ।समृद्धिको नारा बोकिएको छ,तर नारा ओसार्नेहरू कै जिब्रोमा भर छैन।दस्तावेजमा टाँसिएका सपनाकुर्सीको सानो हल्लासँगै भत्किन्छन्,र फेरि अर्को बैठक तय हुन्छपुनः समीक्षा गर्नका लागि,अघिल्लो बैठकमा के गरियो भनेर। भुइँमान्छेको पीडाएजेन्डामा पर्दैन,पर्दा पनि, छलफल हुँदैन।उनको रित्तो भाँडो,उनको च्यातिएको भर नपर्ने जिन्स कपडात्यति महत्व राख्दैनजति चिया ब्रेकको समय। समय बित्दछ मस्तै पञ्चवर्षीय योजनादशक पार गरी शताब्दी पुग्छ,तर त्यहीँ कुर्चीमा उस्तै अनुहारउस्तै प्रतिवेदन,उस्तै प्रतिबद्धता। बैठक बस्नेहरूले बिर्सिएयोजना कागजमा होइन,जनताको छातीमा लेखिनुपर्छ।तर उनीहरूछातीमा लेख्ने भाषा बिर्सेका छन्,र…
बुद्ध शिक्षाको शुभ प्रभात,जहाँ लुम्बिनीको माटोले फेरि सम्झिन्छ ।शान्तिको यात्रा यहीँबाट शुरु भएको थियो।बुद्ध केवल अतीतका स्मृति होइनन्,उहाँ त वर्तमानको मार्गदर्शक,र भविष्यको सम्भावना हुनुहुन्छ। आज, जब विश्व अशान्त छ ।जहाँ युद्धका गर्जन, स्वार्थका योजनाहरू,र जलवायुका चिसा सन्देशहरू बजिरहेका छन्,त्यहाँ बुद्धको मधुर वाणीअहिंसा, करुणा, समतानयाँ सन्दर्भमा झनै आवश्यक देखिन्छ। नेपाल, जहाँ बुद्ध जन्मिए।हामीले उहाँलाई पूजा त गर्छौं,तर के हामीले उहाँको बिचार बुझेका छौं?हामी अझै द्वन्द्वको डर, विकासको अन्योल,र विभाजनको राजनितिमा अल्झिएका छौं। तर आशा बाँकी छ ।जसरी बुद्धले अज्ञानताको अन्धकार चिर्नु भयो,हामीले पनि शिक्षाको उज्यालो फैलाउनु पर्छ।हामीले सहिष्णुता बोल्नु पर्छ,जात, धर्म, भाषा भन्दा माथि उठेर,मानवता, समानता, र प्रकृति प्रेममा रमाउनु पर्छ।…