घुम्टे खबर

मगर समुदायले मंगलबार १४७ औं लखन थापा मगर स्मृति दिवस तथा ४२औँ मगर दिवस मनाउँदैछ। नेपाल मगर संघ स्थापना तथा मगर एकता दिवसका रूपमा आज विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो। फागुन १५ गते देश तथा विदेशमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगरहरूले यो दिन मगर एकता दिवस मनाउँदै आएका छन्। स्थापना दिवसको अवसरमा मगर समुदायका सांस्कृतिक, राजनेतिक अधिकारका विषयमा विभिन्न कार्यक्रम आयोजना तथा परम्परागत वेशभूषासहितको र्‍याली, सोरठी, कौडा, सालैजो र घाटु नाच प्रदर्शनसहित मनाउने नेपाल मगर संघले जनाएको छ।

Read More

मेरो श्रीमान सँग सानो कुरामा मनमुटाव भएपछि म माइतीघर गएर बसे । दुई दिनपछि श्रीमान मलाई लिन माइतीघर आउनुभएको थियो.. त्यसपछि म मेरो केहि झुटा आफन्त र केहि माइतिको कुरा सुनेर श्रीमानको साथमा घर फर्किन … उल्टो श्रीमानलाई दाइजो प्रथाको झुठो केशमा फसाइदिए .. ६ बर्ष भएछ म माइतीघरमा बसेकी छु, केश झुटो थियो त्यसैले मेरो श्रीमानको पक्षमा फैसला भयो… उहाँले धुमधाम सँगले दोस्रो बिबाह गर्नुभयो…. आज सोची रहेकी छु, मेरो श्रीमान मलाई लिन माइत आउँदा त्यसै समय उहाँको पछि लागेर गएकी थिए भने आज मेरो पनि १/२ बच्चाहरु हुनेथिए र म पनि मेरो साथीहरु जसरी खुशीका साथ आफ्नो श्रीमानको…

Read More

बागलुङ पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उनले कादोको बिस्कुट उत्पादनमा सफलता हासिल गरेका हुन् । विस २०७७ मा सो उद्योग स्थापना भएको थियो । लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउनका लागि अध्ययनपश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको युवा व्यवसायी श्रीसले जानकारी दिए । कोदोपछि आलुको बिस्कुट बजारमा पठाउने उनको योजना रहेको छ । “जागीरको…

Read More

गलकोट (बागलुङ)। तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन् । संघीय सरकार अन्तर्गत २०७९ सालमा शुरू भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम अहिले रोकिएको हो । सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका चार ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर अमर अधिकारीले जानकारी दिए । उनका अनुसार चार सडक रु १ अर्ब १९ करोड ९२ लाख ९३ हजारमा निर्माण भइरहेकामा अर्थमन्त्रालयले बजेट नपठाउँदा यस वर्ष काम हुन सकेको छैन । चार सडकलाई चालू आर्थिक वर्षमा रु एक करोडका दरले रु चार…

Read More

अहिले अर्थतन्त्र दबाबमा छ । खासगरी २०७२ सालको भूकम्पले अर्थतन्त्रलाई क्षतविच्छेद बनायो । त्यति बेला पुनर्निर्माणका क्रममा जति स्वदेश तथा विदेशी सहयोग आए, त्यसमा हामीले जति लगानी गर्यो, त्यसले थोरै भए पनि अर्थतन्त्रलाई चलायमान बनायो । त्यसपछि लगातार तीन वर्षसम्म सात प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भई माथिल्लो स्तरको आर्थिक वृद्धि हुन गयो । त्यो हाम्रो पछिल्लो इतिहासकै राम्रो आर्थिक वृद्धि हो । त्यसपछि लगत्तै विश्वव्यापी कोरोना महामारी आयो । नेपालको मात्रै नभएर विश्वकै अर्थतन्त्र थला प¥यो । त्यसले नेपाल जस्ता मुलुकलाई काफी मात्रामा असर गर्यो। सापेक्षित रुपमा अरु देशहरुको तुलनामा कम असर परे तापनि समग्रमा हाम्रो अर्थतन्त्रमा गम्भीर असर देखिए…

Read More

गण्डकी र कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बिहीबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। राति कोशी, मधेश र बागमती प्रदेश…

Read More

जगिन्द्र बि क(बसन्त/ताराखोला जिल्लाको ताराखोला गाउँपालिका वडा न २ सिलेका जित बहादुर वि.क.को रुस र युक्रेन को युद्धमा परि घाईते भएको र उपचारको क्रममा मृत्यु भएको छ । फेब्रुअरी ३ तारीक नेपालको माघ २० गतेका दिन युद्धमा घाइते भएको र उपचारका क्रममा मृत्यु भएको जानकारी आएको पारिवारिक स्रोतले बताएका छन । फागुन ७ गते मुत्यु भएको जानकारी मेनपावर बाट वि.क.को भाई फम बहादुर वि.क लाई मेन पावरका प्रतिनिधिले जानकारी दिएको बताउनु भएको छ । उनी नेपालबाट २०८० असोज महिना ११ गते रुस गएका थिए उनी रुसको शैनिक भई युद्धमा सहभागीता भएको बताईएको  छ । लास नेपाल नआउने अवस्था बुझेपछी परिवारले नेपालमै सामाजिक संस्कार अनुसार ताराखोला…

Read More

कम्मर दुख्ने समस्याले जुनसुकै उमेरका व्यक्तिलाई सताइरहेको हुन्छ । यद्यपि ३० वर्षमाथिका व्यक्ति यो समस्याबाट अझ बढी पीडित भएको पाइन्छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार करिब ७० देखि ८५ प्रतिशत मानिसमा कम्मर दुखाइको समस्या हुन्छ । कम्मर दुखाइको एक मात्र कारण छैन । शारीरिक निष्क्रियता, बसाइको पोजिसन नमिल्नु, मोटोपन, एउटै पोस्चरमा लामो समय बसेर काम गर्नु, भारी सामान उचाल्नु, हड्डी कमजोर हुनु, निहुरिएर बसिरहनु, शरीरमा क्याल्सियम र भिटामिन डीको कमी हुनु, दुर्घटनामा परी मेरुदण्ड भाँच्चिनु जस्ता कारणले कम्मर दुख्छ । कम्मर दुखेमा सहेर बस्ने र अति गाह्रो भए पेन किलर खाने धेरैको बानी छ । नतिजास्वरुप…

Read More

गलकाेट नगरपालिका १० पाण्डबखानीमा दादुरा रुवेला खोप अभियान २०८०/८१ अन्तर्गत गलकाेट नगरपालिका १० पाण्डवखानी स्वास्थ्य चौकी द्वारा वडा खोप समन्वय समिति र महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका हरुका लागी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । साथै पूर्ण खोप सुनिश्चितता वडाको लागि घर धुरी सर्वेक्षण र पूर्ण खोप सुनिश्चितता सम्बन्धी छलफल गरिएकाे थियाे। फाल्गुन १३ गते रमुवा सहरी स्वास्थ्य केन्द्र र १४ गते यहि पाणडवखानी स्वास्थ्य चौकीमा खोप अभियान सञ्चालन हुने हुदा ९ महिना देखी ५९ महिना मुनिका आ-आफ्ना बालबालिकाहरुलाइ नजिकैको खोप केन्द्रमा लैजानु हुन अभिभावकहरूलाई अनुरोध गरिएको छ। त्यस्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुराेध गर्दै पाण्डवखानी स्वास्थ्य…

Read More

नेपाल टेलिकमले सस्तोदरमा विदेशमा फोन गर्न सकिने १४२४ कोड हटाएको छ । नेपाल टेलिकमबाट विभिन्न देशमा सस्तोदरमा फोन गर्न सुरुमा १४२४ प्रयोग गर्न सकिने व्यवस्था थियो । हाल यो हटाएर नयाँ कोड राखिएको छ । टेलिकमका प्रवक्ता हरि ढकालले ‘सर्ट कोड’हरू धेरै भएर विस्तारै घटाउन यस्तो गरिएको बताए । विदेशमा सस्तोदरमा फोन गर्न अहिले १४२५ प्रयोग गर्न सकिने उनले जानकारी दिए । यस्तै, ०० अथवा १४४५ पनि प्रयोग गर्न सकिने उनले बताए । विभिन्न देशमा फोन गर्दा लाग्ने शुल्क र कोड हेर्न यहाँ क्लिक गर्नोस् ।

Read More