घुम्टे खबर

आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद्हरु बताउँछन् ।…

Read More

आज भाद्र ३० गते इस्लाम धर्मावलम्बीहरूले वीरगञ्जमा मोहम्मद डे को अवसरमा हजारौंको संख्यामा भव्य र्‍याली निकालेर आफ्नो धार्मिक पर्व मनाए। उत्सवको क्रममा विभिन्न इस्लामिक झण्डा, धार्मिक नाराहरू, तथा परम्परागत सांस्कृतिक प्रस्तुतिहरूका साथ र्‍याली सम्पन्न भएको थियो। सहभागीहरूले मोहम्मद साहेबप्रति श्रद्धा व्यक्त गर्दै शान्ति र एकताको सन्देश प्रवाह गरे। वीरगञ्जको विभिन्न मार्गहरूमा उत्सवमय वातावरण देखिनुका साथै, सुरक्षाका लागि विशेष व्यवस्था गरिएको थियो।

Read More

बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा एक्कासी घर भत्किँदा काम गरी रहेका घर धनी विकसहित अन्य ११ जना मजदुर घाइते भएका थिए। विकको उचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। उनका अनुसार घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का २६ वर्षीय शङ्कर पन्थी, काठमाडौँ महानगरपालिका–१० का २४ वर्षीय सुगान्त पौडेल, बागलुङको ढोरपाटन –४ का खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय…

Read More

गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइनेभएको छ । शुक्रबार बिहान गलकोट नगरपालिका२ को भुङ्खानीमा काठमाडौँदेखि पूर्वीरुकुमतर्फ जाँदै गरेको रा१झ २०० नम्बरको पिकअप जिप सडकदेखि तीन सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको थियो । मृतकको शव हाल गलकोट नगर अस्पतालमा राखिएको छ । आज बिहानैबाट मृतकको शव परीक्षण सुरु गरिएको र साँझसम्म शव परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, उहाँकी आमा ६१ वर्षिय गोपीमाया बुढा र वडा नं ३ का अध्यक्ष जसबीर सिर्पालीको निधन भएको थियो ।…

Read More

शुक्रबार विहान बागलुङको गलकोटमा भएको पीकअप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षको मृत्यु भएको छ । नगरपालिका–२ भुङ्खानीमा भएको दुर्घटनामा गाउँपालिका उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए । शुक्रबार विहान पुथा उत्तरगंगा गाउँपालिकाको रा १ ज २०० नम्बर को पिकअप जिप दुर्घटना ग्रस्त अवस्थामा भेटिएको थियो । स्थानीय प्रेम बहादुर कार्कीले शुक्रबार विहान घाँस काट्न जाँदा दुर्घटनाग्रस्त पीकअप देखेपछि प्रहरीलाई खबर गर्नु भएको थियो । दुर्घटनास्थलमा दुई महिला र एक पुरुषको मृत्यु भएको छ भने सवारी चालक भुमे गाउँपालिका ३ का २९ वर्षीय प्रेमबहादुर पुन घाइते भएका छन्…

Read More

पोखराकी सजना तिवारी सामाजिक सञ्जालमा निकै भाइरल छन् । यतिबेला टिकटक, फेसबुक र रिलमा भाइरल सजना छाइरहेकी छन् ।लाखौं दर्शकले ,टिकटक ,फेसबुक र रिलमा भाइरल सजनालाई पछ्याई रहेका छन् । निकै आकर्षक पोशाकमा सजिएकी सजना शरीरका विभिन्न भागमा खोपिएको ट्याटुका कारण धेरैको रोजाईमा परेकी छन् । सजनाले ढाडमा गणेशको आकृतिको ट्याटु खोपेकी छन् भने दुबै हातमा समेत विभिन्न आकृतिका आकर्षक ट्याटु खोपेकी छन् । ट्याटुकै कारण सजनालाई यतिधेरै भाइरल होला जस्तो लागेको थिएन ।तर उनकै संगिनी स्वस्तिका भट्राई÷गैरेले टिकटकमा सजनाको नाचेको भिडियो राखे पछि सजना एकाएक भाइरल हुन पुगिन् । सजनाकै टिकटक ,रिल र फेसबुकमा पेजमा लाखौंको संख्यामा दर्शकले भिडियो…

Read More

नेपाली कांग्रेसका संस्थापक नेता जननायक विश्वेश्वर प्रसाद कोईरालाको १ सय ११ औँ जन्म जयन्तीको अवसरमा गलकोटमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा नेपाली कांग्रेसका संस्थापक नेता जननायक विश्वेश्वर प्रसाद कोईरालाको १ सय ११ औँ जन्म जयन्तीको अवसरमा गलकोटमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य चम्पादेवी खड्काले नेपाली कांग्रेस पार्टीले देशका हरेक महत्वपुर्ण राजनितीक घटना क्रमहरुमा नेतृत्वदायी भुमिका खेलेको बताउनुभएको छ । उहाँले अव पनि संविधान संशोधन, समृद्धी लगायतका मुद्धाहरुमा पार्टीलाई केन्द्रित गर्दै विपी कोईरालाले देखाएको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो…

Read More

राजेन्द्र श्रेष्ठ गलकोट मन्दिर परीसरमा बृक्षारोपण कार्य सम्पन्न भएको छ। तत्कालीन बाइसे चौबिसे मध्य बि.स १६३१ सालमा स्थापना भयको शक्तिसाली राज्य सुरु भएको गलकोट मन्दिर परीसरमा गलकोट मन्दीर ब्यबस्थापन समिति र गलकोट नगरपालिका वडा न ३ को संयुक्त आयोजनामा गलकोट नगरापालिकाको नगर प्रमुख भरत सर्मा गैरेको प्रमुख आतिथ्य र श्री मेहर गण घोडाबाधेको गणपती धन राना गलकोट नगरपालिका वडा न ७ वडा अध्यक्ष राजबहादुर थापा कार्यपालिका सदस्य टुक कुमारी श्रेष्ठ समाजसेवी टंक केसी विशिष्ट आतिथ्य मा बृक्षरोपण कार्य सप्पन्न भयो । कार्यक्रममा असोका कपुर धुपी सल्ला लगाएतको ३० वटा बिरुवा लगाइएको थियो। कार्यक्रममा प्रमुख अतीथी नगरप्रमुखले गलकोट मन्दिर गलकोटको मात्र…

Read More

धादिङको गजुरी गाउँपालिका-६ बेल्खुस्थित पृथ्वीराजमार्गमा माथिबाट आएको पहिरोले सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ। बिहान ८ बजे खसेको लेदोसहितको पहिरोका कारण सवारीसाधनको आवागमनमा अवरोध आएको हो। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार, हाल सुरक्षाकर्मी र सडक विभागको टोलीले डोजरको प्रयोग गरेर लेदो हटाउने कार्य जारी राखेको छ। सम्बन्धित निकायले अविलम्ब सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ।

Read More

ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन्। मोरङ घर भएका २० वर्षीय सकलु मर्डी होस्टेलमा शनिबार मृत फेला परेको ललितपुर प्रहरीका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन्। घटनाको अनुसन्धान भइरहेको छ। यसैबीच, ललितपुर महानगरपालिका-१० कुपोण्डोलस्थित वाग्मती करिडोरमा करिब ३५ वर्षको एक पुरुषको शव पनि फेला परेको छ। मृतकको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन।

Read More