घुम्टे खबर

गलकाेट नगरपालिका १० पाण्डबखानीमा संचालन भइरहेको न्यु घुम्टे एजुकेसनल एकेडेमी बर्डिङ स्कुल व्यवस्थापन समितिकाे कैठक सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र घर्तिकाे अध्यक्षतामा बसेकाे बैठकले शैक्षिकसत्र २०८२ का लागि नयाँ भर्ना यहि वैशाख महिनाभरि संचालन गर्ने, नर्सरी देखि कक्षा ६ सम्म भर्ना खुलाएकाे जानकारी गर्ने, वैशाख ३ गतेदेखि कक्षा संचालन गर्ने निर्णय भएको विद्यालयका प्रिन्सिपल तारा काउचाले जानकारी गराउनु भयाे विद्यालय २०६८मा स्थापना भएको थियाे।

Read More

गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे सामाजिक संस्था घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चकाे तयारी बैठक सम्पन्न भएको छ। कला र संस्कृतिकाे संरक्षण गराैं, समुन्नत समाजकाे परिचय दियाैं भन्ने मुल नाराका साथ यहि वैशाख २५ गतेदेखि २९ गते सम्म हुन गैरहेकाे २५६९ औ बुद्ध जयन्ती ३९ औ वार्षिकोत्सब तथा वैशाखे पुर्णिामा हालकाे वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, पाैढ पुरुष भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, धाैलागिरिमा प्रचलित सति घाटु, साेरठि, यानिमाया, सालैजाे, भैइच साइलाे साथमा राष्ट्रिय कलाकारहरुकाे विजाेड प्रस्तुति रहने क्लबका अध्यक्ष दिप घर्तिले जानकारी गराउनु भयाे।

Read More

ताराखोला गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष कर्णबहादुर भण्डारी मृत फेला पर्नु भएको छ । भण्डारी बुधबार विहान ११ बजे को समयमा आफ्नै घर नजिकै रहेको गोठमा काठको बलोमा झुण्डिएको अवस्थामा मृत फेला पर्नु भएको हो ।डोरीको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलमा पुगेर शव निकालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । ताराखोला प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक विष्णु प्रसाद शर्माको कमाण्डमा ४ जना र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि ईलाका प्रहरी कार्यालय गलकोटका प्रमुख देवराज काफ्लेको कमाण्डमा ७ जनाको प्रहरी टोली घटना स्थलमा…

Read More

गलकोट नगरपालिका वडा नम्वर ३ घट्टेखोलामा स्कुटी दुर्घटना भएको छ । गलकोट नगरपालिका वडा नम्वर ३ हटियाबाट भैंसे पुल तर्फ जाँदै गरेको गण्डकी प्रदेश ०२००१ प ०१७४ नम्वरको स्कुटी दुर्घटना भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरमा सवार २ जना घाईते भएका छन् । घाईतेहरुलाई गलकोट नगर अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Read More

गलकाेट नगरपालिका १० पाण्डबखानीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत सचेतता कार्यक्रम सम्पन्न भएको छ। वडा नम्बर १० काे आयाेजनामा भएको कार्यक्रममा टाेल सुधार समिति, आमासमुह, क्लबका प्रतिनिधि लगाएतकाे सहभागीतामा ईलाका प्रहरी कार्यालय हरिचाैरका प्रमुख प्रहरी निरीक्षक देवराज काफ्लेले लागू औंषधकाे परिभाषा, दुव्र्यसनकाे इतिहास,औंषधकाे प्रकार,दुव्र्यसनकाे लक्षण,दुव्र्यसनमा फस्ने कारण, समाजकाे भुमिका साइभर क्राइम, छुवाछूत बारे सहजिकरण गर्नु भएको थियाे। त्यस्तै गलकोट नगरपालिका वडा नं. १० रमुवामा रहेकाे श्री रमुवा आधारभूत बिद्यालयमा अध्ययनरत छात्र छात्राहरूलाई कार्यालय प्रमुख प्रहरी निरीक्षक काफ्लेले बन डढेलो, लागुऔषध, घरेलु हिंसा, साइबर अपराध तथा बाल अधिकार सम्बन्धी बिषयमा प्रशिक्षण गर्नु भएको थियाे। नगरकार्यपालिका सदस्य रामप्रसाद वि.ककाे अध्यक्ष संगै वडा…

Read More

गलकोटमा पिकअप जिप दुर्घटना भएको छ । गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारबाट कोतमैदानतर्फ जाँदै गर्दा पिकअप जिप दुर्घटना भएको हो । गलकोट नगरपालिका वडा नम्वर ३ को खसगाउँमा विहान १०ः३० बजेको समयमा ग १ ज ६१०० नम्बरको पिकअप जिप अनियन्त्रित भई सडकबाट करिव १ सय मिटर तल खस्न जाँदा १ जनाको मृत्यु भएको छ । भने ३ जना घाईते भएका छन् । दुर्घटनामा परेका गलकोट नगरपालिका वडा नम्वर ११ रिघाका २२ वर्षिय विष्णु रानालाई अस्पतालले १२ः१५ बजेको समयमा मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय हरीचौरले जनाएको छ । त्यस्तै दुर्घटनामा परी चालक गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेतका २२…

Read More

गलकाेट नगरपालिका १० पाण्डबखानीमा वैशाखे पुर्णिामाकाे तयारी संगै उप समिति गठन भएको छ। विगतका वर्षहरुमा झै यश वर्षपनि सामाजिक संस्था घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च पाण्डबखानी बागलुङले वैशाख २५ गतेदेखि २९ गतेसम्म संचालन हुन गैरहेकाे २५६९औं बाैद्ध जयन्ती तथा ६९ औं वार्षिकोत्सब संगै वैशाखे पुर्णिामा मेलाकाे उपसमिति चयन भएको छ। जसमा खेल संयाेजक कृष्ण सुनार, आर्थिक संयाेजक विनिता पाइजा पुन, अथिति सत्कार संयाेजक पवित्रा दर्जि र विद्या श्रीस, सांस्कृतिक संयाेजक खिम काउचा, प्रचारप्रसार संयाेजक सुरेश छन्त्याल सहित विभिन्न पदमा रहने गरि उप समिति गठन भएको साथै वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, वडा स्तरीय भलिबल प्रतियोगिता, हालकाे वडा स्तरीय पाैढ…

Read More

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू हुँदैछ । बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरू हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलका साथ एसईईमा सामेल हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । भिडियो सन्देशमार्फत उहाँल एसईईमा सहभागी हुने विद्यार्थीलाई धैर्यका साथ परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भएकाले त्यसबाट जोगिनसमेत आग्रह गर्नुभएको छ । उहाँले विद्यार्थीले धेरै परीक्षा पास गरेर यहाँ आइसकेको…

Read More

नेपालमा ई–सिम प्रयोगकर्ताको संख्या अढाई वर्षमा साढे तीन लाख पुगेको छ । नेपाल टेलिकमको १ लाख ८५ हजार र एनसेलको १ लाख ५० हजार पुगेको कम्पनीहरूले जनाएका छन् । नेपालमा २०७९ भदौ ३१ देखि सरकारी स्वामित्वको नेपाल टेलिकमले काठमाडौंको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ई–सिम वितरण सुरु गरेको कान्तिपुर अनलइनले लेखेको छ । कम्पनीले २०७९ मंसिरदेखि देशभरका सम्पूर्ण दूरसञ्चार कार्यालयबाट ई–सिम वितरण गर्न थालेकामा २०८१ माघ २२ देखि अनलाइनबाटै यस्तो सिम लिन मिल्ने सुविधा ल्याएको थियो । ‘नेपालमा ई–सिमको एडप्सन राम्रै मान्नुपर्छ, धेरै चासो आइरहेको छ, विदेशबाट गर्न ई–सिम लिन मिल्छ कि मिल्दैन भनेर सोध्नुहुन्छ,’ नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले भन्नुभयो,…

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट सुरु हुने एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई एक भिडियो सन्देशमार्फत शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले एसईईलाई केही अघिसम्म फलामे ढोकाको रूपमा लिने गरिएको भए पनि अहिले अवस्था परिवर्तन भएको बताए ।अघिल्लो वर्ष नतिजा सन्तोषजनक नआएकाले यस वर्ष विद्यार्थीबाट राम्रो नतिजाको अपेक्षा गरेको उनले बताए ।जीवनका हरेक मोडमा परीक्षा दिनुपर्ने भएकाले नडराई र नहडबडाई परीक्षा दिन प्रधानमन्त्रीले एसईईका विद्यार्थीहरूलाई आग्रह गरेका छन |

Read More